सहकारीको ध्यान सदस्य सन्तुष्टिमा जानुपर्छ
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारीको ध्यान सदस्य सन्तुष्टिमा जानुपर्छ

रामेछाप । मन्थली नगरपालिका ८, स्थित चिसापानी गढी बचत तथा ऋण सहकारी संस्थाको चौँथो वार्षिक साधारणसभा संस्थाका अध्यक्ष कुमार श्रेष्ठको सभापतित्व तथा मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्तिक १५ गते सम्पन्न भएको छ ।

कार्यक्रममा नगर प्रमुख श्रेष्ठले सहकारीले सदस्यको सन्तुष्टिमा ध्यान दिनुपर्ने बताउनुभयो । सदस्यहरूले पनि सहकारीप्रति उत्तरदायी हुनुपर्ने उहाँले बताउनुभयो ।  उहाँले वित्तीय साक्षरता विस्तार गर्नुपर्ने बताउँदै सदस्यहरूलाई सहकारीबारे पूर्ण शिक्षा दिनु अहिलेको आवश्यकता भएको औंल्याउनुभयो ।

कार्यक्रममा वडाअध्यक्ष गोपाल श्रेष्ठले सहकारी जवाफदेही र सदस्य उत्तरदायी हुनुपर्ने बताउनुभयो । उहाँले सरकारले लिएको समृद्व नेपाल सुखी नेपालीको लक्ष्यलाई सार्थक तुल्याउन सहकारीले विशेष भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै रामेछाप जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष जगन्नाथ दाहालले चिसापानी गढी साकोसले स्थापनाकालको तीन वर्षमा नै जिल्लाबाट उत्कृष्ट साकोसमा सम्मानित भएकोमा बधाई दिनुभयो । उहाँले सदस्यको वित्तीय आवश्यकतालाई परिपूर्ति गर्न सक्ने र वित्तीय सुशासन सहितको गुणस्तरीय सेवा दिँदै समुदाय र सदस्यहरूबीच दीगो र सक्षम साकोस बन्न सकोस भन्ने कामना गर्नुभयो । साधारण सभाको अवसरमा जेष्ठ शेयर सदस्य, उत्कृष्ट बचतकर्ता, असल कर्जाकर्ता, असल बचतकर्तालाई सम्मान गरिएको थियो । त्यस्तै एसईईमा उत्कृष्ट नतिजा ल्याउन सफल भएका छात्र र छात्रालाई समेत सम्मान गरिएको थियो ।

२०७६ सालमा स्थापित चिसापानी गढी साकोसमा हाल ४ सय ३७ सेयर सदस्य छन् । कार्यक्रममा संस्थाका अध्यक्ष कुमार श्रेष्ठले २०७९/०८० को वार्षिक प्रगति प्रतिवेदन तथा २०८०/०८१ को वार्षिक कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । उहाँका अनुसार संस्थाले २०८०/०८१ मा ६१६ जना शेयर सदस्य पुर्याउने लक्ष्य लिएको छ । संस्थाको शेयर पूँजी गत आर्थिक वर्षमा ६२ लाख ३४ हजार ४ सय रहेकोमा चालु आर्थिक वर्षभित्र ६४ लाख १३ हजार ४०० पुर्याउने लक्ष्य लिएको संस्थाका अध्यक्ष श्रेष्ठले जानकारी गराउनुभयो । त्यसैगरी कार्यक्रममा संस्थाका कोषाध्यक्ष समिल कर्माचार्यले वार्षिक प्रतिवेदन र आगामी प्रस्तावित बजेट प्रस्तुत गर्नुभएको थियो । साकोसले २ करोड कारोबार गरेर १० लाख खुद बचत गरेको छ ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप