‘ई लर्निङ सिरिज’ को दोस्रो एपिसोडः स्थिरीकरण कोष विषयमा केन्द्रीत हुने
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
‘ई लर्निङ सिरिज’ को दोस्रो एपिसोडः स्थिरीकरण कोष विषयमा केन्द्रीत हुने

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को अग्रसरतामा नेपालका वित्तीय सहकारीका व्यवस्थापन प्रमुखहरु लक्षित अभौतिक सिकाइ श्रृङ्खला (ई लर्निङ सिरिज–क्यूमेल्स) अन्तर्गतको दोस्रो एपिसोडमा स्थिरीकरण कोषबारे सिकाइ आदानप्रदान हुने भएको छ । आउँदो डिसेम्बर १ (मङ्सिर १५) मा बिहान ११ बजे आयोजना हुने उक्त भर्चुअल कार्यक्रममा बचत तथा ऋण सहकारीहरुका लागि स्थिरीकरण कोषको आवश्यकता र महत्ताबारे सिकाइ आदानप्रदान हुनेछ ।

नेफ्स्कूनको प्राविधिक सहकार्यमा नेफ्स्कून–साकोस म्यानेजर्स क्लबले अंग्रेजी महिना नोभेम्बरबाट उक्त सिकाइआदान प्रदानसम्बन्धी श्रृङ्खला सुरु गरेको हो । प्रत्येक अंग्रेजी महिना आयोजना हुने सिकाइ कार्यक्रमको पहिलो श्रृङ्खला नोभेम्बर २ मा आयोजना गरिएको थियो ।  

स्थिरीकरण कोषलाई साकोस अभियानको सुरक्षा कवचका रुपमा लिइन्छ । दोस्रो एपिसोडमा स्थिरीकरण कोषको सफल अभ्यास गरेको फिलिपिन्सको अनुभवबारे जानकारी लिइने छ । उक्त एपिसोडको सहजीकरण नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटा र फिलिपिन्सस्थित सहकारीहरुको केन्द्रीय संघ-नेशनल कन्फेडेरेशन अफ कोअपरेटिभ्स् (नाट्को) फिलिपिन्सकी प्रमुख कार्यकारी अधिकृत सिल्भिया ओकिन्ले पारागुयाले गर्नुहुनेछ । सहकारीमा जोखिम न्यूनीकरणका लागि स्थिरीकरण कोषको अवधारणा प्रभावकारी भएको अन्तर्राष्टिय अभ्यासले प्रमाणित गरेको छ । सोही अनुरुप नेफ्स्कूनले बचत तथा ऋण सहकारीहरुका लागि स्थिरीकरण कोषको आवश्यकताबारे धेरै बर्षअघि देखिनै सरोकारवालाहरुसँग सघन बहसपैरवी गर्दै आएको थियो । फलस्वरुप सहकारी ऐन २०७४ मा कोषको विषय उल्लिखित छ । कानूनी प्रबन्ध अनुसार नै हाल उक्त कोष सञ्चालनमा रहेको छ । 

सहभागितात्मक विधिबाट सञ्चालन गरिने 'द लास्ट रिजोर्ट अफ क्रेडिट युनियन फर रिस्क मिटिगेशन' विषयको आगामी अभौतिक कार्यक्रममा प्रश्नोत्तरका माध्यमबाट जिज्ञासाहरुको सम्बोधन गरिनेछ । उक्त निःशुल्क कार्यक्रममा सहभागिताका लागि https://forms.gle/P93QU6oZz5GA1QUG8 गुगल लिङ्कमार्फत नाम दर्ता गर्न सकिने व्यवस्था मिलाइएको छ ।

क्यूमेल्स श्रृङ्खलाको पहिलो एपिसोड ‘इनभिजनिङ एभरेष्ट डेक्लरेशन इन क्रेडिट युनियन्स’ रहेको थियो । उक्त एपिसोडमार्फत गत गत सेप्टेम्बर महिनामा काठमाडौंमा सम्पन्न अकू फोरम–२०२३ ले एशियाभरका वित्तीय सहकारीका लागि जारी गरेका मार्गदर्शनसहितको १० बुँदे ‘एभरेष्ट घोषणापत्र’ का अन्तर्यलाई नेपालका वित्तीय सहकारीहरुले कसरी रणनीतिक मार्गचित्रमा समेट्न सक्दछन् भन्ने विषय जानकारी गराइएको थियो । कार्यक्रमको पहिलो श्रृङ्खलाको सहजीकरण नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटा र एशियाली ऋण महासंघ (अकू) की प्रमुख कार्यकारी अधिकृत एलिनिता भी स्यान रोके (लेनी) ले गर्नुभएको थियो । 

वित्तीय सहकारीका व्यवस्थापन प्रमुखहरुलाई समसामयिक र नवीन विषयहरुमा अन्तर्राष्ट्रिय विज्ञहरुबाट व्यावहारिक समाधानसहितको सिकाइ  उपलब्ध गराउने उद्देश्यले नेफ्स्कूनले पहिलो पटक यस किसिमको श्रृङ्खला सुरु गरेको हो । 
 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

८ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

९ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

९ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

१० दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

११ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

११ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१७ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१९ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३६ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२५ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२८ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२८ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२६ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३४ दिन अगाडि

पाठकबाट थप