स्थानीय तह र सहकारीबीच घनिष्ठ सहकार्य आवश्यकः नेफ्स्कून बरिष्ठ उपाध्यक्ष ढकाल
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
स्थानीय तह र सहकारीबीच घनिष्ठ सहकार्य आवश्यकः नेफ्स्कून बरिष्ठ उपाध्यक्ष ढकाल

धादिङ । निलकण्ठ नगरपालिकास्थित श्रोत परिचालन बचत तथा ऋण सहकारी संस्था लि. र हिमाल बचत तथा ऋण सहकारी संस्था लि.बीच एकिकरण भएको छ । दुबै साकोसले हिजो संयुक्त साधारण सभा सम्पन्न गरी आजबाट श्रोत परिचालन बचत तथा ऋण सहकारी संस्थाको नामबाट कारोबार सञ्चालन गरेको छ ।

हिमाल साकोसका अध्यक्ष राजेन्द्र अधिकारीको अध्यक्षतामा सम्पन्न संयुक्त साधारण सभामा नीलकण्ठ नगरपालिकाका मेयर तथा नेपाल नगरपालिका संघका केन्द्रिय अध्यक्ष भीम प्रसाद ढुंगानाको प्रमुख आतिथ्यता रहेको थियो भने नेफ्स्कूनका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल कार्यक्रमको विशेष अतिथि रहनुभएको थियो । 

कार्यक्रममा प्रमुख अतिथि मेयर ढुङ्गानाले एकीकृत संस्थामार्फत सदस्य सेवा थप प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले सहकारीहरुले सदस्य हितलाई उच्च प्राथमिकता दिएर काम गर्नुपर्ने भन्दै 
एकीकरणमार्फत बलियो बनेको संस्थाले सदस्यहरुका सबै खाले आवश्यकताहरुको सम्बोधन हुने गरी सेवा विविधिकरण गर्नुपर्नेमा ध्यानाकर्षण गराउनुभयो । 

कार्यक्रममा नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष ढकालले निलकण्ठ नगरपालिकाको मेयर केवल नगरपालिकाको मेयर मात्र नभई देशैभरिका नगरपालिका संघहरुको पनि अध्यक्ष भएका बताउँदै स्थानीय तह र सहकारीहरुबीच घनिष्ठ सहकार्य आवश्यक भएकोमा जोड दिनुभयो । नेफ्स्कूनका प्रवक्ता समेत रहनुभएका बरिष्ठ उपाध्यक्ष ढकालले भन्नभुयो, सहकारी ऐनको पूर्ण पालना तथा सहकारी क्षेत्रको प्रवर्धन 
र दिगो विकासका लागि पनि स्थानीय तह र सहकारीबीच सहकार्य अत्यावश्यक छ । यसको सुरुवात निलकण्ठ नगरपालिकाबाटै गर्दा सर्वोत्तम हुने भएकाले यसको संयोजनका लागि म नगरपालिकालाई हार्दिक आग्रह गर्दछु ।'

उहाँले जिल्लाको सहकारी अभियानको विकास र बिस्तारमा प्रदेश बचत संघ र जिल्ला बचत संघहरुको पनि उच्च योगदान रहेको भन्दै नेफ्स्कूनसँगको सञ्जाललाई थप सबल बनाउन आवश्यक रहेको धारणा राख्नुभयो । बरिष्ठ उपाध्यक्ष ढकालले अहिले सहकारीमाथि सबैतिरबाट प्रश्न उठाइएको अवस्थामा सञ्जाल सबलीकरण र सदस्य सम्बन्ध बिस्तारलाई बिशेष ध्यान पुर्याइएको बताउनुभयो । 

एकीकरण पश्चात श्रोत परिचालन साकोसको सेयर सदस्य ८ हजार ८ सय ९७  पुगेको छ भने सेयर पुँजी ७ करोड १० लाख १ हजार ३ सय रुपैयाँ पुगेको छ । त्यस्तै संस्थाका कुल वासलात ६१ करोड ३४ लाख ३६ हजार ४ सय ५० रुपैयाँ पुगेको छ । एकीकरण पश्चात साविकको श्रोत परिचालन साकोसको विनियम, कार्यक्षेत्र र दर्ता नम्बर कायम भएको छ ।

त्यस्तै श्रोत परिचालन साकोसको १३ सदस्यीय मौजुदा सञ्चालक समितिमा १ जना सचिव र २ जना सदस्य हिमाल साकोसको तर्फबाट प्रतिनिधित्व हुने सहमति भएको छ । एकीकृत संस्थाको नेतृत्व श्रोत परिचालन साकोसका अध्यक्ष रुद्र बहादुर खत्रीले गर्नुहुनेछ । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप