भरतपुरस्थित नवदुर्गा साकोसको १५औं वार्षिक साधारण सभा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
भरतपुरस्थित नवदुर्गा साकोसको १५औं वार्षिक साधारण सभा सम्पन्न

चितवन । भरतपुरमा रहेको नवदुर्गा भवानी बचत तथा ऋण सहकारी संस्था लि.को १५ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष कृष्ण प्रसाद सापकोटा को अध्यक्षता, भरतपुर महानगर पालिका वडा नं ५ का वडा अध्यक्ष युद्ध प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यता तथा  भरतपुर महानगरपालिका वडा नं १५, का वडा अध्यक्ष श्रीकृष्ण देवकोटाको विशिष्ठ आतिथ्यता र स्थानीय विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको आतिथ्यतामा सम्पन्न भएको हो । 

प्रमुख अतिथि युद्ध प्रसाद श्रेष्ठले हाल सहकारीमा देखिएको समस्या सञ्चालकहरुमा देखिएको आर्थिक पारदर्शिताको कमी, कमजोर सुशासन र व्यक्तिगत स्वार्थको कारण उत्पन्न भएको बताउनुभयो । यद्यपि, नवदुर्गा सहकारी भने समुदायमा आधारित रहेकाले लगानी, बचत सुरक्षित रहेको प्रष्ट पार्नुभयो । उहाँले संविधानले मुलुकको आर्थिक समृद्धिको आधार ३ खम्बे अर्थनीति भएको र त्यसको एउटा खम्बा सहकारी रहेकोले सहकारीको माध्यमबाट समुदायमा छरिएर रहेको स–सानो पुँजी संकलन गरी राष्टिय पुँजी निर्माणमा सहयोग गर्न सकिने बताउनुभयो । उहाँले उक्त पुँजीलाई सदस्यमा नै केन्द्रित रही उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सके रोजगारी सिर्जना हुने र राष्ट्रिय उत्पादन पनि बढ्ने बताउनुभयो ।

साधारण सभामा संस्थाका सचिव रामकृष्ण पौडेलले संस्थाको गत आव २०७९/०८० को नीति तथा कार्यक्रमको समीक्षा र आव २०८०/०८१  को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो ।समुदायमा आधारित भै सञ्चालनमा रहेको नवदुर्गा भवानी  साकोसमा गत आव २०७९/०८० को अन्त्य सम्ममा जम्मा १६५० सेयर सदस्य रहेको छ भने ११ करोडको कुल पुँजी रहेको छ । विगतमा संस्था र व्यवस्थापक दुबै चितवन बचत तथा ऋण सहकारी सङ्घबाट पुरस्कृत भएका थिए । संस्थाले उक्त दिन नेपाल रेडक्रस सोसाईटी उपशाखा नारायणपुरसँगको सहकार्यमा आयोजना गरेको रक्तदान कार्यक्रममा उल्लेख्य सहभागिता रहेको थियो । 

भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

२० घण्टा अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

१ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन
सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

२ दिन अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

३ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

८ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

७ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१५ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

पाठकबाट थप