जिल्ला बचत संघ मोरङको ३०औं वार्षिक साधारणसभा सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
जिल्ला बचत संघ मोरङको ३०औं वार्षिक साधारणसभा सम्पन्न 

जिल्ला बचत तथा ऋण सहकारी संघ लि. मोरङको ३०औं वार्षिक साधारणसभा कार्तिक १७ गते अध्यक्ष प्रेमप्रकाश कोईरालाको अध्यक्षता तथा राष्ट्रिय सहकारी महासंघकी बरिष्ठ उपाध्यक्ष एवम् संविधान सभा सदस्य ओमदेवी मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । कार्यक्रमकी प्रमुख अतिथि मल्लले सहकारी संस्थामा आवद्ध भईसकेपछि सदस्यको जीवनमा आएको सकारात्मक परिवर्तनले अर्थ राख्ने बताउनुभयो । उहाँले सरकारले सहकारी क्षेत्रलाई उपेक्षा गरेका कारण पनि सहकारी क्षेत्रमा समस्या देखिएको बताउनुभयो । संविधान र कानुनका कुरा कार्यान्वयन गर्न सरकारले आनाकानी गरिरहेको उहाँको भनाइ थियो । सभामा उहाँले सहकारी क्षेत्रमा रहेका असल अन्तर्राष्टिय अभ्यासबारे पनि चर्चा गर्नुभयो ।

सहकारी महासंघका उपाध्यक्ष रमेश पोखरेलले संघमा आवद्ध भएका सहकारीहरुमा संकटको समयमा समस्या नदेखिएको बताउनुभयो । सदस्यको अपनत्व भएन भने संस्थामा समस्या आउने उहाँले बताउनुभयो । लेखा सुपरिवेक्षण समितिले भूमिका निर्वाह गर्न नसक्दा पनि सहकारीमा समस्या आएको उहाँको भनाइ थियो । 

साधारण सभाकी अतिथि नेफ्स्कूनकी सञ्चालक गोमा नेपालले संघहरुको आवश्यकता रहेकोमा जोड दिदैं सरकार, अन्तराष्ट्रिय क्षेत्र तथा अन्य विभिन्न निकायबाट संघमा पहिला सूचना, जानकारी र नवीनतमा खोज अनुसन्धानका निष्कर्षहरु प्राप्त हुने जानकारी गराउँदै संघहरुमार्फत नै प्रारम्भिक संस्थाहरुमा ती कुरा प्रसारण हुने बताउनुभयो । सबै संघहरुको काम प्रारम्भिक सहकारीहरुको गुणस्तर बृद्धि तथा क्षमता विकास गर्ने नै भएको दाबी नेफ्स्कूनकी सञ्चालक नेपालको थियो । अन्य जिल्लाको भन्दा मोरङ जिल्लाको सहकारी अभियान सुरक्षित रहेको बताउँदै उहाँले पुँजी कम भएपनि प्रभाव बढी रहेको धारणा राख्नुभयो । उहाँले भन्नुभयो, मोरङ जिल्लाको सहकारी अभियान सुरक्षित छ । 

नेफ्स्कूनका निवर्तमान कोषाध्यक्ष केशवप्रसाद पोखरेलले सहकारीको अस्तित्वमाथि प्रश्न चिन्ह खडा भएको र सामाजिक सञ्जालहरुमा नकारात्मक कुराहरु बढी आएको बताउनुभयो । केही सहकारी संस्थाहरु चुकेका र बिचमा उत्पन्न परिघटनाका साथै आर्थिक संकुचनको मारमा यो क्षेत्र परेको उहाँले बताउनुभयो । वित्तिय बजार कमजोर भएका कारण पछिल्लो समयमा सहकारी संस्थामा तरलता बढे पनि ऋणको माग कम भएको पोखरेलले बताउनुभयो । 

सभामा कोशी प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयका निमित्त रजिष्टार हरिबहादुर खत्री, केन्द्रीय तरकारी तथा फलफूल सहकारी सङ्घ लि.नेपालका पूर्व उपाध्यक्ष एवम् सहकारी सम्मानित व्यक्तित्व मुक्तिनाथ बराल, नेफ्स्कून पूर्व सञ्चालक एवम् जिल्ला बचत संघका सल्लाहकार ताराबहादुर काफ्ले, नेफ्स्कून पूर्व लेखा समिति सदस्य एवम संघका सल्लाहकार लक्ष्मी सापकोटा, जिल्ला सहकारी संघ मोरङका उपाध्यक्ष पार्वती बराल, सहसचिव युवराज भट्टराई, संघका सल्लाहकार विष्णु ओझा लगायत संचालक, लेखा सुपरीवेक्षण समिति, विभिन्न उपसमिति, सदस्य संस्थाका प्रतिनिधिहरु तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।

अध्यक्षको प्रतिवेदनसँगै सचिव जीवन बस्नेतले संघको प्रगति प्रतिवेदन तथा आगामी कार्ययोजना प्रस्तुत गर्नु भएको थियो । त्यसैगरी आर्थिक प्रतिवेदन तथा वार्षिक बजेट कोषाध्यक्ष ढकबहादुर थापाले प्रस्तुत गर्नु भएको थियो भने लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन लेखा सुपरिवेक्षण समिति सदस्य हेमबहादुर श्रेष्ठले प्रस्तुत गर्नु भएको थियो ।

सभामा विभिन्न विधामा संघका संस्थापकहरु सम्मानित हुनुभएको थियो । सम्मानितहरुमा खड्गनारायण ढुङ्गाना, डिल्लीराम सापकोटा र लक्ष्मीप्रसाद पोख्रेल, पूर्व सञ्चालकहरु टीका भट्टराई र बिरेन्द्र यादव, संस्था पुरस्कार अन्तर्गत भाग्योदय गाउँले साकोस-लेटाङ, गोविन्दपुर साकोस-रतुवामाई, कर्मचारी पुस्कारबाट हिमालय साकोस, केराबारीका व्यवस्थापक विनोद सुवेदी तथा सुगम साकोस, विराटनगरकी व्यवस्थापक सीता भट्टराई सम्मानित हुनुभएको थियो ।

प्रोवेसन ब्राण्ड प्राप्त लेटाङ साकोस मोरङ, एकीकृत सातमेडी साकोस र नारी उदय साकोस-रतुवामाइ, एकीकृत सुगम साकोस र कमलपुर साकोस-बिराटनगर, लालीगुराँस साकोस, आदि पनि रहेका थिए । कार्यक्रम संचालन संघका सचिव जीवन बस्नेतले गर्नु भएको थियो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप