सहकारीले सदस्यलाई मालिक बनाउनुपर्ने नेफ्स्कून अध्यक्ष पौड्यालको भनाइ
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारीले सदस्यलाई मालिक बनाउनुपर्ने नेफ्स्कून अध्यक्ष पौड्यालको भनाइ

काभ्रेपलाञ्चोक । नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले पछिल्लो समयमा सहकारी क्षेत्रमा देखिएको केही समस्यालाई मध्यनजर राख्दै शुद्धीकरणको विषयलाई महत्वका साथ उठान गरिएको बताउनुभएको छ । पहिलो सदस्यहरूको शुद्धिकरणका लागि प्रोबेसनमा आवद्ध संस्थाहरुले महत्व दिनुपर्ने उहाँले धारणा राख्नुभयो । अहिलेको सबैभन्दा ठूलो समस्या शहरका सदस्यहरू र संस्थागत सदस्यहरु व्यवस्थित हुन नसक्नु रहेको उहाँले बताउनुभयो । समाजमा सहकारीलाई हेर्ने दृष्टिकोणमा केही प्रश्न चिन्ह खडा भएको भन्दै उहाँले दृष्टिकोण विचलन‚ जीवन शैलीको विचलन जस्ता कुरा केही संस्था र अभियन्तामा देखिएकोले सोही विषय आम रुपमा निसानामा परेको बताउनु भयो ।

सहकारीमा देखिएका यस्ता विषयलाई समाधानको लागि सदस्य र संस्थाबीच सम्बन्ध सुधार साथै संस्था र समाजबीचको सम्बन्धलाई कसरी दिगो बनाउने भन्ने विषयमा अगाडि बढ्न जरुरी रहेको उहाँले बताउनुभयो । सहकारीले सदस्यहरूलाई मालिक बनाउने‚ नियन्त्रण प्रकृयामा सदस्यको हिस्सेदारी लगायतको विषयमा चनाखो हुन जरुरी रहेको अध्यक्ष पौड्यालले बताउनुभयो । सहकारी शुद्धिकरण अभियानमा समावेश नहुने संस्थालाई बिदा गर्नुपर्ने प्रमुख अतिथि पौडेलले बताउनु भयो । आर्थिक विकास मित्र बचत तथा ऋण सहकारी संस्थाको आयोजना तथा नेफ्स्कूनको प्राविधिक सहयोगमा सम्पन्न दिगो विकास र व्यावसायिकरणका लागि सञ्चालित पूर्ण तथा व्यावसायिक सोकोस विकास कार्यक्रम (प्रोबेसर्न) बाग्मती क्लस्टर दोस्रोको २३ औ कार्यकुशलता तथा सिकाइ व्यवस्थापन कार्यशालाका क्रममा कार्तिक १७ गते उहाँले उक्त धारणा राख्नुभएको हो ।  

कार्यक्रममा विशेष अतिथि पाँचखाल नगरपालिकी उपप्रमुख सूर्य माया दनुवारले सहकारीको क्षेत्रमा केही सहकारी संस्थाहरूले संस्थागत हितको लागि नभई व्यक्तिगत फाइदाको लागि कार्य गर्दा समस्या आएको बताउनु भयो । उहाँले कार्यशालाबाट प्राप्त सकारात्मक विषयलाई नगरपालिका माफर्त व्यवहारमा उतार्ने बताउनु भयो ।

आर्थिक विकास मित्र बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बाबुकाजी पराजुलीको सभापतित्वमा सञ्चालन भएको कार्यशालामा संस्थाका संस्थापक अध्यक्ष ईश्वरी राजकुमार मैनाली‚ निवर्तमान अध्यक्ष सरोज सापकोटा‚ प्रोस्कूनका महासचिव जिवसराज खड्का लगायत अतिथि रहनुभएको थियो । नेफ्स्कूनका अनुगमन अधिकृत पेशलकुमार खड्काले सहजीकरण गर्नुभएको कार्यशालामा आयोजक संस्थासहित क्लस्टरमा आवद्ध ११ संस्थाले त्रैमासिक प्रगति विवरण सहितको प्रस्तुतीकरण गरेका थिए । आगामी कार्यशाला भाषासेवी मास्टर जगत सुन्दर साकोस भक्तपुरले आयोजना गर्ने भएको छ । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

२३ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप