एकीकृत फ्रेण्डसिप साकोसका लागि ‘लीडरशीप बुटक्याम्प’
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
एकीकृत फ्रेण्डसिप साकोसका लागि ‘लीडरशीप बुटक्याम्प’

दोलखा जिरीस्थित एकीकृत फ्रेण्डसिप साकोसको आयोजना तथा नेफ्स्कूनको प्राविधिक सहयोगमा आजबाट काभ्रेको पनौतीमा तीन दिने ‘लीडरशीप बुटक्याम्प’ सुरु भएको छ । तालिममा साकोसको सञ्चालक समिति, सल्लाहकार, उपसमिति, उच्च व्यवस्थापन गरी ३० जनाको सहभागिता रहेको छ ।

तालिम उद्घाटनमा प्रमुख अतिथि नेफ्स्कून अध्यक्ष परितोष पौड्यालले नेतृत्व रुपान्तरणको ११ विधि समेटिएको ‘बुट क्याम्प’ सहकारी अभियानका लागि अत्यन्त उपयोगी हुने बताउनुभयो । उहाँले सहकारी अभियानको नेतृत्व रंगविहिन, गन्धविहिन, स्वादविहिन र जुनसुकै परिस्थितिमा घुलिन हुनसक्ने हुनुपर्ने भन्दै यी विषय ‘लीडरशीफ्ट बुटक्याम्प’ ले सिकाउने बताउनुभयो । देश निर्माण र एकताको शक्ति सहकारी मात्र रहेको भन्दै उहाँले यसका मूल्य, मान्यता र सिद्धान्तलाई नेतृत्वले आत्मसात गर्नुपर्ने र सहकारीमार्फत समाजको रुपान्तरण, वृद्धि र विकासको प्रण गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । 

संस्थाका अध्यक्ष भूमिराज खड्काले सिकाइ कहिल्यै नसकिने प्रक्रिया भएको बताउनुभयो । तालिम कार्यक्रममा पनि सदस्यको पैसा लगानी भएको भन्दै सिकाइलाई उपलव्धमिूलक बनाई सदस्य हित र जीवनस्तर सुधारमा प्रयोग गरिनुपर्नेमा जोड दिनुभयो ।

उद्घाटनमा नेफ्स्कूनका सञ्चालक जिवसराज खड्का तथा काभ्रेको सामुदायिक साकोसका अध्यक्ष एवम् स्थिरीकरण कोष सञ्चालन समितिका सदस्य प्रकाश बञ्जारा पनि सहभागी हुनुभएको थियो । स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष केदार बहादुर जिरेलले राख्नुभएको थियो । तालिम सहजीकरण नेफ्स्कूनका निमित्त प्रमुख कार्यकारी अधिकृत एवम् प्राचार्य सञ्जयराज तिमिल्सीना तथा तालिम अधिकृत उमेश कोइरालाले गर्नुभएको छ ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

८ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

८ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

६ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

पाठकबाट थप