सहकारी अभियन्ता माधवलाल देवकोटाको निधन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारी अभियन्ता माधवलाल देवकोटाको निधन

हकारी अभियन्ता माधवलाल देवकोटाको सडक दुर्घटनामा परी आज निधन भएको छ । राष्ट्रिय सहकारी बैंक लिमिटेडका सञ्चालक देवकोटा चढेको मोटरसाइकललाई ट्रकले ठक्कर दिदाँ उहाँसहित २ जनाको निधन भएको हो । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल भैरहवा सडक खण्डको तिलोत्तमा नगरपालिकाको ड्राईभरटोल चोकमा  लु ४९ प २२३० नम्बरको मोटरसाइकललाई ना ६ ख ८१६१ नम्बरको ट्रकले ठक्कर दिएको थियो । दुर्घटनामा सहकारी बैंकका सञ्चालक, शिक्षा, तालिम तथा सम्मान उप–समितिका संयोजक तिलोत्तमा नगरपालिका शंकरनगर निवासी देवकोटा र सोही नगरपालिका वडा नं २ जानकी नगर बस्ने यादा क्षेत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

तिलोत्तमा बहुमुखी सहकारी संस्था लिमिटेडले सञ्चालन गरेको मल विक्रीका लागि सुध्योधनस्थित मानपकडी सेवा केन्द्र जाने क्रममा देवकोटा सवार मोटरसाइकललाई ट्रकले ठक्कर दिएको स्थानीयले बताएका छन् । देवकोटा तिलोत्तमा बहुमुखी सहकारी संस्था लि.का अध्यक्ष हुनुहुन्थ्यो । २०७५ सालदेखि राष्ट्रिय सहकारी बैंकको सञ्चालक रहनुभएका देवकोटा पहिलो कार्यकालमा बैंकको सूचना, सञ्चार तथा प्रविधि उपसमितिको संयोजक हुनुहुन्थ्यो भने हाल शिक्षा, तालिम तथा सम्मान उपसमितिको संयोजक हुनुहुन्थ्यो । बिभिन्न सामाजिक तथा पेशागत संघ संस्थामा आवद्ध देवकोटा तिलोत्तमा उद्योग बाणिज्य संघका सल्लाहकार समेत हुनुहुन्थ्यो । सहकारी अभियन्ता देवकोटाको निधनबाट सहकारी अभियान स्तब्ध बनेको छ । उहाँको असामयिक निधनप्रति अभियानको विभिन्न तह र तप्काबाट शब्द श्रद्धाञ्जली व्यक्त गरिएका छन् । नेफ्स्कून परिवार स्वर्गीय देवकोटाको निधनप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै मृत आत्माको चिर शान्तिको कामनासहित शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछ । 

भर्खरै
गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता
गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता

१ दिन अगाडि

उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

२ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम कार्यान्वयनका लागि नेफ्स्कून र संगम आयआर्जन साकोसबीच सम्झौता 
नेफ्स्कूनको स्क्यान कार्यक्रम कार्यान्वयनका लागि नेफ्स्कून र संगम आयआर्जन साकोसबीच सम्झौता 

२ दिन अगाडि

कालीमाटी स्थित तरकारी फलफूल साकोस र नेफ्स्कूनबीच स्क्यान तथा एक्सेस कार्यक्रम सञ्चालनका लागि सम्झौता 
कालीमाटी स्थित तरकारी फलफूल साकोस र नेफ्स्कूनबीच स्क्यान तथा एक्सेस कार्यक्रम सञ्चालनका लागि सम्झौता...

३ दिन अगाडि

नेफ्स्कूनका १५ जना अधिकृतहरूलाई उद्यम–उद्यमी म्याट्रिक्स तथा नक्साङ्कन सम्बन्धी अनुशिक्षण
नेफ्स्कूनका १५ जना अधिकृतहरूलाई उद्यम–उद्यमी म्याट्रिक्स तथा नक्साङ्कन सम्बन्धी अनुशिक्षण

५ दिन अगाडि

सहकारी सुदृढीकरणमा जोड दिँदै सुर्खेतमा सहकारी शिक्षा तथा सदस्यसँग छलफल कार्यक्रम सञ्चालन
सहकारी सुदृढीकरणमा जोड दिँदै सुर्खेतमा सहकारी शिक्षा तथा सदस्यसँग छलफल कार्यक्रम सञ्चालन

५ दिन अगाडि

व्यवसाय विकास सेवा कार्यक्रम सञ्चालन कार्यविधि निर्माणमा सहजीकरण 
व्यवसाय विकास सेवा कार्यक्रम सञ्चालन कार्यविधि निर्माणमा सहजीकरण 

६ दिन अगाडि

विश्व ऋण परिषदद्वारा एशिया र अफ्रिकाका साकोसहरूलाई विशेष सहजीकरण
विश्व ऋण परिषदद्वारा एशिया र अफ्रिकाका साकोसहरूलाई विशेष सहजीकरण

६ दिन अगाडि

लोकप्रिय
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

२ दिन अगाडि

गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता
गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता

१ दिन अगाडि

Notice
Notice

१० दिन अगाडि

स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 
स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 

२६ दिन अगाडि

स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड
स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड

२३ दिन अगाडि

हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३४ दिन अगाडि

नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न

३४ दिन अगाडि

विकू साकोसमा एक्सेस स्थलगत सुपरिवेक्षण सम्पन्न 
विकू साकोसमा एक्सेस स्थलगत सुपरिवेक्षण सम्पन्न 

२७ दिन अगाडि

पाठकबाट थप