कास्कूनको २०औं वार्षिक साधारण सभा सम्पन्न, ९ सय ५० सदस्य पुर्याउने लक्ष्य
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
कास्कूनको २०औं वार्षिक साधारण सभा सम्पन्न, ९ सय ५० सदस्य पुर्याउने लक्ष्य

काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ (कास्कून) को २०औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । संघका अध्यक्ष दिपक पनेरुको सभापतित्वमा एवं राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लको प्रमुख आतिथ्यमा सभा सम्पन्न भएको हो । सभामा नेफ्स्कूनका अध्यक्ष परितोष पौड्याल, महासंघका सञ्चालक एवम् नेफ्स्कूनका निवर्तमान अध्यक्ष डीबी बस्नेत, नेफ्स्कूनका महासचिव दामोदर अधिकारी,नेफ्स्कूनका सञ्चालक न्हुच्छे नारायण श्रेष्ठ, लेखा सुपरिवेक्षण समिति सदस्य शुसिल कुमार बस्न्यात लगायतको पनि उपस्थिति थियो ।

साधारण सभामा कास्कूनका अध्यक्ष पनेरुले संघले वित्तीय सेवाका अतिरिक्त सहकारी शिक्षा तथा वित्तीय साक्षरता कार्यक्रम, केन्द्रीय संघसंगको साझेदारीमा जोखिममा आधारित साकोस सुपरीवेक्षण ९कर्वस० कार्यक्रम, सदस्य संस्थाहरुको जोखि विश्लेषण कार्यशाला, रक्तदान कार्यक्रम, मागमा आधारित तालिम, सम्मान तथा पुरस्कार लगायतका विविध गतिविधि संचालन गदै आएको जानकारी गराउनुभयो ।

साधारण सभामा संघका महासचिव निरञ्जन सेढाईले संचालक समितिको तर्फबाट आर्थिक वर्ष २०७९र८० को वार्षिक प्रतिवदेन तथा चालु आ।व।को प्रस्तावित नीति तथा कार्यक्रम पेश गर्नुभएको थियो । यसैगरी कोषाध्यक्ष सीमा पुरीले चालु आ।व।को प्रस्तावित बजेट सहितको आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिका संयोजक अनिता थापा अधिकारीले लेखा परीक्षण प्रतिवेदन पेश गर्नुभएको थियो । 

साधारण सभामा प्रस्तुत प्रतिवेदन अनुसार गत आ.व मा संघले ३५  बचत तथा ऋण सहकारी संस्थालाई नयाँ सदस्यता प्रदान गरेर कुल सदस्य संख्या ८ सय ८६ पुर्याएको छ । साथै चालु आ.वमा सदस्यता विस्तार गरेर ९ सय ५० पुर्याउने लक्ष्य राखेको छ ।

गत आ।व।मा संघको शेयर पुँजी ४ दशमलव १२ प्रतिशतले वृद्धि भएर ८ करोड १६ लाख २५ हजार रुपैयाँ पुगेको छ । साथै निक्षेप संकलन ८८ करोड ९१ लाख रुपैयाँ र ऋण लगानी ५४ करोड ६७ लाख १५ हजार रुपैयाँ कायम भएको छ ।

संघको साधारण जगेडा कोषमा २ करोड ९१ लाख ४२ हजार रुपैयाँ र अन्य कोषमा १ करोड ८९ लाख २७ हजार रुपैयाँ जम्मा भएको छ । गत असार मसान्त सम्ममा संघमा ४५ करोड १० लाख ५० हजार रुपैयाँ ९बचत निक्षेपको अनुपातमा ५० दशमलव ७३ प्रतिशत र कूल सम्पत्तिको तुलनामा ४३ दशमलव २१ प्रतिशत० तरलता कायम रहेको छ ।

संघले गत आ.व.को कारोबारबाट आयकरको ब्यवस्था पश्चात ५१ लाख ६२ हजार रुपैयाँ खुद बचत गरेको छ भने शेयर सदस्यलाई २.५ प्रतिशत शेयर लाभांश दिने निर्णय गरेको छ । साथै संरक्षित पुजी फिर्ता कोषमा जम्मा भएको ९ लाख ६७ हजार रुपैयाँ शेयर सदस्य संस्थाहरुलाई बचतको ब्याज खर्चको आधारमा ४० प्रतिशत र ऋण सेवा उपभोगमा तिरेको ब्याजको आधारमा ६० प्रतिशतको दरले वितरण गरेको छ ।

पञ्चवर्षिय रणनीतिक योजना तर्जुमा गरेर लागू गरेको संघले चालु आ.व.मा कूल पुँजीमा सदस्य संस्थाहरुको बचत निक्षेप अनुपात ८२ प्रतिशत कायम गर्ने, कूल पुँजीमा शेयर पुँजीको अनुपात ९ प्रतिशत कायम गर्ने, साधारण जगेडा कोष ३ दशमलव २० प्रतिशतमा सीमित पार्ने संघको साधारण खर्च ३ प्रतिशतमा सीमित पार्ने लगायतका आर्थिक योजना तय गरेको छ ।

भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

२ घण्टा अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

१६ घण्टा अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन
सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

२ दिन अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

२ घण्टा अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

७ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

८ दिन अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

१६ घण्टा अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१५ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

पाठकबाट थप