आईसीए एपीको १६औं साधारण सभा फिलिपिन्समा आयोजना हुँदै
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
आईसीए एपीको १६औं साधारण सभा फिलिपिन्समा आयोजना हुँदै

अन्तर्राष्ट्रिय सहकारी महासंघ–आईसीएको एसिया प्रशान्त क्षेत्रीय कार्यालय आईसीए एपीको १६औं साधारण सभा फिलिपिन्सको राजधानी मनिलामा आउँदो नोभेम्बर महिनामा आयोजना हुँदैछ । प्रत्येक दुई वर्षमा आयोजना हुने साधारण सभा आईसीए एपीको सर्वोच्च निकाय हो । नोभेम्बर ६ देखि १० सम्म आयोजना हुने सभाले आईसीएको क्षेत्रीय निकायको विगत दुई वर्षका कार्यक्रमहरुको समिक्षा गर्नुका साथै भावी नीति तथा कार्यक्रमसहित कार्यदिशा तय गर्ने छ । सभामा सहकारी क्षेत्र र त्यसमा पनि एशिया प्रशान्त क्षेत्रकाका समसामयिक विषयहरुमा पनि छलफल हुने बताइएको छ । 

सन् २००३ यता फिलिपिन्सको सहकारी अभियानले पहिलो पटक आईसीए एपीको साधारण सभा आयोजना गर्न लागेको हो । सभाको सेरोफेरोमा नोभेम्बर ८ मा ‘कोअपरेटिभ्स: आवर कमन एजेन्डा’ थिममा सहकारीः ११औं एशिया प्यासिफिक कोअपरेटिभ फोरम पनि आयोजना हुँदैछ भने आईसीए एपीको सञ्चालक समितिको बैठक पनि मनिलामै बस्ने कार्यक्रम रहेको छ । नोभेम्बर ८ मा आईसीए एपीले पहिलो पटक सुरुवात गरेको आईसीए एपी कोअपरेटिभ एक्सिलेन्स अर्वाड पनि घोषणा गरिदैछ । सहकारी क्षेत्रमा उत्कृष्ट कार्य गर्ने व्यक्ति, संस्था र नियामक निकाय गरी ३ विधामा यो पुरस्कार दिइने आईसीए एपीले जनाएको छ ।

विश्व सहकारी अभियानको सर्वोच्च निकाय आईसीए अन्तर्गत हाल आईसीए एपी, आईसीए अफ्रिका, आईसीए युरोप र आईसीए अमेरिकाज् गरी ४ वटा क्षेत्रीय कार्यालय रहेका छन् । सन् १९६० मा स्थापना भएको आईसीए एपीको मुख्यालय भारतको राजधानी नयाँ दिल्लीमा अवस्थित छ भने पहिलो क्षेत्रीय साधारण सभा सन् १९९५ मा नयाँ दिल्लीमानै आयोजना गरिएको थियो । आईसीए एपी अन्तर्गत हाल २८ राष्ट्रका करिब १ सय ८ सहकारी सदस्य रहेका छन् । आइसीए एपीको अध्यक्षमा भारतका प्रसिद्ध सहकारीकर्मी डा.चन्द्रपाल सिंह निर्वाचित भएपछि पहिलो पटक साधारण सभा आयोजना हुन लागेको हो । सभामा आईसीएका अध्यक्ष एरियल ग्वार्को लगायत सदस्य सहकारीका प्रतिनिधिहरुको सहभागिता रहनेछ । नेपालका बचत ऋण सहकारीहरुको एक मात्र विषयगत केन्द्रीय संघ नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) पनि आइसीए एपीको सदस्य रहेको छ ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप