‘ई लर्निङ सिरिज’ को दोस्रो एपिसोडः स्थिरीकरण कोष विषयमा केन्द्रीत हुने
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
‘ई लर्निङ सिरिज’ को दोस्रो एपिसोडः स्थिरीकरण कोष विषयमा केन्द्रीत हुने

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को अग्रसरतामा नेपालका वित्तीय सहकारीका व्यवस्थापन प्रमुखहरु लक्षित अभौतिक सिकाइ श्रृङ्खला (ई लर्निङ सिरिज–क्यूमेल्स) अन्तर्गतको दोस्रो एपिसोडमा स्थिरीकरण कोषबारे सिकाइ आदानप्रदान हुने भएको छ । आउँदो डिसेम्बर १ (मङ्सिर १५) मा बिहान ११ बजे आयोजना हुने उक्त भर्चुअल कार्यक्रममा बचत तथा ऋण सहकारीहरुका लागि स्थिरीकरण कोषको आवश्यकता र महत्ताबारे सिकाइ आदानप्रदान हुनेछ ।

नेफ्स्कूनको प्राविधिक सहकार्यमा नेफ्स्कून–साकोस म्यानेजर्स क्लबले अंग्रेजी महिना नोभेम्बरबाट उक्त सिकाइआदान प्रदानसम्बन्धी श्रृङ्खला सुरु गरेको हो । प्रत्येक अंग्रेजी महिना आयोजना हुने सिकाइ कार्यक्रमको पहिलो श्रृङ्खला नोभेम्बर २ मा आयोजना गरिएको थियो ।  

स्थिरीकरण कोषलाई साकोस अभियानको सुरक्षा कवचका रुपमा लिइन्छ । दोस्रो एपिसोडमा स्थिरीकरण कोषको सफल अभ्यास गरेको फिलिपिन्सको अनुभवबारे जानकारी लिइने छ । उक्त एपिसोडको सहजीकरण नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटा र फिलिपिन्सस्थित सहकारीहरुको केन्द्रीय संघ-नेशनल कन्फेडेरेशन अफ कोअपरेटिभ्स् (नाट्को) फिलिपिन्सकी प्रमुख कार्यकारी अधिकृत सिल्भिया ओकिन्ले पारागुयाले गर्नुहुनेछ । सहकारीमा जोखिम न्यूनीकरणका लागि स्थिरीकरण कोषको अवधारणा प्रभावकारी भएको अन्तर्राष्टिय अभ्यासले प्रमाणित गरेको छ । सोही अनुरुप नेफ्स्कूनले बचत तथा ऋण सहकारीहरुका लागि स्थिरीकरण कोषको आवश्यकताबारे धेरै बर्षअघि देखिनै सरोकारवालाहरुसँग सघन बहसपैरवी गर्दै आएको थियो । फलस्वरुप सहकारी ऐन २०७४ मा कोषको विषय उल्लिखित छ । कानूनी प्रबन्ध अनुसार नै हाल उक्त कोष सञ्चालनमा रहेको छ । 

सहभागितात्मक विधिबाट सञ्चालन गरिने 'द लास्ट रिजोर्ट अफ क्रेडिट युनियन फर रिस्क मिटिगेशन' विषयको आगामी अभौतिक कार्यक्रममा प्रश्नोत्तरका माध्यमबाट जिज्ञासाहरुको सम्बोधन गरिनेछ । उक्त निःशुल्क कार्यक्रममा सहभागिताका लागि https://forms.gle/P93QU6oZz5GA1QUG8 गुगल लिङ्कमार्फत नाम दर्ता गर्न सकिने व्यवस्था मिलाइएको छ ।

क्यूमेल्स श्रृङ्खलाको पहिलो एपिसोड ‘इनभिजनिङ एभरेष्ट डेक्लरेशन इन क्रेडिट युनियन्स’ रहेको थियो । उक्त एपिसोडमार्फत गत गत सेप्टेम्बर महिनामा काठमाडौंमा सम्पन्न अकू फोरम–२०२३ ले एशियाभरका वित्तीय सहकारीका लागि जारी गरेका मार्गदर्शनसहितको १० बुँदे ‘एभरेष्ट घोषणापत्र’ का अन्तर्यलाई नेपालका वित्तीय सहकारीहरुले कसरी रणनीतिक मार्गचित्रमा समेट्न सक्दछन् भन्ने विषय जानकारी गराइएको थियो । कार्यक्रमको पहिलो श्रृङ्खलाको सहजीकरण नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटा र एशियाली ऋण महासंघ (अकू) की प्रमुख कार्यकारी अधिकृत एलिनिता भी स्यान रोके (लेनी) ले गर्नुभएको थियो । 

वित्तीय सहकारीका व्यवस्थापन प्रमुखहरुलाई समसामयिक र नवीन विषयहरुमा अन्तर्राष्ट्रिय विज्ञहरुबाट व्यावहारिक समाधानसहितको सिकाइ  उपलब्ध गराउने उद्देश्यले नेफ्स्कूनले पहिलो पटक यस किसिमको श्रृङ्खला सुरु गरेको हो । 
 
भर्खरै
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

२३ घण्टा अगाडि

नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता
नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता

२४ घण्टा अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

२ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

३ दिन अगाडि

ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध
ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध

३ दिन अगाडि

नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न
नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न
नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न

४ दिन अगाडि

लोकप्रिय
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

२३ घण्टा अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

२ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

३ दिन अगाडि

सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न
सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न

५ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा
नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा

४ दिन अगाडि

किसान साकोसमा तीन दिने कृषक व्यवसाय खेल तालिम सञ्चालन
किसान साकोसमा तीन दिने कृषक व्यवसाय खेल तालिम सञ्चालन

७ दिन अगाडि

नेफ्स्कूनद्वारा सिर्जनशिल महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सिर्जनशिल महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

१४ दिन अगाडि

पाठकबाट थप