नेफ्स्कूनका पूर्व अध्यक्ष प्रधानाङ्गलाई 'राष्ट्रिय व्यक्तित्व सम्मान' प्रदान गरिने
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनका पूर्व अध्यक्ष प्रधानाङ्गलाई 'राष्ट्रिय व्यक्तित्व सम्मान' प्रदान गरिने

काठमाडौं । झापा चारपानेस्थित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लि.ले यस वर्षको ‘राष्ट्रिय व्यक्तित्व सम्मान’ नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का पूर्व अध्यक्षसमेत रहनुभएका सहकारी विज्ञ कैलाशभक्त प्रधानाङ्गलाई प्रदान गर्ने भएको छ । कात्तिक १८ गते सहारा साकोसको साधारणसभाको बैठक माइन्यूट प्रमाणीकरण सभामा उक्त सम्मान प्रदान गरिने जानकारी संस्थाका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले जानकारी गराउनुभयो ।  

सहकारी विज्ञ प्रधानाङग ग्रामीण क्षेत्रमा सहकारीहरुको आवश्यकता बढी रहेको धारणा राख्नुहुन्छ । उहाँ गरिब, अल्पसंख्यक र पिछडिएका मानिसहरुका लागि सहकारी सामाजिक आर्थिक विकासको माध्यम भएको विश्वास गर्नुहुन्छ ।  सहकारी कानूनका ज्ञाता समेत रहनुभएका प्रधानाङ्ग नेफ्स्कूनको १४ वर्ष अध्यक्ष रहनुभएको थियो । उहाँ सहकारीका मिहिन विषयहरुमा पनि प्रखर चासो राख्ने अध्येता हुनुहुन्छ । सहकारीमा सुशासनको विषयलाई उहाँले बिशेष जोड दिदैं आउनुभएको छ । 

सहकारी क्षेत्रको वृद्धि विकासमा उत्कृष्ट योगदान पुर्याउने राष्ट्रिय व्यक्तित्वलाई सहारा साकोसले प्रत्येक दुई वर्षमा यो पुरस्कार प्रदान गर्दै आएको छ । पुरस्कारको राशी एक लाख एक हजार रुपैयाँ रहेको छ । सहाराले २०७६ सालदेखि ‘राष्ट्रिय व्यक्तित्व सम्मान’ प्रदान गर्न सुरु गरेको हो । पहिलो सम्मान लघुवित्त विज्ञ शंकरमान श्रेष्ठलाई र दोस्रो सम्मान राष्ट्रिय सहकारी महासंघका पूर्वअध्यक्ष केशव प्रदान बडाललाई प्रदान गरिएको थियो ।  

सहारा साकोसले राष्ट्रिय व्यक्तित्व सम्मानका अतिरित्त प्रोफेसर मुहमद युनुसु लघुवित्त उद्यमी पुरस्कार समेत प्रदान गर्दै आएको छ । लघुवित्तमार्फत सफल उद्यमीलाई प्रदान गर्ने पुरस्कारको राशी ५ सय अमेरिकी डलर रहेको छ । 

एक लाख ५८ हजार सदस्य रहेको सहकारीले २०८० असोज मसान्तसम्ममा ११ अर्ब ३८ करोड रुपैयाँ बचत संकलन गरी ११ अर्ब रुपैयाँ ऋण लगानी गरेको छ । संस्थाको शेयर पुँजी एक अर्ब ६५ करोड र जगेडा कोषमा एक अर्ब २३ करोड रहेको छ । 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

९ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

९ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

१० दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

११ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

११ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१७ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१८ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३५ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२४ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२७ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२७ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३३ दिन अगाडि

पाठकबाट थप