म तपाईहरुसँगै हुर्केबढेकी हुँः अकू सिईओ लेनी
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
म तपाईहरुसँगै हुर्केबढेकी हुँः अकू सिईओ लेनी

एशियाली ऋण महासंघ (अकू) की प्रमुख कार्यकारी अधिकृत एलिनिता भी स्यान रोके (लेनी) ले आफू नेपाली साकोस अभियानसँग सन्निकट रहेको बताउनुभएको छ । नेफ्स्कूनको अग्रसरतामा हिजोबाट सुरु इ–लर्निङ श्रृङ्खला (क्यूमेल्स) को पहिलो एपिसोडमा सहजीकरणको दौरान उहाँले नेपालको साकोस अभियानप्रतिको आफ्नो माया र सद्भाव अभिव्यक्त गर्नुभएको हो । उहाँले भन्नुभयो, ‘आई ग्रयु अप विथ यू ।’ उहाँले नेपालको साकोस अभियानसँग आफू अन्यन्त निकट भएको बताउनुभयो । आफूलाई पाहुना नठान्न नेपाली साकोस अभियानलाई आग्रह गर्दै अकूकी प्रमुख कार्यकारी अधिकृत (सिईओ) लेनीले रमाइलो शैलीमा भन्नुभयो, ‘डु नट टेक मी अ्याज अ गेष्ट, आइ एम जष्ट वन अफ यू ।’ उहाँले आफू सधै नेपाली साकोस अभियानसँगै रहेको उल्लेख गर्नुभयो । नेपाली साकोस अभियानप्रतिको उहाँको माया र सद्भाव हिजोको भर्चुअल भावभङ्गीमा स्पष्ट झल्कन्थ्यो ।

पहिलो पटक सन् १९९५ मा आफू नेपाल आएको प्रसङग हिजो पनि उहाँले दोहोर्याउनुभयो । २८ वर्षअघि नेपाल आउनुभएकी उहाँ त्यसयता बारम्बार नेपाल आउनुभएको छ । आफूले विश्वका थुप्रै देश पटक पटक भ्रमण गरेपनि सबैभन्दा बढी यही आएको र यहाँकै माया बढी लाग्ने, यहाँको प्राकृतिक सौन्दर्य, आतिथ्यतासँगै नेपालको साकोस अभियानको विकासक्रमबाट आफू प्रभावित भएको उहाँले बताउनुभयो । नेपालको साकोस अभियानको विकास र प्रगतिमा अकू र व्यक्तिगत तवरमा पनि उहाँ सधै सहयोगी बन्दै आउनुभएका प्रशस्त उदाहरण हामी पाउँछौं । त्यही भएर नेफ्स्कून नेतृत्वको नेपालको साकोस अभियानबाट उहाँले अपेक्षा पनि धेरै गर्नुभएको छ । साँच्चै भन्ने हो भने अकूकी प्रमुख कार्यकारी अधिकृत लेनी नेपाली सहकारी अभियानको अभिन्न अंग बनिसक्नुभएको छ ।

पछिल्लो पटक गत सेप्टेम्बरमा काठमाडौंमा आयोजित अकू फोरम २०२३ मा भौतिक उपस्थितिका बेला पनि उहाँले त्यही कुरा बताउनुभएको थियो । त्यसअघि चौथो साकोस शिखर गोष्ठी २०७९ का क्रममा पनि उहाँको नेपालप्रतिको अभिव्यक्ति त्यही थियो । 

सन् २०१४ मा अकूकी प्रमुख कार्यकारी अधिकृत नियुक्त हुनुभएकी लेनी सन् १९९५ देखि त्यहाँ कार्यरत हुनुहुन्छ । उहाँ अकूकी प्रथम महिला प्रमुख कार्यकारी अधिकृत समेत हुनुहुन्छ । हालै अन्तर्राष्ट्रिय राईफाइसन यूनियन (आइआरयू) को सञ्चालक सदस्य निर्वाचित लेनीले आइआरयूले सञ्चालन गर्ने ‘राइफाइसन एम्बेसडर’ तालिम समेत सफलतापूर्वक पूरा गर्नुभएको छ । उहाँ व्यवस्थापकीय सीपसँगै कुशल प्रशिक्षक र उत्प्रेरकका रुपमा समेत क्रेडिट युनियन समुदायमा चिरपरिचित हुनुहुन्छ । 

हिजोको भर्चुअल कार्यक्रममा उहाँले थाइल्याण्डको राजधानी बैंककमा सम्पन्न अकू फोरम २०२२ ले जारी गरेको १० बुँदे घोषणापत्रलाई थप बल पुग्ने गरी अकू फोरम काठमाडौंले जारी गरेको १० बुँदे घोषाणापत्र बारे नेपाली साकोस अभियानलाई विस्तृत जानकारी गराउनुभएको थियो । 


 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

९ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१० दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

१० दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

११ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

१२ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

१२ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१८ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

२० दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३७ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२७ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२९ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१० दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

५९ दिन अगाडि

पाठकबाट थप