साकोसहरुलाई अविचलित रही इमानदार काम गर्न नेफ्स्कूनका महासचिवको आग्रह
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
साकोसहरुलाई अविचलित रही इमानदार काम गर्न नेफ्स्कूनका महासचिवको आग्रह

नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि, नेफ्स्कूनले कात्तिक १७ र १८ गते काठमाण्डौमा गो एम एल र कोपोमिस तालिम संचलन गरेको छ । सदस्य संस्थाहरुको माग तथा चाहानाअनुरुप क्षमता विकासका लागि सहकारी विभागद्धारा प्रवर्द्धित एकीकृत सूचना प्रणाली, कोपासिम र सम्पत्ति शुद्धिकरण निवारणका लागि पेश गर्नुपर्ने प्रतिवेदनका लागि नेपाल राष्ट्र बैंकद्धारा प्रवर्द्धित गोएमएल तालिम संचालन गरेको हो ।

तालिमको पहिलो दिन सम्पत्ति शुद्धिकरणको अवधारण सहित गोएमएल बाट सिमा र शंकास्पद कारोवारको प्रतिवेदन पेश गर्नको लागी प्रयोगात्मक रुपमा सहभागीहरुलाई प्रशिक्षित गरिएको थियो । दोस्रो दिन कोपोमिसमा विवरण प्रविष्टिसहित सम्पूर्ण संचालन विधिसहित सहभागीहरुलाई प्रयोगात्मक प्रशिक्षण दिइएको थियो । तालिमको सहजीकरण नेपाल राष्ट बैंक, सहकारी विभाग र नेफ्स्कूनका प्रशिक्षकहरुद्वारा गरिएको थियो । 

तालिम समापन नेफ्स्कूनका महासचिव दामोदर अधिकारीको आतिथ्यतासहित कोषाध्यक्ष दिपक पनेरु र संघका निमित्त प्रमुख कार्यकारी अधिकृत सञ्जयराज तिमिल्सीनाको उपस्थितिमा गरिएको थियो । कार्यक्रममा महासचिव अधिकारीले केही सहकारीको बद्मासीले गर्दा सबै सहकारीमा असर परेको बताउनुभयो । ‘केही सहकारीको बद्मासीको छिटा राम्रो गर्ने सहकारीमा पनि परेको छ,’ महासचिव अधिकारीले भन्नुभयो,‘ तर साकोसहरुले अविचलित रही इमानदार काम गर्नुपर्छ ।’

सहकारी स्वनियमनकारी संस्था भएको बताउँदै उहाँले सदस्यहरुको गर्भावस्थादेखि मृत्युसम्मको साथी सहकारी भएको उल्लेख गर्नुभयो । उहाँले राज्यको कानूनप्रति अनभिज्ञता व्यक्त गर्न नहुने भन्दै गोएमएल र कोपोमिसको प्रयोग पनि सम्पूर्ण सहकारीहरुले अनिवाय जान्नुपर्ने बताउनुभयो । महासचिव अधिकारीले तालिमप्राप्त सहभागीहरुको साँचो तालिम भोलिबाट कर्मक्षेत्रमा सुरु हुने भन्दै सिकाइलाई व्यावहारिक परिणति दिन विशेष आग्रह गर्नुभयो । 

कार्यक्रममा नेफ्स्कूनका निमित्त प्रमुख कार्यकारी अधिकृत सञ्जयराज तिमिल्सीनाले हाल साकोसहरुमा आवश्यकता खड्किएको विषयमा संघले तालिम आयोजना गरेको जानकारी गराउनुभयो । उहाँले तालिमको सिकाइ संस्थामा प्रयोगमा ल्याउन आग्रह गर्नुभयो । समापन कार्यक्रम नेफ्स्कूनका तालिम अधिकृत श्यामराज तिमल्सिनाले सञ्चालन गर्नुभएको थियो । ३८ जनाको सहभागिता रहेको तालिममा नेफ्स्कूनका सूचना प्रविधि अधिकृतहरु राजन सुवेदी, प्रवीण अधिकारी र कार्यक्रम अधिकृत शौभाग्य भट्टराईको सहजीरण सहयोग रहेको थियो । कार्यक्रम व्यवस्थापन सहयोग संघकी कनिष्ठ सहायक जया घिमिरेले गर्नुभएको थियो । 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

८ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

९ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

९ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

१० दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

११ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

११ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१७ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१९ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३६ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२५ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

९ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२८ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२६ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२८ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

४१ दिन अगाडि

पाठकबाट थप