कस्तो छ भूकम्प प्रभावित क्षेत्रका सहकारीहरुको अवस्था ?
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
कस्तो छ भूकम्प प्रभावित क्षेत्रका सहकारीहरुको अवस्था ?

कार्तिक १७ गते शुक्रबार मध्यरातीको भूकम्पबाट सहकारी क्षेत्र पनि प्रभावित भएको छ । जाजरकोट र रुकुम पश्चिम जिल्लास्थित सहकारीहरुमा भएको मानवीय र भौतिक क्षतिको प्रारम्भिक विवरण प्राप्त भएको छ । कर्णाली प्रदेशको जाजरकोट जिल्ला बारेकोट गाउँपालिका–१ रामिडाँडा केन्द्रविन्दू भएर कार्तिक १७ गते शुक्रबार राती ११ः४७ बजे ६.४ म्याग्निच्यूडको भूकम्प गएको थियो । उक्त भूकम्पका कारण जाजरकोट जिल्ला र रुकुम पश्चिम जिल्ला बढी प्रभावित भएका छन् । भूकम्पले ठूलो मानवीय र भौतिक क्षति पुर्याएको छ । 

कर्णाली प्रदेशको जाजरकोट जिल्ला सदरमुकाम खलंगास्थित भेरी नगरपालिका–४ रामजानकी टोलमा रहेको इन्द्रेणी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अच्युत प्रसाद शर्माले साकोस आवाजलाई दिएको जानकारी अनुसार भूकम्पमा परी उक्त साकोसकी सदस्य ६३ वर्षीया इन्दिर शाहको मुत्यु भएको छ । छोरीको घरमा सुत्नुभएकी उहाँको घर भत्किएर लागेको गम्भीर चोटका कारण घटनास्थलमै मृत्यु भएको हो । 
उक्त साकोसमा हाल १ सय ४५ जना सदस्य छन् । अहिलेसम्मको जानकारी अनुसार अन्यको अवस्था ठीकै रहेको छ । शर्माले साकोसको कार्यालय पनि चर्किएको बताउनुभयो । इन्द्रेणी साकोस नेफ्स्कूनको सदस्य संस्था हो । जिल्लास्तरीय सहकारी सञ्जालको रुपमा त्यहाँ जिल्ला सहकारी संघ र कृषि सहकारी संघ छन् । यद्यपि, कृषि सहकारी संघ निष्क्रिय छ । जिल्लामा बचत संघ गठन भएको छैन ।   

जिल्ला सहकारी संघ जाजरकोटका सचिव राजु केसीका अनुसार जिल्लामा भौतिक क्षति बढी भएका कारण सहकारीका भवन र कार्यालयहरुमा क्षति पुगेको छ । भूकम्पबाट जाजरकोट सदरमुकाम खलंगाको भेरी नगरपालिका वडा नं १, ३ र ४ मा बढी प्रभावित भएका छन् । त्यस्तै नलगाड नगरपालिका पनि बढी प्रभावित भएको छ । केसीले नलगाढमा ६० भन्दा बढी सहकारी भएको जानकारी गराउनुभयो । अरु विवरणहरु आउन बाँकी भएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार जिल्लामा दर्ता भएका सहकारीको संख्या ३ सय बढी रहेपनि १ सय ५० जति मात्र सक्रिय छन् । हाल जिल्लामा सबैभन्दा बढी बचत तथा ऋण सहकारी छन् भने पछिल्लो समय कृषि सहकारीहरु पनि स्थापना भएका छन् । सहकारी दर्ताको अधिकार स्थानीय तहमा हस्तान्तरण भएसँगै कृषि सहकारीहरु बढी स्थापना भएको केसीको भनाइ छ । जिल्लाका सहकारीहरुको वस्तुगत अवस्थाबारे पालिकाहरुसँगको समेत सहयोगमा तथ्याङ्क संकलनको काम पनि भैरहेको उहाँले बताउनुभयो ।

उहाँले राती सुतिरहेको अवस्थामा आफूले भूकम्पको ठूलो धक्का अनुभव गरेसँगै तत्काल उठेर परिवारका बाँकी सदस्यलाई घर बाहिर लगेको बताउनुभयो । पक्की घर भएकाले कुनै क्षति नभएको तर आफ्नो पुरानो घर चर्किएको जानकारी गराउनुभयो । जिल्लाका अरु सहकारीकर्मी, सदस्य र कर्मचारीहरुको अवस्था के कस्तो छ बुझ्ने काम भैरहेको बताउँदै उद्दारसँगै राहतका काममा पनि जुट्ने जानकारी उहाँले साकोस आवाजलाई गराउनुभयो । 

यसैबीच, रुकूम पश्चिमस्थित जिल्ला सहकारी संघका पूर्व अध्यक्ष नरबहादुर खड्काले हालसम्म प्राप्त विवरण अनुसार सहकारीहरुमा भौतिक क्षतिको मात्र जानकारी प्राप्त भएको बताउनुभयो । उहाँका अनुसार जिल्लाको आठविसकोट नगरपालिकाको ११, १२, १३ र १४ बढी प्रभावित भएका छन् भने सानीभेरी गाउँपालिकाको ४ नम्बर वडा र चौरजहारी नगरपालिका पनि भूकम्प प्रभावित भएको छ । प्रभावित क्षेत्रका घरहरु अधिकांश चर्केभत्केको बताउनुभयो । जिल्लाको सहकारीको समग्र अवस्थाबारे थप जानकारी आउन बाँकी रहेको खड्काले बताउनुभयो ।

जिल्लामा २ सय ४१ सहकारी दर्ता भएको सरकारी तथ्याङ्क छ जसमध्ये ९० बढी मात्र सक्रिय रहेको खड्काले जानकारी गराउनुभयो । जिल्लामा सबैभन्दा बढी श्रम सहकारी रहेको भन्दै उहाँले त्यसपछि कृषि र बचत तथा ऋण सहकारी रहेको बताउनुभयो । जिल्लामा करिब २६ वटा बचत तथा ऋण सहकारी छन् ।

रुकुम पश्चिम खलंगाको मुसिकोट नगरपालिका वडा नं १ स्थित डिग्रेशाइकुमारी बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक यज्ञ विष्टका अनुसार उक्त साकोसका चारमध्ये एउटा सेवा केन्द्रमा सामान्य क्षति पुगेको छ । उहाँले हिजो नै भूकम्पबाट बढी प्रभावित क्षेत्रमा रहेको सुर्योदय बचत तथा ऋण सहकारीको अवस्थाबारे जानकारी लिइएको भन्दै उक्त संस्थाको अवस्था ठीकै भएको जानकारी प्राप्त भएको बताउनुभयो । उहाँले आजबाट राहतको काममा जुट्ने जानकारी गराउनुभयो ।

त्यस्तै, चौरजहारी नगरपालिका-१ स्थित राधाकृष्ण साकोसका अध्यक्ष सुरेन्द्र नेपालीको घर बस्नै नमिल्ने गरी भत्किएको छ भने साकोसको कार्यालय रहेको भवन पनि चर्किएको संस्थाकी व्यवस्थापक डण्डी कार्कीले साकोस आवाजलाई जानकारी गराउनुभयो । वडा नं ३ स्थित व्यवस्थापक कार्की स्वयंको घर पनि चर्किएको छ । उहाँले नगरपालिकाको भूकम्प प्रभावित क्षेत्रका अधिकांश घरहरुमा क्षति पुगेकोले सञ्चालक, कर्मचारी तथा सदस्यहरुको घरमा केही न केही क्षति पुगेको बताउनुभयो । संस्थाका कर्मचारीहरुमार्फत सदस्यहरुको अवस्था बुझ्ने काम सुरु भैसकेको व्यवस्थापक कार्कीले बताउनुभयो ।

दुबै जिल्लाका भूकम्प प्रभावित क्षेत्रमा उद्दार र राहतकार्य जारी रहेकोले थप विवरणहरु आउने क्रम जारी छ । सञ्चार सम्पर्कमा पनि केही कठिनाइ भएको छ ।

यसैबीच, देशभरका बचत तथा ऋण सहकारीहरुको शीर्षस्थ संघ नेफ्स्कूनले हिजो नै एक विज्ञप्ति जारी प्राकृतिक प्रकोपको यो विपदको समयमा सबै सहकारीकर्मीहरुलाई उद्दार, राहत र पुनःस्थापनामा जुट्न आग्रह गरेको छ । नेफ्स्कूनले भूकम्पबाट ठूलो मानविय र भौतिक क्षति पुगेको खबरबाट सिङ्गो मुलुकसँगै समग्र सहकारी अभियान अन्यन्त मर्माहित भएको भन्दै यो समयमा सिङ्गो मुलुकसँगै सम्पूर्ण सहकारी अभियान एकजुट भएर घाइतेहरुको शीघ्र एवम् प्रभावकारी उद्वार, पीडितहरुका लागि आपतकालिन राहत तथा पुनः स्थापनामा जुट्नुपर्ने अत्यावश्यकता रहेको जनाएको छ । ‘एकका लागि सबै र सबैका लागि एक’ भन्ने सहकारितको मर्म अनुरुप दुःखको यस अवस्थामा प्रभावित जिल्लासँगै देशै भरका सहकारीकर्मीहरुलाई उच्च प्राथमिकताका साथ एकताबद्ध रुपमा सम्भाव्य सहयोगमा जुट्न नेफ्स्कूनले  हार्दिक आग्रह गरेको थियो 

यसैबीच, नेफ्स्कूनको सुर्खेत र दाङस्थित सदस्य सेवा कार्यालयका प्रमुखहरु चन्द्रदेव जोशी र बिष्णुदत्त जोशीले भूकम्प प्रभावित स्थानका सदस्य संस्थाहरुको समग्र अवस्थाबारे जिम्मेवार व्यक्तिहरुबाट बुझ्ने र विस्तृत विवरण लिने काम भैरहेको जानकारी गराउनुभयो । नेफ्स्कून सुर्खेत सदस्य सेवा कार्यालयका प्रमुख चन्ददेव्र जोशीका अनुसार जाजरकोटमा शुभलक्ष्मी, इन्द्रेणी तथा तथा हिमचुली साकोस गरी नेफ्स्कूनका ३ सदस्य संस्था छन् भने रुकुम पश्चिमममा नेफ्स्कूनका १४ वटा सदस्य संस्था रहेको दाङ सदस्य सेवा कार्यालय प्रमुख विष्णुदत्त जोशीले जानकारी गराउनुभयो ।

भर्खरै
गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता
गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता

१ दिन अगाडि

उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

१ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम कार्यान्वयनका लागि नेफ्स्कून र संगम आयआर्जन साकोसबीच सम्झौता 
नेफ्स्कूनको स्क्यान कार्यक्रम कार्यान्वयनका लागि नेफ्स्कून र संगम आयआर्जन साकोसबीच सम्झौता 

१ दिन अगाडि

कालीमाटी स्थित तरकारी फलफूल साकोस र नेफ्स्कूनबीच स्क्यान तथा एक्सेस कार्यक्रम सञ्चालनका लागि सम्झौता 
कालीमाटी स्थित तरकारी फलफूल साकोस र नेफ्स्कूनबीच स्क्यान तथा एक्सेस कार्यक्रम सञ्चालनका लागि सम्झौता...

२ दिन अगाडि

नेफ्स्कूनका १५ जना अधिकृतहरूलाई उद्यम–उद्यमी म्याट्रिक्स तथा नक्साङ्कन सम्बन्धी अनुशिक्षण
नेफ्स्कूनका १५ जना अधिकृतहरूलाई उद्यम–उद्यमी म्याट्रिक्स तथा नक्साङ्कन सम्बन्धी अनुशिक्षण

५ दिन अगाडि

सहकारी सुदृढीकरणमा जोड दिँदै सुर्खेतमा सहकारी शिक्षा तथा सदस्यसँग छलफल कार्यक्रम सञ्चालन
सहकारी सुदृढीकरणमा जोड दिँदै सुर्खेतमा सहकारी शिक्षा तथा सदस्यसँग छलफल कार्यक्रम सञ्चालन

५ दिन अगाडि

व्यवसाय विकास सेवा कार्यक्रम सञ्चालन कार्यविधि निर्माणमा सहजीकरण 
व्यवसाय विकास सेवा कार्यक्रम सञ्चालन कार्यविधि निर्माणमा सहजीकरण 

५ दिन अगाडि

विश्व ऋण परिषदद्वारा एशिया र अफ्रिकाका साकोसहरूलाई विशेष सहजीकरण
विश्व ऋण परिषदद्वारा एशिया र अफ्रिकाका साकोसहरूलाई विशेष सहजीकरण

६ दिन अगाडि

लोकप्रिय
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

१ दिन अगाडि

गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता
गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता

१ दिन अगाडि

Notice
Notice

१० दिन अगाडि

स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 
स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 

२५ दिन अगाडि

स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड
स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड

२३ दिन अगाडि

हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३३ दिन अगाडि

नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न

३३ दिन अगाडि

विकू साकोसमा एक्सेस स्थलगत सुपरिवेक्षण सम्पन्न 
विकू साकोसमा एक्सेस स्थलगत सुपरिवेक्षण सम्पन्न 

२७ दिन अगाडि

पाठकबाट थप