दोलखाको नवजनउत्थान साकोसको कुल सम्पत्ति १८ करोड बढी
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
दोलखाको नवजनउत्थान साकोसको कुल सम्पत्ति १८ करोड बढी

दोलखा । दोलखा वैतेश्वर गाउँपालिका वडा नम्बर ३ मिर्गे खावामा अवस्थित नव जनउत्थान बचत तथा ऋण सहकारी संस्था लि.को कूल सम्पत्ति १८ करोड ६८ लाख बढी पुगेको छ । संस्थाले आज सम्पन्न गरेको एकीकृत तेस्रो वार्षिक साधारण सभाको अवसरमा गत आर्थिक वर्षको वित्तीय विवरणसहितको प्रगति प्रतिवेदन सार्वजनिक गरेको हो । 

संस्थाका अध्यक्ष तेन्जिङ शेर्पाको अध्यक्षतामा भएको साधारण सभाको उद्घाटन नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.नेफ्स्कूनका सञ्चालक सदस्य जिवसराज खड्का र जिरी नगरपालिकाका नगर प्रमुख मित्र बहादुर जिरेलले संयुक्त रुपमा गर्नुभएको थियो । साविकका जनउत्थान,नव ज्योति र वैशाखेश्वर महादेव सहकारीबीच २०७७ मा एकीकरण भई खावा डाँडामा मुख्य कार्यालय मार्फत संचालित साकोसको कुल शेयर पुँजी १ करोड ८० लाख बढी, जगेडा कोष ८३ लाख ३६ हजार बढी र बचत निक्षेप १३ करोड ७३ लाख बढी रहेको छ । 

दोलखा जिल्लाको वैतेश्वर गाउँपालिका र जिरी नगरपालिकाभर कार्यक्षेत्र रही सेवा पुर्याउँदै आएको सहकारी संस्थामा हाल २ हजार ५ सय ६५ शेयर सदस्य तथा १ हजार ६३ जना बाल बचतकर्ता रहेका छन भने साकोस, नेफ्स्कूनले सञ्चालन गरेको जोखिममा आधारित साकोस सुपरिबेक्षण कार्यक्रम कर्ब्समा आवद्ध छ । 

संस्थाले बचत तथा ऋणको अलावा विभिन्न सामाजिक कार्य पनि कार्य गर्दै आएको छ। संस्थाका सचिव केदार दहालका अनुसार संस्थाले गरिब जेहेन्दार छात्रवृत्ति, प्राकृतिक प्रकोपमा परेका सदस्यहरुलाई आर्थिक सहयोग, स्वास्थ उपचारमा सहयोग ,उत्कृष्ट बचत कर्ता, ऋणी, शेयर खरिदकर्ता सम्मान, पेवा वृद्धि कार्यक्रम, सुत्केरी भेटघाट, मनि ट्रान्सफर सेवा, एसईइ तयारी कक्षा सहयोग लगायत सञ्चालन गर्दै आएको छ । साथै संस्थाले सदस्य सुरक्षा कोष कार्यक्रममार्फत सदस्य को मृत्यु पश्चात् परिवारको आर्थिक सुरक्षा गर्ने अभिप्रायले आश्रित परिवारलाई १० हजारदेखि ३० हजारसम्म प्रदान गर्दै आएको  छ ।

साधारणसभाको अवसरमा जेष्ठ सदस्य,उत्कृष्ट शेयर खरिदकर्ता,असल ऋणी,नियमित बचत कर्ता र एसईइ उत्कृष्ट विद्यार्थीलाई सम्मान गरिएको छ। कार्यक्रममा प्रमुख अतिथि नेपाल बचत तथा ऋण सहकारी संघ नेफ्स्कून सञ्चालक जिवसराज खड्का र विशेष अतिथिहरु जिरी नगरपालिकाका नगर प्रमुख मित्र बहादुर जिरेल, जिल्ला बचत तथा ऋण सहकारी संघ दोलखाका अध्यक्ष भुमिराज खड्का, जिल्ला बचत संघका संचालक तथा जनसचेतन साकोसका वरिष्ठ उपाध्यक्ष गोपालध्वज श्रेष्ठ, जनमुखी साकोसका अध्यक्ष माधव प्रसाद दहाल, वैतेश्वर ३ का वडा अध्यक्ष कमल अधिकारी, संस्थाका पूर्व अध्यक्ष अमृत शेर्पा, उपाध्यक्ष नुर्वु शेर्पा लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । सभामा नेफ्स्कून दोलखा इन्चार्ज दिनेशराज गौतमको पनि उपस्थिति रहेको थियो । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

८ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

६ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

पाठकबाट थप