साकोसहरुलाई अविचलित रही इमानदार काम गर्न नेफ्स्कूनका महासचिवको आग्रह
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
साकोसहरुलाई अविचलित रही इमानदार काम गर्न नेफ्स्कूनका महासचिवको आग्रह

नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि, नेफ्स्कूनले कात्तिक १७ र १८ गते काठमाण्डौमा गो एम एल र कोपोमिस तालिम संचलन गरेको छ । सदस्य संस्थाहरुको माग तथा चाहानाअनुरुप क्षमता विकासका लागि सहकारी विभागद्धारा प्रवर्द्धित एकीकृत सूचना प्रणाली, कोपासिम र सम्पत्ति शुद्धिकरण निवारणका लागि पेश गर्नुपर्ने प्रतिवेदनका लागि नेपाल राष्ट्र बैंकद्धारा प्रवर्द्धित गोएमएल तालिम संचालन गरेको हो ।

तालिमको पहिलो दिन सम्पत्ति शुद्धिकरणको अवधारण सहित गोएमएल बाट सिमा र शंकास्पद कारोवारको प्रतिवेदन पेश गर्नको लागी प्रयोगात्मक रुपमा सहभागीहरुलाई प्रशिक्षित गरिएको थियो । दोस्रो दिन कोपोमिसमा विवरण प्रविष्टिसहित सम्पूर्ण संचालन विधिसहित सहभागीहरुलाई प्रयोगात्मक प्रशिक्षण दिइएको थियो । तालिमको सहजीकरण नेपाल राष्ट बैंक, सहकारी विभाग र नेफ्स्कूनका प्रशिक्षकहरुद्वारा गरिएको थियो । 

तालिम समापन नेफ्स्कूनका महासचिव दामोदर अधिकारीको आतिथ्यतासहित कोषाध्यक्ष दिपक पनेरु र संघका निमित्त प्रमुख कार्यकारी अधिकृत सञ्जयराज तिमिल्सीनाको उपस्थितिमा गरिएको थियो । कार्यक्रममा महासचिव अधिकारीले केही सहकारीको बद्मासीले गर्दा सबै सहकारीमा असर परेको बताउनुभयो । ‘केही सहकारीको बद्मासीको छिटा राम्रो गर्ने सहकारीमा पनि परेको छ,’ महासचिव अधिकारीले भन्नुभयो,‘ तर साकोसहरुले अविचलित रही इमानदार काम गर्नुपर्छ ।’

सहकारी स्वनियमनकारी संस्था भएको बताउँदै उहाँले सदस्यहरुको गर्भावस्थादेखि मृत्युसम्मको साथी सहकारी भएको उल्लेख गर्नुभयो । उहाँले राज्यको कानूनप्रति अनभिज्ञता व्यक्त गर्न नहुने भन्दै गोएमएल र कोपोमिसको प्रयोग पनि सम्पूर्ण सहकारीहरुले अनिवाय जान्नुपर्ने बताउनुभयो । महासचिव अधिकारीले तालिमप्राप्त सहभागीहरुको साँचो तालिम भोलिबाट कर्मक्षेत्रमा सुरु हुने भन्दै सिकाइलाई व्यावहारिक परिणति दिन विशेष आग्रह गर्नुभयो । 

कार्यक्रममा नेफ्स्कूनका निमित्त प्रमुख कार्यकारी अधिकृत सञ्जयराज तिमिल्सीनाले हाल साकोसहरुमा आवश्यकता खड्किएको विषयमा संघले तालिम आयोजना गरेको जानकारी गराउनुभयो । उहाँले तालिमको सिकाइ संस्थामा प्रयोगमा ल्याउन आग्रह गर्नुभयो । समापन कार्यक्रम नेफ्स्कूनका तालिम अधिकृत श्यामराज तिमल्सिनाले सञ्चालन गर्नुभएको थियो । ३८ जनाको सहभागिता रहेको तालिममा नेफ्स्कूनका सूचना प्रविधि अधिकृतहरु राजन सुवेदी, प्रवीण अधिकारी र कार्यक्रम अधिकृत शौभाग्य भट्टराईको सहजीरण सहयोग रहेको थियो । कार्यक्रम व्यवस्थापन सहयोग संघकी कनिष्ठ सहायक जया घिमिरेले गर्नुभएको थियो । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

६ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप