दिगो विकासको महत्वपूर्ण ‘एक्टर’ सहकारी: राष्ट्र संघीय महासचिव
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
दिगो विकासको महत्वपूर्ण ‘एक्टर’ सहकारी: राष्ट्र संघीय महासचिव

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेस हाल नेपाल भ्रमणमा हुनुहुन्छ । राष्ट्र संघका महासचिवको नेपाल भ्रमण आफैमा महत्वपूर्ण छ । सन् १९४५ अक्टोबर २४ मा स्थापना भएको राष्ट्र संघ १ सय ९३ राष्ट्र आवद्ध सबैभन्दा ठूलो विश्वस्तीय साझा मञ्च हो । विश्वमा शान्ति र मानवअधिकारको प्रवर्धनका लागि स्थापित संघ र विश्व सहकारी अभियानको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय सहकारी महासंघ (आईसीए) बीच सुमधुर सम्बन्ध रहँदै आएको छ । विश्व शान्ति, मानवअधिकार, सामाजिक न्याय, आर्थिक शसक्तिकरण, लैङ्गिक, जातिय लगायतका विभेदहरुको अन्त्य, आदि राष्ट्र संघको अभियानमा आईसीएले ऐक्यबद्धता जनाउँदै आएको छ भने राष्ट्रसंघले पनि माथिका उपलब्धिहरु हासिल गर्न सहकारी अभियानको शीर्ष निकायको रुपमा आईसीएको भूमिकोको प्रशंसा गरेको छ । राष्ट्र संघले दिगो विकासका लक्ष्य हालिस गर्न सहकारी क्षेत्रको अहम् भूमिका हुने भन्दै विश्व सहकारी अभियानलाई ‘वन अफ द एक्टर्स अर्फ एसडीजी’ भनेको छ । हाल विश्व जनसंख्याको कम्तिमा १२ प्रतिशत कुनै न कुनै रुपमा सहकारीमा आवद्ध रहेका छन् ।

महासचिव गुटेरेसको नेपाल भ्रमणको केही समयअघि गत सेप्टेम्बरमा सम्पन्न ७८औं राष्ट्र संघीय महासभामा सहकारीसम्बन्धी प्रतिवेदन पेश भएको थियो । ‘सामाजिक विकासम सहकारीको भूमिका’ विषयक महासचिवको उक्त प्रतिवेदनले पनि दिगो विकासको लक्ष्य हासिल गर्न सहकारीको महत्वपूर्ण भूमिका हुने भन्दै विश्वका सरकारहरुलाई सहकारीमार्फत उद्यमशिलता विकासको अभियानमा जोड्न आग्रह गर्नुभएको थियो । सहकारीमार्फत ऐजेण्डा २०३० हासिल गर्न सहकारीहरुको भूमिका अहम् हुने भएपनि कारणवश सम्भावनाअनुरुप काम भने हुन नसकिरहेको तर्फ ध्यानाकर्षण गराउनुभएको थियो । प्रतिवेदनमा अबका दिनमा सरकार र सहकारी अभियानले गर्नुपर्ने काम र लिनुपर्ने तदारुकताबारे समेत सुझावहरु उल्लेख गरिएको छ । महासचिव गुटेरेसले सहकारीहरुले विकासका तीनै आयाममा हालसम्म खेलेको भूमिकाको प्रशंसा गर्नुभएको थियो ।

राष्ट्रसंघको ७६औं महासभामा पनि सहकारीको सामाजिक भूमिका सम्बन्धी महासचिवको प्रतिवेदन प्रस्तुत गरिएको थियो । प्रतिवेदनमा सन् २०१९ को डिसेम्बरबाट सुरु भएको कोभिड महामारी यता हालसम्म विश्व सहकारी अभियानले खेलेको भूमिकाबारे प्राथमिक चर्चा गरिएको थियो । उक्त प्रतिवेदनमा महासचिव गुटेरेसले पोष्ट कोभिड विश्वमा जनअपेक्षालाई वास्तविकतामा परिणत गरी व्यवस्थित आर्थिक तथा सामाजिक परिवर्तन प्रवर्धनका लागि नीतिगत सुधार आवश्यक रहेको र यसका लागि सहकारीको केन्द्रीय भूमिका हुने कुरामा जोड दिइएको थियो । 

सन् २००९ को डिसेम्बर १८ मा संयुक्त राष्ट्र संघीय महासभाले सन् २०१२ लाई संयुक्त राष्ट्रंघीय अन्तर्राष्ट्रिय सहकारी दिवसको रुपमा मनाउने प्रस्ताव पारित गरेको थियो । यसअघि सन् १९९२ को डिसेम्बर १६ मा बसेको राष्ट्र संघीय महासभाले आईसीए स्थापनाको एक सय वर्ष पुगेको अवसरमा सन् १९९५ को पहिलो शनिवारलाई अन्तर्राष्ट्रिय सहकारी दिवसको रुपमा मनाउने प्रस्ताव पारित गरेको थियो । त्यसयता प्रत्येक जुलाईको पहिलो शनिवारलाई संयुक्त राष्ट्र संघीय अन्तर्राष्ट्रिय सहकारी दिवसको रुपमा मनाइँदै आएको छ । आईसीएको स्थापना सन् १८९५ अगष्ट १८ मा बेलायतको लन्डनमा भएको थियो । यस्तै, आईसीएले विगत लामो समयदेखि राष्ट्र संघ अन्तर्गतको आर्थिक तथा सामाजिक परिषद्मा परामर्शदाताको मान्यता प्राप्त गरेको छ । 

सन् १९६८ को महासभाले आर्थिक तथा सामाजिक परिषद्लाई आर्थिक सामाजिक विकासको लागि सहकारीको भूमिका बारे विचार गर्न आग्रह गरे पश्चात राष्ट्र संघले सहकारीलाई हेर्ने दृष्टिकोण थप सकारात्मक बनेको थियो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप