चितवनका दुई महिला साकोसको ‘नेतृत्व क्षमता विकास तालिम’ सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
चितवनका दुई महिला साकोसको ‘नेतृत्व क्षमता विकास तालिम’ सम्पन्न

चितवनस्थित बछौली नारी चेतना बचत तथा ऋण सहकारी संस्था लि. र पञ्चतारा महिला बचत तथा ऋण सहकारी संस्था लि.को संयुक्त आयोजनामा तथा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. (नेफ्स्कूनको) को प्राविधिक सहजीकरणमा कार्तिक २१ र २२ गते सौराहामा ‘नेतृत्व क्षमता विकास तालिम’ सञ्चालन भएको छ । नव निर्वाचित दुई महिला बचत तथा ऋण सहकारीको सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति र उपसमितिहरुको क्षमता विकासका लागि तालिम आयोजना गरिएको हो । नेफ्स्कूनले नवनिर्वाचित सञ्चालकहरुलाई साकोस सञ्चालनका आधारभूत सिद्धान्त, मूल्य, मान्यता, सुशासनका सवाल तथा संस्थागत सक्षमता विकासको बहुआयामिक विषयवस्तु सेमेटेर दुई दिने 'नेतृत्व क्षमता विकास तालिम' सञ्चालनमा ल्याएको हो । 

तालिममा ४६ जनाको सहभागिता रहेको थियो । तालिममा सहकारी तथा बचत ऋण सहकारीको परिभाषा, बचत ऋण सहकारीका वस्तु तथा सेवा बारे जानकारी, सहकारीका उद्देश्यहरु, सहकारीको मूल्य मान्यता र सिद्धान्तहरु, संञ्चालक समितिको परिभाषा र भूमिका, योग्यता, काम कर्तब्य र अधिकार, लेखा सूपरिवेक्षण समिति संयोजकको जिम्वेवारी र भूमिका र आन्तरिक नियन्त्रण प्रणाली जस्ता आधारभूत विषयवस्तुबारे नेफ्स्कूनका तालिम अधिकृत श्यामराजा तिमल्सिनाले सहजीकरण गर्नु भएको थियो । तालिमको उद्घाटन तथा समापन कार्यक्रममा नेफ्स्कून चितवन सदस्य सेवा कार्यालयका इन्चार्ज रिसभ राज रेग्मी पनि सहभागी हुनुभएको थियो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप