दशैं बिदा सकिएसँगै आजदेखि खुले सहकारी कार्यालयहरु
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
दशैं बिदा सकिएसँगै आजदेखि खुले सहकारी कार्यालयहरु

काठमाडौं । बडा दशैंको टिका सकिएको तेस्रो दिन आजबाट सरकारी कार्यालयहरुसँगै सहकारी संघ संस्थाहरु पनि खुलेका छन् । सरकारले कार्तिक ४ गते फुलपातीदेखि ९ गते द्वादशीसम्म दशैं बिदा दिएको थियो । धेरैजसो बचत तथा ऋण सहकारी संस्थाहरुले चाडपर्व बिदाको दिनमा पनि निश्चित समय काउन्टर सञ्चालन गरेका थिए । सदस्यहरुको आवश्यकतालाई ध्यानमा राखी बचत ऋण सहकारी संस्थाहरुले नवमीको दिनसम्म केही घन्टा काउन्टर सञ्चालन गरेका थिए । केही संस्थाहरुले भने दशैंको टिकाको दिनसमेत काउन्टर सेवा प्रदान गरेका थिए । काठमाडौं तथा विभिन्न जिल्लाका सहकारीहरुले सदस्यहरुलाई नयाँ नोट सटहीको सुविधा समेत उपलब्ध गराएका थिए ।

कतिपय बचत ऋण सहकारी संस्थाहरुले हिजोबाटै कार्यालय सञ्चालन गरेका छन् । अधिकांश सहकारीहरुमा भने सरकारी कार्यालयसरह आजबाट सेवा सुचारु भएको छ भने केही सहकारीहरुले आइतबारबाट सेवा सुचारु गर्दैछन् । बचत ऋण सहकारीहरुको केन्द्रीय छाता संघ नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का पनि देशैभरका सबै कार्यालयहरु आजबाट खुलेका छन् । नेफ्स्कूनले बडादशैंको अवसरमा २०८० कार्तिक ४ गतेदेखि ९ गतेसम्म देशैभरका सबै सदस्य सेवा कार्यालय तथा सेवा केन्द्रहरु बिदा दिएको थियो । बिदा सकिएपछि सहकारी संघ संस्थाहरु दैनन्दिन सेवामा फर्किएका छन् ।

यसैबीच, दसैं मनाउन काठमाडौं उपत्यकाबाहिर गएकाहरु पनि क्रमशः फर्कन थालेका छन् । केही दिन सुनसान काठमाडौंका मुख्य शहर तथा भित्री चोक तथा गल्लीहरुमा बिस्तारै चहलपहल सुरु भएको छ । काठमाडौं भित्रिने मुख्य नाकाहरुमा पनि सवारीसाधन तथा मानिसहरुको चहलपहल बढेको छ । यसका कारण नाकाहरुमा ट्राफिक व्यवस्थापनको नियमित व्यवस्तता बढेको देख्न सकिन्छ । औपचारिक रुपमा यसवर्षको बडादशैं भने भोलि पूर्णिमाबाट सकिनेछ ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप