चितवन जिल्ला बचत संघको रणनीतिक व्यावसायिक योजनाको समीक्षा
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
चितवन जिल्ला बचत संघको रणनीतिक व्यावसायिक योजनाको समीक्षा

चितवन जिल्ला बचत तथा ऋण ऋण सहकारी संघले आफ्नो चौथो रणनीतिक व्यावसायिक योजनाको समीक्षा गरेको छ । कार्तिक १७ र १८ गते दुई दिन सञ्चालित गोष्ठीमा चौथो रणनीतिक व्यावसायिक योजना (एसबीपी) ले लिएको लक्ष्य र तिनको प्राप्तिका लागि तय गरिएका कार्यक्रमहरुको हालसम्मको प्रगतिका विषयमा सघन अन्तरक्रियात्मक र सहभागितात्मक छलफल भएको छ । गोष्ठीमा अर्थतन्त्र र वित्तीय सहकारीको इकोसिष्टममा परेका प्रभाव र त्यस अनुरुप संघले लिनुपर्ने भावी रणनीतिक दिशाबारे छलफल भएको छ । चितवन जिल्ला बचत तथा ऋण सहकारी संघले आर्थिक वर्ष २०७८/०७९ देखि आर्थिक वर्ष २०८१/०८२ का लागि चौथो रणनीतिक व्यावसायिक योजना निर्माण गरेको थियो । संघको भावी योजनामा सदस्य साकोसहरूमा बचतकर्ताको निक्षेप सुरक्षण, चितवनको सहकारी क्षेत्रको गुणस्तरीयता र दिगोपनाका लागि साकोसमा सदस्यदेखि नीति निर्माण तहमा महिला र युवा सहभागिता, व्यवसाय विकास सेवामार्फत सदस्यहरुलाई स्वरोजारका अवसर सृजना आदि विषयमा जोड दिइएको छ ।

कार्तिक १७ र १८ गते भरतपुर महानगरपालिका-२९,चितवनमा आयोजित कार्यक्रमको अध्यक्षता संघकी अध्यक्ष विद्या कोइरालाले र्नुभएको थियो भने नेफस्कूनका लेखा सुपरिवेक्षण समिति संयोजक एव संघका सल्लाहकार नवराज सापकोटाले गोष्ठी उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा नेफस्कूनका पूर्व संचालक सदस्य एवं बचत संघका सल्लाहकार भरतप्रसाद दवाडी, बागमती प्रोस्कूनका संंचालक सदस्य एवं सल्लाहकार तेजेन्द्रवहादुर खड्का, बचत संघका निवर्तमान अध्यक्ष एवं सल्लाहकार हरिश्चन्द्र सुवेदी,  कानुनी सल्लाहकार जगन्नाथ भण्डारी, बचत संघका संस्थापक अध्यक्ष एवं संरक्षक सदस्य सोमराज खनिया, संघका पूर्व अध्यक्ष एवं संरक्षक सदस्य धनप्रसाद श्रेष्ठ अतिथि रहनुभएको थियो ।  स्वागत मन्तव्य उपाध्यक्ष इश्वरी शर्मा ढकालले राख्नुभएको थियो भने सचिव सुदीप रेग्मीले कार्यक्रम संचालन गर्नुभएको थियो । 

संघका पदाधिकारीहरु, लेखा सुपरिवेक्षण समितिका संयोजक मीनप्रसाद सुवेदी, संचालक सदस्यहरु, लेखा सुपरिवेक्षण समितिका सदस्यहरु, सल्लाहकारहरु, संघका संरक्षक सदस्यहरु, सम्पूर्ण उपसमितिका  सदस्यहरु, सम्पूर्ण पालिकास्तरीय संजाल संयोजकहरु, संघका व्यवस्थापक लगायत कर्मचारीहरु समेत गरी ३३ जनाको सहभागिता रहेको थियो । 

भर्खरै
साकोसको सुशासन र दिगोपनामा जोड, नेफ्स्कूनद्वारा स्थलगत अनुगमन
साकोसको सुशासन र दिगोपनामा जोड, नेफ्स्कूनद्वारा स्थलगत अनुगमन

२१ घण्टा अगाडि

सहकारी सुशासन सुदृढीकरणका लागि सिर्जना महिला साकोसमा नेफ्स्कूनको अनुगमन
सहकारी सुशासन सुदृढीकरणका लागि सिर्जना महिला साकोसमा नेफ्स्कूनको अनुगमन

२२ घण्टा अगाडि

सहकारी सुदृढीकरण अभियान अन्तर्गत प्यासिफिक साकोसको सुपरिवेक्षण
सहकारी सुदृढीकरण अभियान अन्तर्गत प्यासिफिक साकोसको सुपरिवेक्षण

२ दिन अगाडि

प्यूठान स्थित जुम्री बाँहाजोरी साकोसमा नेफ्स्कूनको स्थलगत सुपरीवेक्षण
प्यूठान स्थित जुम्री बाँहाजोरी साकोसमा नेफ्स्कूनको स्थलगत सुपरीवेक्षण

२ दिन अगाडि

स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड
स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड

३ दिन अगाडि

२५ वर्षको यात्रा सम्झिँदै वीरेन्द्रनगर साकोसद्वारा स्मारिका विमोचन, योगदानकर्तालाई रजत सम्मान
२५ वर्षको यात्रा सम्झिँदै वीरेन्द्रनगर साकोसद्वारा स्मारिका विमोचन, योगदानकर्तालाई रजत सम्मान

३ दिन अगाडि

स्याङजा स्थित श्री देउराली साकोसको स्थलगत सुपरिवेक्षण 
स्याङजा स्थित श्री देउराली साकोसको स्थलगत सुपरिवेक्षण 

३ दिन अगाडि

महिला एकता साकोसमा नेफ्स्कूनको नियमित स्थलगत सुपरिवेक्षण
महिला एकता साकोसमा नेफ्स्कूनको नियमित स्थलगत सुपरिवेक्षण

३ दिन अगाडि

लोकप्रिय
स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड
स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड

३ दिन अगाडि

स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 
स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 

५ दिन अगाडि

विकू साकोसमा एक्सेस स्थलगत सुपरिवेक्षण सम्पन्न 
विकू साकोसमा एक्सेस स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

नेफ्स्कूनद्वारा महिला अभियान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा महिला अभियान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

४ दिन अगाडि

हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

१३ दिन अगाडि

नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न

१३ दिन अगाडि

साकोसको सुशासन र दिगोपनामा जोड, नेफ्स्कूनद्वारा स्थलगत अनुगमन
साकोसको सुशासन र दिगोपनामा जोड, नेफ्स्कूनद्वारा स्थलगत अनुगमन

२१ घण्टा अगाडि

चन्द्रागिरि साकोसद्वारा ६२ विद्यार्थीलाई उच्च शिक्षा छात्रवृत्ति, साइबर सुरक्षाबारे सचेतना
चन्द्रागिरि साकोसद्वारा ६२ विद्यार्थीलाई उच्च शिक्षा छात्रवृत्ति, साइबर सुरक्षाबारे सचेतना

१० दिन अगाडि

पाठकबाट थप