आइसीए एपीद्वारा उत्कृष्ट सहकारी अभियन्ता र सहकारी संस्था सम्मान प्रदान  
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
आइसीए एपीद्वारा उत्कृष्ट सहकारी अभियन्ता र सहकारी संस्था सम्मान प्रदान  

अन्तर्राष्ट्रिय सहकारी महासंघको एशिया प्रशान्त क्षेत्रीय संगठन (आईसीए एपी) ले यसै वर्षबाट सुरु गरेको  Cooperative Excellence Award बाट मलेशियाली सहकारी अभियन्ता र भारतको श्रमिक सहकारीलाई सम्मानित गरिएको छ । 'उत्कृष्ट सहकारी अभियन्ता' सम्मानबाट प्रेरणादायी मलेशियाली सहकारी अभियन्ता डा. अब्दुल फताहा अब्दुल्लाह सम्मानित हुनुभएको छ भने 'उत्कृष्ट सहकारी संस्था' भारतको केरलास्थित उरलुंगल श्रमिक सहकारी संस्था घोषित भएको छ । आईसीए एपीको फिलिपिन्सको राजधानी मनिलामा जारी १६औं साधारण सभा अन्तर्गत नोभेम्बर ८ अर्थात् हिजो बेलुकी आयोजित समारोहमा उक्त सम्मान घोषणा र प्रदान गरिएको हो ।

उत्कृष्ट सहकारी अभियन्ता डा. अब्दुल फताहा अब्दुल्लाह मलेशियाली सहकारी अभियानको शीर्ष निकाय आङ्कासाका अध्यक्ष हुनुहुन्छ । सन् २०१० देखि सहकारी अभियानमा सक्रिय उहाँ आईसीए एपीको उपाध्यक्ष समेत हुनुहुन्छ । उहाँ आसियान कोअपरेटिभ अर्गनाईजेसनको समेतअध्यक्ष हुनुहुन्छ ।

यस्तै, उत्कृष्ट सहकारी संस्था सम्मानबाट भारतको केरलास्थित उरलुंगल श्रमिक सहकारी संस्था पुरस्कृत भएको छ । उक्त सहकारी भारतको पूरानो श्रमिक सहकारीमध्ये पर्दछ । एक सय वर्ष भन्दा लामो इतिहास बोकेको उक्त सहकारीले दिगो पूर्वाधार विकासका क्षेत्रमा काम गर्दै आएको छ । संयुक्त राष्ट संघबाट समेत भारतको सर्वोत्कृष्ट श्रमिक सहकारीको रुपमा सम्मानित उक्त सहकारीका अध्यक्षले हालसालै करेला सरकारले प्रदान गर्ने रोबर्ट ओवेन उत्कृष्ट सहकारी अभियन्ता पुरस्कार समेत प्राप्त गर्नुभएको थियो । 

सहकारी क्षेत्रको विकास र प्रवर्धनमा उल्लेखनीय योगदान पुर्याउने एशिया प्रशान्त क्षेत्रका अभियन्ता, सहकारी संस्था र उत्कृष्ट नियामक निकायलाई सम्मानित गर्ने उद्देश्यसहित आइसीए एपीले पहिलो पटक पुरस्कार स्थापना गरेको हो । उत्कृष्ट सहकारी अभियन्ता, उक्तकृष्ट सहकारी संस्था र उत्कृष्ट नियामक निकाय गरी तीन शीर्षकमा सम्मान प्रदान गरिने जनाइए पनि मनिलामा जारी आईसीए एपीको क्षेत्रीय सभाको पूर्वसन्ध्यामा नोभेम्बर ८ मा दुई वटा पुरस्कार प्रदान गरिएको हो । आईसीए एपीले उत्कृष्ट सहकारीकर्मी, उत्कृष्ट संस्था र उत्कृष्ट नियामक निकाय गरी तीन क्षेत्रलाई समेटेर सम्मानको परम्परा थालनी गरेको जनाएको थियो । आईसीए एपीले तीनै विधाको सम्मानका लागि योग्यहरुको छनोट गरी आवेदन दिन आग्रह गरेको थियो । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप