विश्वभर क्रेडिट युनियन सदस्यहरुको संख्या ४० करोड नाघ्यो
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
विश्वभर क्रेडिट युनियन सदस्यहरुको संख्या ४० करोड नाघ्यो

विश्व क्रेडिट युनियन अभियानसँग जोडिने सदस्यहरुको संख्या ४० करोड नाघेको छ । विश्वभरका वित्तीय सहकारीहरुको शीर्ष संघ विश्व ऋण परिषद् (ओकू) ले हिजो जारी गरेको पछिल्लो तथ्याङ्कसहितको प्रतिवेदनले सदस्यता वृद्धि भएको देखाएको हो । ओकूले यो वृद्धिलाई अभियानको अर्को कोशेढुङ्गो बताएको छ ।

सन् २०२२ को तथ्याङ्क सार्वजनिक गर्दै ओकूले अघिल्लो अंग्रेजी वर्षको अन्त्य (डिसेम्बर ३१, सन् २०२२) सम्म प्राप्त विवरणले यो पुष्टि गरेको जनाएको हो । सदस्यता वृद्धिसँगै अब विश्वस्तरीय लोकप्रिय यो अभियानमा विश्वका ९८ मुलुकका ८२ हजार ७ सय ५८ क्रेडिट युनियनमा ४० करोड ३९ लाख ७६ हजार ४९ मानिस आवद्ध भएका छन् । सन् २०२१ भन्दा पछिल्लो वर्षमा संदस्य संख्या ३ प्रतिशतले वृद्धि भएको हो । सन् २०२१ मा यो संख्या ३९ करोड ३८ लाख बढी थियो । खासगरी ब्राजिल, फिलिपिन्स र आयरल्याण्डमा सदस्य संख्या उल्लेख्य वृद्धि भएको ओकूको प्रतिवेदनले जनाएको छ । दक्षिण अमेरिकी मुलुक ब्राजिलमा २५ प्रतिशत, एशियाली मुलुक फिलिपिन्समा १९ प्रतिशत र युरोपेली मुलुक आयरल्याण्डमा १७ प्रतिशतले यो संख्या वृद्धि भएको हो । अघिल्लो दशकको तुलनामा पछिल्लो एक दशकमा ओकूको सदस्यता संख्या दोब्बर बढीले बढेको प्रतिवेदनमा उल्लेख छ । यसैगरी, विश्व क्रेडिट युनियन अभियानको कूल सम्पत्ति ३.६ ट्रिलियन अमेरिकी डलर पुगेको छ भने क्रेडिट युनियनको पहुँच पनि बढेर बढेर १३.९ प्रतिशत पुगेको छ । एकीकरणका कारणले क्रेडिट युनियनहरुको संख्या भने अघिल्लो वर्षको तुलनामा घटेको पाइन्छ ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप