आम्दानी र खर्च व्यवस्थापनको स्मार्ट तरिका
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
आम्दानी र खर्च व्यवस्थापनको स्मार्ट तरिका

पैसाको राम्रो व्यवस्थापन गर्नका लागि गणितमा राम्रो हुनु पर्दैन । घर खर्चको उचित व्यवस्थापन गर्न हामीले आफ्नो खर्च गर्ने शैलीमा केही चनाखो हुनु जरुरी हुन्छ । घरखर्च व्यवस्थापन सही तरिकाले गर्नुमात्र अन्तिम उपलब्धि भने होइन । आफ्नो आम्दानीको केही हिस्सा भोलिका लागि बचत गर्दै जानु वा ऋण भए त्यो तिर्दै जानु पनि अपरिहार्य हुन्छ । घरायसी बजेटको राम्रो व्यवस्थापन गर्नको लागि सम्पूर्ण आय–व्ययको विवरण रेकर्ड राख्नुपर्छ । आम्दानी र खर्चको विवरण रेकर्ड लाग्दा पट्यार लाग्दो भए पनि वास्तवमै आम्दानीको राम्रो व्यवस्थापन गर्न मद्दत पुर्याउँछ । घरेलु बजेटको कुशल व्यवस्थापन गर्न सघाउ पुग्ने केही तरिका जानकारी गराउँदै छौं । 

१. परिवारको आम्दानी 

सबैभन्दा पहिला घरायसी बजेट विवरणको शिर्षस्थानमा आफ्नो कुल आम्दानी लेख्नुपर्छ । आम्दानीमा परिवारका सदस्यहरुको कमाई पनि जोडेर राख्न सक्नुहुन्छ । यदि आम्दानी हरेक महिना तलमाथि भइराख्छ भने औषत आम्दानी विवरण राख्नुहोस् । यसबाहेक अतिरिक्त रकम आम्दानी गर्नुहुन्छ भने त्यसलाई आम्दानी र खर्चको बिवरणमा नलेखी बचत वा सानो लगानीको लागि छुट्टै राख्न सक्नुहुन्छ । 

२. मासिक हुने नियमित खर्च 

अब मासिक रुपमा हुने निश्चित खर्चहरु समावेश गर्नुहोस् । यी खर्चहरुलाई कुल आम्दानीबाट घटाउनुहोस् । निश्चित खर्चहरुमा ऋणको किस्ता, घरभाडा, स्कुल फिस, केवल टिभी, टेलिफोन, इन्टरनेट, बिजुली, पत्रिका, रासन, कर, यातायात खर्च आादि पर्छन् । अघिल्लो महिना भएको खर्चको आधारमा पनि मासिक नियमित खर्च यति हुन्छ भनेर अनुमान लगाउन सकिन्छ । यी बाहेक अन्य खर्चहरु पनि हुन्छन् भने त्यसलाई औषत रुपमा आँकलन गरी खर्चमा जोडेर कुल आम्दानीबाट घटाउनुपर्छ । 

३. खर्चपछिको कुल आम्दानी 

आम्दानीबाट घरायसी सम्पूर्ण खर्चहरु घटाएर निस्किएको बाँकी रकम कुल आम्दानी हो । बाँकी रहेको रकमलाई आफ्नो बजेट योजनाको तालिकामा छुट्टै टिपोट गर्न सक्नुहुन्छ । कथम कदाचित हिसाब गर्दा आम्दानीबाट खर्च घटाउदा परिणाम नेगेटिभ आयो भने आम्दानीभन्दा धेरै खर्च गरेको बुझिन्छ । यस्तो अवस्थामा खर्चको पुनः मुल्यांकन गर्नुअघि खर्चलाई ‘चाहना’ र ‘आवश्यकता’ बिचमा विभाजन गर्नुपर्छ । यदि यसो गर्नु भएन भने खर्च धान्न थप ऋणमा डुब्नुपर्ने अवस्था आउँछ । 

४.आपतकालिन कोष खडा

आम्दानीबाट खर्च घटाउदा बचेको कुल आम्दानीबाट १० देखि ३० प्रतिशत रकम आपतकालिन कोषका लागि छुट्याउनुहोस् । अझ यसका लागि नजिकैको बचत तथा ऋण सहकारी संस्थामा मासिक रुपमा निश्चित रकम बचत पनि गर्न सक्नुहुन्छ । यो रकम कुनै आपतकालिन अवस्था आइपर्दा मात्र प्रयोग गर्नुहोस् । 

५. पुरै परिवारलाई यस योजनामा समावेश गर्नुहोस्

घरको बजेट योजनामा परिवारका सबै सदस्यलाई सामेल नगराइकन एक्लैले यसको व्यवस्थापन गर्न सक्नुहुन्न । सबैको खर्च गर्ने बानीमा प्रतिबन्ध लगाउन कडा रुपमा प्रस्तुत भई आफूलाई कठोर र गलत आचरणको व्यक्तिको रुपमा प्रस्तुत गर्नु ठिक हुदैन । यसका लागि कसरी घरायसी खर्चलाई कटौती गर्न सकिन्छ भनेर परिवारका सबै सदस्यसँग सल्लाह लिने र आफूले पनि सुझाव दिएर आग्रह गर्नु उचित हुन्छ । यदि साना बच्चाहरु छन् भने उनीहरुलाई पनि यस प्रक्रियामा समावेश गर्न सकिन्छ । यसले बच्चाहरुमा पैसा व्यवस्थापनको भावना र सचेतनाको विकास हुनुको साथै कुन चिजको मूल्य कति पर्छ भन्ने कुरा बुझ्न पनि सहयोग पुग्छ । 

६. खर्च गर्ने बानीमा समायोजन

सम्भावित खर्चहरु बाहेक अप्रत्याशित रुपमा हुन आउने खर्चको लागि पनि केहि पैसा बचत गर्नुपर्छ । कहिलेकाहिँ आफन्त वा साथीभाईकोमा विवाह समारोह तथा शुभकार्यहरु हुन सक्छन । कुनै बेला आफूले पनि केहि विशेष अवसरमा पाहुना निम्त्याएर भोज भतेर गर्नुपर्ने हुन सक्छ । त्यस्तो अवस्थामा पैसा खर्च हुने भएकाले केहि रकम छुट्याएर राख्नु उत्तम हुन्छ । बाहिर गएर खाने, रमाउने गरी अनावश्यक खर्च गर्ने बानी छ भने त्यसलाई त्याग्नुपर्छ । आवश्यकता र चाहना बिचको भिन्नता बुझेर चल्न सिक्नुपर्छ । 

७. किनमेल गर्दा सूची बनाउने

किनमेल गर्न जाँदा सूची नबनाई जानु हुँदैन । सूचीलाई एउटा अनिवार्य नियमको रुपमा लागू गर्नुहोस् । सम्भव भएसम्म किनमेलमा निस्कदा साना बच्चाहरुलाई साथमा लैजान हुँदैन । बच्चाहरुले अतिरिक्त खर्च गरिदिन्छन् । जहिले पनि किनमेल गर्न जाँदा आफूलाई आवश्यक पर्ने सामाग्रीहरुको मात्र सूचि बनाउनुहोस् र त्यति नै रकम बोक्नुहोस् । बजारमा किनमेलमा निस्कँदा आवश्यकताभन्दा बढी रकम बोकेर हिँड्न हुँदैन । यदि कुनै सामान किन्दा बनाउनुभएको सूचीको मूल्यभन्दा बढि तिर्नुपर्यो भने अर्को सामानमा त्यसलाई घटाएर मिलाउनुहोस । यस्तो बानीको विकास गर्न एकदमै जरुरी पर्छ किनभने यसले बजेटको योजनालाई सुदृढ बनाउनमा मद्दत पुग्छ । 

८. क्रेडिट कार्डको दुरुपयोग नगर्ने

अहिले नेपालका बैंक तथा वित्तीय संस्थाहरुले पनि क्रेडिट कार्ड उपलब्ध गराउन थालेका छन् । क्रेडिट कार्डबाट आफुलाई आवश्यक पर्दा निश्चित रकम निकालेर निश्चित समयसम्म खर्च गर्न सकिन्छ । आफ्नो क्रेडिट कार्ड आपतकालिन अवस्थामा मात्र प्रयोग गर्नुहोस् । मन पर्ने ब्राण्डको सामान बजारमा अभाव हुदैछ वा सकिदैछ भन्दैमा त्यसलाई अत्यावश्यक मान्न सकिदैन । यदि आवेशमा खर्च गर्ने बानी छ भने आफ्नो क्रेडिट कार्ड परिवारका कुनै जिम्मेवार सदस्यलाई राख्न दिनुहोस् । यदि महिनाको अन्त्यतिर पैसा सकियो र अभाव हुन थाल्यो भने यो बुझ्न सकिन्छ कि आफ्नो बजेट योजनाको सीमा नाघेर खर्च गर्नुभयो । आफ्नो क्रेडिट कार्ड अनावश्यक कार्यमा खर्च गर्नुभयो भने अर्को महिनाको कुल आम्दानीबाट त्यो रकम र ब्याज घटाउनुपर्ने हुन्छ । 

९. अतिरिक्त पैसा कमाउने उपायको खोजी 

चाहे कमाईले घरको मासिक खर्च मज्जाले पुगिरहेको छ भने पनि बचतको लागि केहि अतिरिक्त कमाइ हुने उयाय सोच्नुपर्छ । बिहान स्कुल तथा कलेजमा क्लास लिन सकिन्छ वा ट्युसान पढाउन पनि सक्नुहुन्छ । यसरी अतिरिक्त आर्जन गरी आफ्नो बजेटलाई सुदृढ बनाई थप रकम बचत गर्न सकिन्छ । 

१०. घरायसी बजेटको पुनः मूल्यांकन  

सुरुको महिना राम्रोसँग घरायसी बजेटको योजना तयार पार्नुभयो र सोही अनुरुप कार्यान्वयन गर्नुभयो भन्दैमा अर्को एक महिनासम्म फेरी त्यसलाई हेर्नु पर्दैन भन्ने हुँदैन । निश्चित खर्चबाहेक हरेक महिना बजेटमा परिवर्तन आउन सक्छ । यसको मतलव तपाईले तयार पार्नुभएको योजना र तालिकालाई धेरै पटक मूल्यांकन गर्नुपर्ने हुन्छ । गएको महिना भएका अतिरिक्त खर्च र अप्रत्याशित खर्चलाई छुट्टै टिपेर राख्नुहोस् । यस्ता कुराहरु अलग्गै लेखेर राख्नाले आफ्नो खर्च गर्ने बानीको बारेमा थाहा हुन्छ । आफूले तिर्नुपर्ने विभिन्न विद्युत, पानी, इन्टरनेट, टेलिफोन, सवारी साधनका बिलहरु समयमै तिर्ने बानी बसाल्नुपर्छ । यसले गर्दा जरिवाना तिर्नबाट जोगिन सकिन्छ । आफ्ना परिवारका सदस्यसँग बसेर पैसा जोगाउनको लागि कसरी यस्ता उपयोगिताहरुको कम खपत गर्न सकिन्छ भनेर सल्लाह गर्नुपर्छ ।अनावश्यक रुपमा बत्तीहरु नबाल्ने, हिटर नबाल्ने, टेलिफोनमा धेरै कुरा नगर्ने बानीले पनि बिल भुक्तानी गर्दा केहि राहत मिल्न सक्छ । 

(इन्टरनेटमा उपलब्ध सामाग्रीहरुको आधारमा तयार गरिएको)

भर्खरै
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

१७ घण्टा अगाडि

नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता
नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता

१८ घण्टा अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

२ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

३ दिन अगाडि

ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध
ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध

३ दिन अगाडि

नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न
नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न
नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न

४ दिन अगाडि

लोकप्रिय
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

१७ घण्टा अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

२ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

३ दिन अगाडि

सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न
सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न

५ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा
नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा

४ दिन अगाडि

किसान साकोसमा तीन दिने कृषक व्यवसाय खेल तालिम सञ्चालन
किसान साकोसमा तीन दिने कृषक व्यवसाय खेल तालिम सञ्चालन

७ दिन अगाडि

नेफ्स्कूनद्वारा सिर्जनशिल महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सिर्जनशिल महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

१४ दिन अगाडि

पाठकबाट थप