किसान कल्याण साकोसको २८औँ स्थापना दिवसमा महासंघ अध्यक्ष कडेल सम्मानित
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
किसान कल्याण साकोसको २८औँ स्थापना दिवसमा महासंघ अध्यक्ष कडेल सम्मानित

किसान कल्याण बचत तथा ऋण सहकारी संस्था लि.इटहरी–१६ को २८औँ स्थापना दिवस संस्थाका अध्यक्ष शालिकराम ढकालको अध्यक्षता, राष्ट्रिय सहकारी महासंघ, नेपालका अध्यक्ष मिनराज कडेलको प्रमुख आतिथ्यता तथा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. (नेफ्स्कून) का अध्यक्ष परितोष पौड्यालको विशिष्ट आतिथ्यतामा कात्तिक १३ गते सम्पन्न भएको छ । कार्यक्रममा नेफ्स्कूनका सञ्चालक सदस्य घनश्याम अधिकारी, कोशी प्रदेश बचत संघका सचिव लक्ष्मी सापकोटा, जिल्ला सहकारी संघ सुनसरीका अध्यक्ष गंगाप्रसाद दाहाल, मोरङ्ग जिल्ला सहकारी संघका सञ्चालक तथा नेफ्स्कून सदस्य सेवा कार्यालय इटहरीका उपसमिति सदस्य हेरम्बराज भट्टराई लगायत सहकारीकर्मीहरुको बाक्लो उपस्थिति थियो । 

स्थापना दिवसको अवसरमा संस्थाले वर्ष २०७९ को सक्रिय सहकारी अभियन्ताको रुपमा राष्ट्रिय सहकारी महासङ्घ नेपालका अध्यक्ष मिनराज कडेललाई कदर पत्र र नगदसहित सम्मानित गरेको छ ।  संस्थाले स्थापना दिवसको अवसरमा प्रत्येक वर्ष १ जना सहकारी अभियन्तासहित विभिन्न २० विधामा सम्मान गर्दै आएको  छ । कुल ८१ जनालाई सम्मानित गरेको साकोसले जनाएको छ । 

वि.सं. २०५३ साल कार्तिक १३ गते ३४ जनाबाट प्रतिव्यक्ति ५० रुपैयाँका दरले जम्मा १७ हजार रकम सङ्कलन गरी स्थापना गरिएको संस्थामा हाल २२,०८३ जना सदस्य छन् भने कुल सम्पत्ति १ अर्ब २९ करोड रहेको छ । साकोसले ५८ कर्मचारीमार्फत सदस्य सेवा प्रवाह गरिरहेको छ । कारोबारमा सहजता ल्याउने उद्देश्यले मोबाईल बैङ्किङ, इ–टेलर सेवा, ए.टि.एम. सेवा र तथा क्यु. आर कोड जस्ता विद्युतीय सेवा समेत सञ्चालनमा ल्याइएको संस्थाका प्रमुख कार्यकारी अधिकृत पुष्कर बस्नेतले जानकारी दिनुभयो ।  

साकोसले वि.सं. २०६४ सालमा सहकारी डिभिजन कार्यालय सुनसरीबाट उत्कृष्ट सहकारी संस्थाको पुरस्कार, वि.सं. २०६८ सालमा राष्ट्रिय सहकारी बैङ्कबाट उत्कृष्ट कारोबारको प्रशंसा पत्र र नेफ्स्कून बाट पूर्वाञ्चल विकास क्षेत्रको उत्कृष्ट सहकारी र वि.सं. २०७१ सालमा  राष्ट्रिय सहकारी महासङ्घबाट उत्कृष्ट व्यवसाय पुरस्कार प्राप्त गरेको छ ।  

संस्थाको इतिहासमा पहिलो अन्तराष्ट्रिय पुरस्कारको रुपमा सन् २०१६ मा एसियाली ऋण महासङ्घबाट एक्सेस ब्रोञ्ज, सन् २०१७ र २०१८ मा समेत लगातार एक्सेस व्रोञ्ज र सन् २०१९ मा एक्सेस सिल्भर ब्राण्ड प्राप्त गरेको छ । संस्था सन् २०१६ मा साविक प्रदेश नं. १ बाट एक्सेस ब्रोञ्ज प्राप्त गर्ने २ वटा संस्था मध्येको  १ र सन् २०१९ मा एक्सेस सिल्भर ब्राण्ड प्राप्त गर्ने सुनसरी जिल्लाको एकमात्र संस्थाको रुपमा पहिचान वनाउन सफल भएको छ ।

नेफ्स्कूनबाट २०७४ सालमा अन्तरलगानी सेवामा उत्कृष्ट र आ.व. २०७६/७७ मा देशभरका बचत तथा ऋण सहकारीमध्ये सर्वाेत्कृष्ट साकोसको पुरस्कार समेत प्राप्त गर्न सफल संस्था २०७९ सालमा राष्ट्रिय सहकारी बैङ्कबाट प्रदेश नं. १ को उत्कृष्ट संस्थाको रुपमा पुरस्कृत भैसकेको छ । साकोसले सदस्यहरुलाई वित्तीय सेवाबाहेक विभिन्न प्रकारका तालिम तथा गोष्ठी, सदस्य प्रोत्साहनका लागि नियमित सम्मान तथा पुरस्कार, बाल बचतकर्ता लक्षित भ्रमण, युवाक्लव गठन तथा युवालक्षित कार्यक्रम, ज्येष्ठ माता पिता सम्मान लगायत थुप्रै सामाजिक तथा सामुदायिक कार्यक्रम नियमित सञ्चालन गर्दै आएको छ ।  

भर्खरै
गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता
गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता

१ दिन अगाडि

उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

१ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम कार्यान्वयनका लागि नेफ्स्कून र संगम आयआर्जन साकोसबीच सम्झौता 
नेफ्स्कूनको स्क्यान कार्यक्रम कार्यान्वयनका लागि नेफ्स्कून र संगम आयआर्जन साकोसबीच सम्झौता 

१ दिन अगाडि

कालीमाटी स्थित तरकारी फलफूल साकोस र नेफ्स्कूनबीच स्क्यान तथा एक्सेस कार्यक्रम सञ्चालनका लागि सम्झौता 
कालीमाटी स्थित तरकारी फलफूल साकोस र नेफ्स्कूनबीच स्क्यान तथा एक्सेस कार्यक्रम सञ्चालनका लागि सम्झौता...

२ दिन अगाडि

नेफ्स्कूनका १५ जना अधिकृतहरूलाई उद्यम–उद्यमी म्याट्रिक्स तथा नक्साङ्कन सम्बन्धी अनुशिक्षण
नेफ्स्कूनका १५ जना अधिकृतहरूलाई उद्यम–उद्यमी म्याट्रिक्स तथा नक्साङ्कन सम्बन्धी अनुशिक्षण

५ दिन अगाडि

सहकारी सुदृढीकरणमा जोड दिँदै सुर्खेतमा सहकारी शिक्षा तथा सदस्यसँग छलफल कार्यक्रम सञ्चालन
सहकारी सुदृढीकरणमा जोड दिँदै सुर्खेतमा सहकारी शिक्षा तथा सदस्यसँग छलफल कार्यक्रम सञ्चालन

५ दिन अगाडि

व्यवसाय विकास सेवा कार्यक्रम सञ्चालन कार्यविधि निर्माणमा सहजीकरण 
व्यवसाय विकास सेवा कार्यक्रम सञ्चालन कार्यविधि निर्माणमा सहजीकरण 

५ दिन अगाडि

विश्व ऋण परिषदद्वारा एशिया र अफ्रिकाका साकोसहरूलाई विशेष सहजीकरण
विश्व ऋण परिषदद्वारा एशिया र अफ्रिकाका साकोसहरूलाई विशेष सहजीकरण

६ दिन अगाडि

लोकप्रिय
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

१ दिन अगाडि

गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता
गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता

१ दिन अगाडि

Notice
Notice

१० दिन अगाडि

स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 
स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 

२५ दिन अगाडि

स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड
स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड

२३ दिन अगाडि

हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३३ दिन अगाडि

नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न

३३ दिन अगाडि

विकू साकोसमा एक्सेस स्थलगत सुपरिवेक्षण सम्पन्न 
विकू साकोसमा एक्सेस स्थलगत सुपरिवेक्षण सम्पन्न 

२७ दिन अगाडि

पाठकबाट थप