मकवानपुरमा ऋण व्यवस्थापन तथा सुरक्षित ऋण परिचालन तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
मकवानपुरमा ऋण व्यवस्थापन तथा सुरक्षित ऋण परिचालन तालिम सम्पन्न

नेफ्स्कून सदस्य सेवा कार्यालय, मकवानपुरको आयोजनामा आज ऋण व्यवस्थापन तथा सुरक्षित ऋण परिचालन तालिम सञ्चालन गरिएको छ । तालिममा ३१ साकोसका २४ महिला र ८ पुरुष गरी ३२ जनाको सहभागिता रहेको थियो । 

तालिम समापनमा बोल्दै मकवानपुर जिल्ला बचत संघकी अध्यक्ष कल्पना श्रेष्ठले संस्थाले नीति अनरुप ऋण लगानी गर्नुपर्ने भन्दै अनुत्पादक क्षेत्रमा लगानी गर्दा समस्या आउने बताउनुभयो । उहाँले सदस्यहरुका लागि ऋण सदुपयोगिता सिकाउन तालिम र कार्यक्रमहरु संचालन गर्नुपर्नेमा जोड दिनुभयो । नेफ्स्कून मकवानपुर सदस्य सेवा केन्द्र व्यवस्थापन उपसमिति सदस्य समेत रहनुभएकी श्रेष्ठले सिकाइलाई व्यबहारमा लागु गर्न तालिमका सहभागीहरुलाई आग्रह गर्नुभयो । 

त्यस्तै, उपसमिति सदस्य बिजय बहादुर बस्नेतले आर्थिक मन्दी तथा वित्तीय संकटको अवस्थामा क्षमतामा आधारित ऋण लगानी गर्नुपर्ने, ५ सी बिश्लेषण अनिवार्य गर्नुपर्ने र सदस्यलाई ऋण लगानी तथा असुली गर्दा सम्मानजनक व्यवहार गर्नुपर्ने बताउनुभयो । उपसमितिका अर्का सदस्य राजु गौतमले संस्थाको मुटु ऋण भएकोले त्यसलाई व्यबस्थित रुपमा लगानी गर्नु पर्ने भन्दै कसैको सिफारिसको आधारमा काम गर्न नहुने, सहकारी सुशासनमा चल्नुपर्ने र सहकारी शिक्षा कार्यक्रम व्यापक गरी सहकारीप्रतिको नकरात्मक भ्रम चिर्नुपर्ने धारणा राख्नुभयो । नेफ्स्कूनका तालिम अधिकृत रबिन्द्र श्रेष्ठले सहजीकरण गर्नुभएको तालिमको व्यवस्थापन नेफ्स्कून सदस्य सेवा कार्यालय मकवानपुरकी इन्चार्ज ज्योति महतले गर्नुभएको थियो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

८ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

८ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

६ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

पाठकबाट थप