सहकारीले एकीकृत पुँजी निर्माणमार्फत लगानी र रोजगारी वृद्धि गर्नुपर्ने
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारीले एकीकृत पुँजी निर्माणमार्फत लगानी र रोजगारी वृद्धि गर्नुपर्ने

दोलखा । बैतेश्वर गाउँपालिका-५ मैनापोखरीस्थित जनसचेतन बचत तथा ऋण सहकारी संस्थाको ३०औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाले कार्तिक १७, १८ र २०  गते सदस्य सहजताका लागि विभिन्न सेवा केन्द्रमा क्षेत्रगत साधारण सभा आयोजना गरी २२ गते समापन गरेको हो । साधारणसभामा बिभिन्न बिधामा सदस्यहरुलाई सम्मान समेत गरिएको छ । सभामा जेष्ठ सदस्यहरलाई स्टिलको लौरो बितरण गरिएको थियो ।  

संस्थाका अध्यक्ष हेमन्त चौलागाईंको अध्यक्षता तथा बागमती प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालको प्रमुख आतिथ्ययतामा सभा सम्पन्न भएको हो । सभामा मन्त्री लम्सालले सहकारी संस्थाले ऋण लगानी गर्दा उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो । सहकारीका लागि मुलुककै नमुना जिल्ला दोलखा भएकाले यहाँका सहकारीले एकीकृत पुँजी निर्माणमार्फत लगानी र रोजगारी वृद्धि गर्नुपर्ने उहाँको भनाइ थियो । सभामा संस्थाका अध्यक्ष चौलागाइले संस्थाको गत आर्थिक वर्ष २०७९/ ८० को असार मसान्तसम्म कुल सम्पत्ति तथा दायित्व २ अर्ब २५ करोड ६० लाख ८७ हजार ३ सय ९३ रुपैँया पुगेको जानकारी गराउनुभएको थियो । त्यसैगरी संस्थाको शेयर पुँजी १६ करोड ६७ लाख २४ हजार ९ सय रुपैयाँ र कुल बचत निक्षेप १ अर्ब ६३ करोड ९ लाख ५३ हजार ५ सय ४१ रुपैयाँ रहेको बताउनुभयो । संस्थाको जगेडा तथा अन्य कोषमा २१ करोड ९३ लाख ८५ हजार ९ सय १४ रुपैयाँ रहेको सभामा जानकारी गराइएको थियो । संस्थाले कुल १ अर्ब ८२ करोड २७ लाख ९८ हजार ७ सय ९३ रुपैँया ऋण लगानी गरेको छ ।

संस्थामा २७ हजार ६ सय ८ जना शेयर सदस्य र १० हजार ३ सय ३५ जना बाल सदस्य छन । त्यस्तै संस्थाको कुल आम्दानी २६ करोड ७१ लाख ६१ हजार ८ सय १० रुपैँया पुगेको छ । संंस्थाले सदस्य सुरक्षा कोष कार्यक्रम मार्फत सदस्यको मृत्यु पश्चात् आश्रित परिवारलाई ५ हजारदेखि ४० हजार रुपैयाँसम्म राहत प्रदान गर्दै आइरहेको जनाएको छ । सभामा संस्थाका पूर्व अध्यक्ष एवं बागमती प्रदेश सहकारी संघका महासचिव भिमप्रसाद दहाल, जनमुखी साकोसका उपाध्यक्ष गिताकृष्ण शर्मालगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । संस्थाले मुख्य कार्यालयसहित १६ वटा सेवा केन्द्रबाट सदस्यलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ । 

भर्खरै
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

१ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

६ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

७ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१४ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

१ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप