'लीडरशीप बुटक्याम्प' मा सहभागी सहकारीकर्मीद्वारा भूकम्प पीडितलाई सहयोग घोषणा
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
'लीडरशीप बुटक्याम्प' मा सहभागी सहकारीकर्मीद्वारा भूकम्प पीडितलाई सहयोग घोषणा

दोलखा जिल्लामा अवस्थित सफल सहकारी-जिरीस्थित एकीकृत फ्रेण्डशीप बचत तथा ऋण सहकारी संस्था लि.को सञ्चालक तथा व्यवस्थापन नेतृत्वका लागि काभ्रेको पनौतीमा अहिले ‘लीडरशीप बुटक्याम्प’ सञ्चालन भैरहेको छ । नेफ्स्कूनले एशियाली ऋण महासंघ (अकू) को अग्रसरतामा साकोसका नेतृत्वको सोचाइ र व्यवहारमा आमूल परिवर्तन ल्याउन सहयोगी नौलो, रोचक र उत्प्रेरणामूलक विषयवस्तु समेटिएको तालिम कार्यक्रम भर्खरै प्रारम्भिक संस्थाहरुमा परिचित गराउँदैछ । सोही क्रममा हिजोबाट एकीकृत फ्रेण्डशीप साकोसको समूह पनि नवीन तालिममा सहभागी भएको छ । तालिमको उद्घाटनका क्रममा अतिथिहरुबाट अभिव्यक्त विचारले सहभागीहरु उत्प्रेरित हुनुभयो । दोलखाको प्रतिष्ठित साकोसले जाजरकोट र रुकुम पश्चिमलाई दुःख्दा मलम लगाउनुपर्छ भन्ने कार्यक्रमका अतिथिहरुको भनाइले सहभागीहरुलाई छोयो । तत्कालै उहाँहरुले सहयोगको अभिरुचि देखाउनुभयो । प्राकृतिक प्रकोपबाट पीडितहरुलाई सहकारीकर्मी र मानवीयताको नाताले सहयोग गर्नुपर्छ भन्ने स्वःस्फूर्त भावना समूहमै जागृत भयो । त्यसपछि विलम्ब नगरी भूकम्प पीडितहरुका लागि ३१ हजार रुपैयाँ बढीको आर्थिक सहयोग गर्ने निधो गर्नुभयो । 

तीन दिने ‘लीडरशीप बुटक्याम्प’ मा सहभागी संस्थाको सञ्चालक समिति, सल्लाहकार, उपसमिति, उच्च व्यवस्थापन समूहले छलफल गरी आर्थिक सहयोग घोषणा गरेको हो । संस्थागत नभइ व्यक्तिगत तवरमा यो सहयोग घोषणा गरिएको जानकारी संस्थाका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत राम बहादुर खत्रीले साकोस आवाजलाई बताउनुभयो । ‘हामीले अहिलेको अवस्थामा केही गर्नुपर्छ भन्ने ठान्यौं,’ खत्रीले भन्नुभयो, ‘फेरि सहकारीको नेतृत्वले (सञ्चालक समिति वा व्यवस्थापन समूह होस्) फराकिलो दृष्टिकोण राख्नुपर्छ भनेर अहिले व्यक्तिगत रुपमा सहयोग गरौं, भोलिका दिनमा अन्य सहयोगको सम्भावना पनि खोज्न सकिन्छ र यसले अन्य सहकारीकर्मीहरुलाई पनि अभिप्रेरित गर्छ भनेर यो सहयोगको घोषणा गरेका हौं ।’ उक्त तालिममा सहभागीहरुबाट ३१ हजार ३ सय ६० रुपैयाँ बराबरको नगद सहयोग जुटेको छ । उक्त रकम जिल्ला विपद् व्यवस्थापन समितिमार्फत वास्तविक पीडितहरुकोमा पुग्ने गरी तालिमबाट फर्किए लगत्तै हस्तान्तरण गरिने खत्रीले जानकारी गराउनुभयो । 

बुटक्याम्पमा नेतृत्व रुपान्तरणको ११ विधिका विषयमा रोचक र सहभागितात्मक सिकाइ भैरहेको जानकारी प्राप्त भएको छ । तालिम सहजीकरण नेफ्स्कूनका निमित्त प्रमुख कार्यकारी अधिकृत एवम् प्राचार्य सञ्जयराज तिमिल्सीना तथा तालिम अधिकृत उमेश कोइरालाले गर्नुभएको छ ।
 
भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

२१ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप