इमानदार र लगनशील भएर अभियानमा लाग्दा सम्मानित भइन्छ
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
इमानदार र लगनशील भएर अभियानमा लाग्दा सम्मानित भइन्छ

सहकारी विज्ञ कैलाशभक्त प्रधानाङ्गले नेपालको सबैभन्दा ठूलो बचत तथा ऋण सहकारी संस्थाबाट सम्मानित हुन पाउँदा खुसी लागेको बताउनुभएको छ । झापाको बिर्तामोडस्थित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले शनिबार नगद एक लाख एक हजार रुपैयाँसहित उहाँलाई ‘राष्ट्रिय व्यक्तित्व सम्मान पुरस्कार’ बाट सम्मानित गरेको हो । जीवनको पाँच दशक बढी सयदेखि अनवरत सहकारी अभियानमा बिताउनुभएका नेफ्स्कूनका पूर्व अध्यक्ष प्रधानाङ्गलाई सहारा नेपालको २७ औं वार्षिक साधारणसभाको अवसरमा पुरस्कृत गरिएको हो । उहाँलाई कार्यक्रमका प्रमुख अतिथि सभामुख देवराज घिमिरेले नगद, कदरपत्र र दोसल्लासहित सम्मानित गर्नुभएको थियो । 

सहकारी विज्ञ प्रधानाङ्गले सम्मान प्राप्त गरेपछि झापाबाट साकोस आवाजसँग भन्नुभयो, ‘पुँजी, सदस्य संख्या र सदस्यहरुलाई पुर्याएको प्रभावको आधारमा मुलुककै ठूलो सहकारीबाट सम्मानित हुन पाउँदा खुसी लाग्नु स्वाभाविक हो ।’ सहारा नेपाल साकोसको आफ्नै गरिमा भएको भन्दै उहाँले भन्नुभयो, ‘फेरि यो मेरो मात्र सम्मान होइन समग्र सहकारी अभियानकर्मीहरुको सम्मान हो ।’ उहाँले कोशी प्रदेशभर कार्यक्षेत्र रहेको सहारा नेपालमा नेफ्स्कूनको अध्यक्ष हुँदा आफू पुगेको स्मरण गर्दै उहाँले त्यसबेला दिएका सुझावहरु कार्यान्वयन भएको भन्दै साकोसको प्रशसां गर्नुभयो । १ लाख ५७ हजार बढी सदस्य रहेको सहारा साकोसले आर्थिक वर्ष २०७९र८० मा ३९ करोड ८६ लाख रुपैयाँ खुद बचत गरेको थियो । 

लगनशील र इमानदार भएर दायाँबायाँ नगरी अभियानमा लाग्दा सम्मान प्राप्त हुने भन्दै सहकारी विज्ञ प्रधानाङ्गले राजनीतिक गतिविधिमा नलागी सहकारीकर्ममा दत्तचित्त भएर लाग्न सबै अभियन्ताहरुलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘सहकारीमा लाग्दा यताउता लागेर फाइदा लिने काम गर्नुहुँदैन ।’ सहारा नेपाल साकोसले कदर पत्रमा ‘नेपाली सहकारी अभियानका धरोहर, शिखर पुरुष, शैक्षिक तथा सामाजिक क्षेत्रका अगुवा व्यक्तित्व भएको’ उल्लेख गर्दै ‘उहाँको योगदानको संस्था उच्च कदर गर्छ’ भनेको छ ।

उमेरले ८५ मा हिडिरहनुभएका प्रधानाङ्गले आफ्नो स्वास्थ्य ठीकै भएको प्रतिक्रिया दिनुभयो । एक दशकपछि पूर्व गएको भन्दै उहाँले सम्मानले अभियानमा काम गर्ने उर्जा थपेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘आजीवन सहकारी अभियानमा लाग्छु ।’ अर्धाङ्गिनी रञ्जना प्रधानाङ्गसँगै कार्यक्रममा सहभागी हुनुभएका उहाँहरु आज बेलुकी काठमाडौं फर्कदै हुनुहुन्छ ।

सम्मान वापत प्राप्त रकम के गर्नुहुन्छ भन्ने प्रश्नमा उहाँले भन्नुभयो, ‘यो रकम पूर्ण सदुपयोग गर्छु, बिर्गिन दिन्नँ ।’
 
भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

२४ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप