आईसीए एपीको साधारण सभा मनिलामा सुरु
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
आईसीए एपीको साधारण सभा मनिलामा सुरु

अन्तर्राष्ट्रिय सहकारी महासंघ–आईसीएको एसिया प्रशान्त क्षेत्र (आईसीए एपी) को १६औं साधारण सभा फिलिपिन्सको राजधानी मनिलामा आज सुरु भएको छ । साधारण सभामा २८ मुलुकका १ सय ८ प्रतिनिधिसहित ६ सय बढी सहकारीकर्मीहरुको सहभागिता रहेको छ । यसपटकको आईसीए एपीको साधारण सभाको थिम ‘सहकारीः हाम्रो साझा एजेण्डा’ भन्ने रहेको छ । नेपालको तर्फबाट बैठकमा राष्ट्रिय सहकारी महासंघ, नेफ्स्कून तथा राष्ट्रिय सहकारी बैंकको सहभागिता रहेको छ । महासंघका अध्यक्ष मिनराज कडेलसहित बरिष्ठ उपाध्यक्ष ओमदेवी मल्ल, नेफ्स्कूनकोतर्फबाट बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, सञ्चालक हरेराम पटेल र प्रमुख कार्यकारी अधिकृत डा.शिवजी सापकोटा, सहकारी बैंककातर्फबाट अध्यक्ष केबी उप्रेती लगायत सहभागी हुनुहुन्छ । 

साधारण सभाले आईसीएको क्षेत्रीय निकायको विगत दुई वर्षका कार्यक्रमहरुको समिक्षा गर्नुका साथै भावी नीति तथा कार्यक्रमसहित कार्यदिशा तय गर्ने छ । सभामा सहकारी क्षेत्र र त्यसमा पनि एशिया प्रशान्त क्षेत्रकाका समसामयिक विषयहरुमा पनि छलफल हुने बताइएको छ । सन् २००३ यता पहिलो पटक फिलिपिन्सको सहकारी अभियानले आईसीए एपीको साधारण सभा आयोजना गर्न लागेको हो । 

नोभेम्बर ६ देखि १० सम्मका लागि तय भएको साधारण सभा अन्तर्गत विभिन्न समितिका बैठकहरु सम्पन्न भएका छन् । सम्मेलनको मुख्य विषय साधारण सभा भने आज हुँदैछ । स्थानीय समय अनुसार सभा बिहान ९ बजेदेखि अपरान्ह ४ बजेसम्म बस्नेछ । आजै आईसीए एपी अन्तर्गतको कृषि तथा वातावरण उपसमितिको बैठक पनि बस्दैछ भने साँझ बिदाई भोजको कार्यक्रम आयोजना हुँदैछ ।

यसअघि भएका विभिन्न समितिहरुको बैठकमा संयुक्त राष्ट्र संघले सन् २०३० सम्मका लागि तय गरेको १७ वटा विकासात्मक लक्ष्य हासिल गर्न वित्तीय सहकारीले हालसम्म खेलेको भूमिका, चुनौतीहरु र भावी रणनीतिबारे छलफल भएको थियो । त्यस्तै, वित्तीय सहकारी सञ्चालनका विविध पक्षबारे पनि छलफल भएको छ । ।  नोभेम्बर ६ मा आईसीए एपीको पूर्ण बोर्ड बैठक बसेको थियो । बैठकमा आईसीएका अध्यक्ष एरियल ग्वार्को पनि सहभागी हुनुभएको छ । प्रत्येक दुई वर्षमा आयोजना हुने साधारण सभा आईसीए एपीको सर्वोच्च निकाय हो । 

सभाकै सेरोफेरामो नोभेम्बर ३ देखि ५ सम्म क्षेत्रीय युवा कार्यशाला आयोजना गरिएको थियो । आईसीए एपी अन्तर्गतको युवा समितिले आयोजना गरेको कार्यशालामा युवाहरुलाई सहकारीप्रकृतिको स्टार्ट अप व्यवसाय सुरु गर्न प्रेरित गर्ने उद्देश्यसहित छलफल भएको छ । कार्यशालाले त्यसका लागि २ वर्षे कार्य योजना तयार पार्ने लक्ष्य लिएको छ । 

सभाको सेरोफेरोमा भोलि नोभेम्बर ८ मा ‘कोअपरेटिभ्स आवर कमन एजेन्डा’ थिममा सहकारी ११औं एशिया प्यासिफिक कोअपरेटिभ फोरम पनि आयोजना हुँदैछ । भोलि नै आईसीए एपीले पहिलो पटक सुरुवात गरेको आईसीए एपी कोअपरेटिभ एक्सिलेन्स अर्वाड पनि घोषणा गरिदैछ । सहकारी क्षेत्रमा उत्कृष्ट कार्य गर्ने व्यक्ति, संस्था र नियामक निकाय गरी ३ विधामा यो पुरस्कार दिइने आईसीए एपीले जनाएको छ ।

विश्व सहकारी अभियानको सर्वोच्च निकाय आईसीए अन्तर्गत हाल आईसीए एपी, आईसीए अफ्रिका, आईसीए युरोप र आईसीए अमेरिकाज् गरी ४ वटा क्षेत्रीय कार्यालय रहेका छन् । सन् १९६० मा स्थापना भएको आईसीए एपीको मुख्यालय भारतको राजधानी नयाँ दिल्लीमा अवस्थित छ भने पहिलो क्षेत्रीय साधारण सभा सन् १९९५ मा नयाँ दिल्लीमानै आयोजना गरिएको थियो । आईसीए एपी अन्तर्गत हाल २८ राष्ट्रका करिब १ सय ८ सहकारी सदस्य रहेका छन् । आइसीए एपीको अध्यक्षमा भारतका प्रसिद्ध सहकारीकर्मी डा.चन्द्रपाल सिंह निर्वाचित भएपछिको पहिलो पटक साधारण सभा आयोजना हुन लागेको हो । 


 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप