म तपाईहरुसँगै हुर्केबढेकी हुँः अकू सिईओ लेनी
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
म तपाईहरुसँगै हुर्केबढेकी हुँः अकू सिईओ लेनी

एशियाली ऋण महासंघ (अकू) की प्रमुख कार्यकारी अधिकृत एलिनिता भी स्यान रोके (लेनी) ले आफू नेपाली साकोस अभियानसँग सन्निकट रहेको बताउनुभएको छ । नेफ्स्कूनको अग्रसरतामा हिजोबाट सुरु इ–लर्निङ श्रृङ्खला (क्यूमेल्स) को पहिलो एपिसोडमा सहजीकरणको दौरान उहाँले नेपालको साकोस अभियानप्रतिको आफ्नो माया र सद्भाव अभिव्यक्त गर्नुभएको हो । उहाँले भन्नुभयो, ‘आई ग्रयु अप विथ यू ।’ उहाँले नेपालको साकोस अभियानसँग आफू अन्यन्त निकट भएको बताउनुभयो । आफूलाई पाहुना नठान्न नेपाली साकोस अभियानलाई आग्रह गर्दै अकूकी प्रमुख कार्यकारी अधिकृत (सिईओ) लेनीले रमाइलो शैलीमा भन्नुभयो, ‘डु नट टेक मी अ्याज अ गेष्ट, आइ एम जष्ट वन अफ यू ।’ उहाँले आफू सधै नेपाली साकोस अभियानसँगै रहेको उल्लेख गर्नुभयो । नेपाली साकोस अभियानप्रतिको उहाँको माया र सद्भाव हिजोको भर्चुअल भावभङ्गीमा स्पष्ट झल्कन्थ्यो ।

पहिलो पटक सन् १९९५ मा आफू नेपाल आएको प्रसङग हिजो पनि उहाँले दोहोर्याउनुभयो । २८ वर्षअघि नेपाल आउनुभएकी उहाँ त्यसयता बारम्बार नेपाल आउनुभएको छ । आफूले विश्वका थुप्रै देश पटक पटक भ्रमण गरेपनि सबैभन्दा बढी यही आएको र यहाँकै माया बढी लाग्ने, यहाँको प्राकृतिक सौन्दर्य, आतिथ्यतासँगै नेपालको साकोस अभियानको विकासक्रमबाट आफू प्रभावित भएको उहाँले बताउनुभयो । नेपालको साकोस अभियानको विकास र प्रगतिमा अकू र व्यक्तिगत तवरमा पनि उहाँ सधै सहयोगी बन्दै आउनुभएका प्रशस्त उदाहरण हामी पाउँछौं । त्यही भएर नेफ्स्कून नेतृत्वको नेपालको साकोस अभियानबाट उहाँले अपेक्षा पनि धेरै गर्नुभएको छ । साँच्चै भन्ने हो भने अकूकी प्रमुख कार्यकारी अधिकृत लेनी नेपाली सहकारी अभियानको अभिन्न अंग बनिसक्नुभएको छ ।

पछिल्लो पटक गत सेप्टेम्बरमा काठमाडौंमा आयोजित अकू फोरम २०२३ मा भौतिक उपस्थितिका बेला पनि उहाँले त्यही कुरा बताउनुभएको थियो । त्यसअघि चौथो साकोस शिखर गोष्ठी २०७९ का क्रममा पनि उहाँको नेपालप्रतिको अभिव्यक्ति त्यही थियो । 

सन् २०१४ मा अकूकी प्रमुख कार्यकारी अधिकृत नियुक्त हुनुभएकी लेनी सन् १९९५ देखि त्यहाँ कार्यरत हुनुहुन्छ । उहाँ अकूकी प्रथम महिला प्रमुख कार्यकारी अधिकृत समेत हुनुहुन्छ । हालै अन्तर्राष्ट्रिय राईफाइसन यूनियन (आइआरयू) को सञ्चालक सदस्य निर्वाचित लेनीले आइआरयूले सञ्चालन गर्ने ‘राइफाइसन एम्बेसडर’ तालिम समेत सफलतापूर्वक पूरा गर्नुभएको छ । उहाँ व्यवस्थापकीय सीपसँगै कुशल प्रशिक्षक र उत्प्रेरकका रुपमा समेत क्रेडिट युनियन समुदायमा चिरपरिचित हुनुहुन्छ । 

हिजोको भर्चुअल कार्यक्रममा उहाँले थाइल्याण्डको राजधानी बैंककमा सम्पन्न अकू फोरम २०२२ ले जारी गरेको १० बुँदे घोषणापत्रलाई थप बल पुग्ने गरी अकू फोरम काठमाडौंले जारी गरेको १० बुँदे घोषाणापत्र बारे नेपाली साकोस अभियानलाई विस्तृत जानकारी गराउनुभएको थियो । 

भर्खरै
सहकारी व्यवस्थापक कोर्षका विद्यार्थीलाई डिजिटल सुरक्षा सम्बन्धी अभिमुखीकरण
सहकारी व्यवस्थापक कोर्षका विद्यार्थीलाई डिजिटल सुरक्षा सम्बन्धी अभिमुखीकरण

१० घण्टा अगाडि

तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न
तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न

१ दिन अगाडि

श्री जनकल्याण साकोसमा दुईदिने बचत खेल तालिम सम्पन्न
श्री जनकल्याण साकोसमा दुईदिने बचत खेल तालिम सम्पन्न

१ दिन अगाडि

‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

२ दिन अगाडि

नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता
नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता

२ दिन अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

३ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

४ दिन अगाडि

लोकप्रिय
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

२ दिन अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

३ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

४ दिन अगाडि

तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न
तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न

१ दिन अगाडि

सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न
सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न

६ दिन अगाडि

उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

२४ दिन अगाडि

सप्तकोशी साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध
सप्तकोशी साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध

१३ दिन अगाडि

पाठकबाट थप