साकोस प्रशिक्षकहरु अभियानका दूत हुन्
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
साकोस प्रशिक्षकहरु अभियानका दूत हुन्

सञ्जाल व्यवस्थापन, बलियो आन्तरिक नियन्त्रण प्रणाली, वित्तीय तथा अन्य खाले जोखिम व्यवस्थापन, सहकारी तथा बचत ऋण सहकारीका सर्वमान्य सिद्धान्तहरुको अक्षरशः कार्यान्वयन, नेतृत्व रुपान्तरण आदि मुलुकको साकोस अभियानका जल्दाबल्दा विषयमा साझा धारणा विकासका लागि साकोस अभियानमा क्रियाशील दक्ष र चिरपरिचित प्रशिक्षकहरुबीच दुई दिन सघन मन्थन भएको छ । मुलुकको साकोस अभियानको शीर्ष निकाय नेफ्स्कूनले पूर्वदेखि पश्चिमसम्मको साकोस अभियान बुझेका सिद्धहस्त प्रशिक्षकहरुबीच विचार विर्मशको यो वातावरण तयार पारेको थियो । कार्तिक १३ र १४ गते भक्तपुरमा आयोजित कार्यक्रममा २९ जना प्रशिक्षकको सहभागिता रहेको थियो । संघले आफ्नो रणनीतिक योजना अन्तर्गत गत वर्ष पनि यसै प्रकारको कार्यक्रम आयोजना गरेको थियो । 

उक्त कार्यक्रमको हिजो समापनको अध्यक्षता नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले गर्नुभएको थियो भने प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघ नेपालका अध्यक्ष मिनराज कडेल हुनुहुन्थ्यो । कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल तथा महासंघका सञ्चालक टेक प्रसाद चौलागाई सहभागी हुनुभएको थियो । कार्यक्रमको पहिलो दिन नेफ्स्कूनका महासचिव दामोदर अधिकारी र कोषाध्यक्ष दिपक पनेरु पनि कार्यक्रममा सहभागी हुनुभएको थियो ।

कार्यक्रमको सहजीकरण नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटा, सहायक कार्यकारी अधिकृतद्वय सञ्जयराज तिमिल्सीना र गणेश प्रसाद तिमल्सिना तथा वरिष्ठ अधिकृत प्रेमनाथ वाग्लेले गर्नुभएको थियो ।कार्यक्रममा नेफ्स्कूनका तालिम अधिकृतहरु कोमलराज अधिकारी, उमेश कोइराला, रविन्द्र श्रेष्ठ र श्यामराज तिमल्सिनाको पनि सहभागिता थियो ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघ नेपालका अध्यक्ष मिनराज कडेलले फरक बाटोमा हिडेका संस्थालाई सही बाटो हिडाउन सहभागी प्रशिक्षकहरुको भूमिका उल्लेख्य रहने बताउनुभयो । सहभागीहरुलाई आफू उदाहरणीय बन्दै अरुलाई सिकाउन समेत उहाँले आग्रह गर्नुभयो । एकीकृत साकोस सञ्जालमा आवद्धताको खाँचो रहकोमा नेफ्स्कूनका पूर्व अध्यक्षसमेत रहनुभएका महासंघ अध्यक्ष कडेलले जोड दिनुभयो । 

उहाँले सहकारी अभियानले मेचीदेखि महाकालीसम्म थुप्रै उदाहरणीय र उल्लेख्य काम गरेको बताउनुभयो । केही सहकारमिा समस्या आएपनि आमरुपमा राज्य निर्माणमा सहकारीको योगदान उल्लेख्य रहेको उहाँको भनाइ थियो । सहकारी क्षेत्र प्रति नकारात्मक धारणा बनाउन नमिल्ने उहाँको भनाइ थियो । समस्या भएका सहकारीको पनि व्यवस्थापन हुनुपर्नेमा महासंघ अध्यक्ष कडेलको जोड थियो ।  नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले कोअपरेटिभ इकोसिष्टममा जानुपर्ने आजको चुनौती रहेको उल्लेख गर्नुभयो । सहकारीमा शुद्धिकरण अभियान अन्तर्गत ७ वटै प्रदेशमा नेफ्स्कूनले कार्यक्रम सञ्चालन गरेको र निरन्तर रहने जानकारी गराउनुभयो । सहकारी शुद्धिकरण अन्तर्गत सदस्य शुद्धिकरण, नियन्त्रण प्रणालीमा शुद्धिकरण, लाभमा शुद्धिकरण, स्तरीकरण, स्थिरीकरण कोष आदि विषयहरुलाई प्राथमिकतामा राखिएको उहाँले स्पष्ट पार्नुभयो । 

यसैगरी, नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कार्यक्रममा जोडिएका पूर्व झापादेखि सुदूर पश्चिम कञ्चनपुरसम्म सवै सहभागीहरुको आवाजमा एकरुपता हुनुपर्ने बताउनुभयो । उहाँले अभियान सकिएको हल्लाको समाधान सबैको सत्प्रयासबाट खोज्नुपर्ने उहाँले बताउनुभयो । नेफ्स्कूनले साकोस अभियानको वृहत्तर हितका लागि तयार गरेका आधारभूत मापदण्ड सबै साकोसमा पुर्याउनुपर्नेमा पनि उहाँको बिशेष जोड थियो । वक्ताहरुले साकोस प्रशिक्षकहरु समग्र अभियानको दूत भएको भन्दै थप उर्जा र अनुभवका साथ अभियान सवलीकरणमा उल्लेख्य योगदान पुग्ने विश्वास समेत व्यक्त गर्नुभएको थियो । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप