प्रभात दिदीबहिनी साकोसको प्राथमिकता सदस्यता तथा पुँजी वृद्धि
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
प्रभात दिदीबहिनी साकोसको प्राथमिकता सदस्यता तथा पुँजी वृद्धि

चितवन । भरतपुर–१२ स्थित प्रभात दिदीबहिनी बचत तथा ऋण सहकारी संस्था लि.की नवनिर्वाचित अध्यक्ष साधना श्रेष्ठ पोखरेलले संस्थाको प्राथमिकता सदस्यता तथा पुँजी वृद्धि भएको बताउनुभएको छ । उहाँले संस्थाको हाल कायम कार्यक्षेत्रभित्र सदस्य संख्या बढाउने र पुँजी वृद्धि गर्ने कामलाई नयाँ सञ्चालक समितिले प्राथमिकताको पहिलो नम्बरमा राखेको जानकारी गराउनुभयो । गत कार्तिक २४ गते सम्पन्न प्रभात दिदीबहिनी साकोसको २५औं वार्षिक साधारण सभाबाट निर्विरोध अध्यक्ष निर्वाचित हुनुभएकी पोखरेलले साकोस आवाजसँग कुरा गर्दै नयाँ सञ्चालक समिति सशक्त बनेको दाबी गर्नुभयो ।

उहाँले सञ्चालक समिति तथा व्यवस्थापनको साथ सहयोगमा सदस्य वृद्धि र पुँजी बिस्तारको लक्ष्य पूरा हुने विश्वास समेत व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘अबको हाम्रो योजना कार्यक्षेत्र बिस्तार तथा सेवा केन्द्र बिस्तार होइन, सदस्य बिस्तार तथा पुँजी वृद्धि हो ।’ सदस्यहरुको बचत सुरक्षाका लागि ऋण लगानीलाई थप व्यवस्थित बनाउने तथा भाखा नाघेको ऋण न्यून गर्ने नीति कडाइका साथ अवलम्बन गरिने पनि अध्यक्ष पोखरेलले बताउनुभयो । उहाँले सदस्यहरुको भावनाको कदर  एंव बचतको पूर्ण सुरक्षाको प्रत्याभूतिमार्फत संस्थाको उन्नति प्रगतिको लागि सम्पूर्ण समिति इमानदार भएर लाग्ने बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘प्रभात दिदीबहिनीको संस्थागत सक्षमता अभिवृद्धि गर्न सञ्चालक समिति डटेर लाग्छ ।’ २ कार्यकाल सचिव रहनुभएकी नवनिर्वाचित अध्यक्ष पोखरेलसँग ३० वर्ष बैंकिङ क्षेत्रमा काम गरेको अनुभवसमेत रहेको छ । साकोसको नवनिर्वाचित सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिको पद हस्तान्तरण कार्यक्रम हिजो सम्पन्न भएको थियो । आफ्ना भूमिका र जिम्मेवारीप्रति सञ्चालक तथा लेखा सुपरिवेक्षण समिति सजग,अनुभवी र प्रशिक्षित भएकाले अवश्य लक्ष्यमा पुगिने दाबी गर्नुभयो ।

प्रभात दिदीबहिनी साकोको कार्तिक २४ गते सम्पन्न २५ औँ वार्षिक साधारण सभाले पोख्रेलको अध्यक्षतामा ११ सदस्यीय सञ्चालक समिति तथा अम्बिका पौडेलको संयोजकत्वमा लेखा सुपरिवेक्षण समिति निर्विरोध निर्वाचित गरेको थियो । साकोसको उपाध्यक्षमा पुष्पा सुवेदी, सचिवमा मञ्जु पौडेल, कोषाध्यक्षमा शोभा पाण्डे र सहसचिवमा लक्ष्मी कार्की चयन हुनुभएको थियो भने सञ्चालक सदस्यमा शान्ता अधिकारी, कमला पौडेल, विन्दु घिमिरे, गायत्री श्रेष्ठ, रूपकली पौडेल र देवी कार्की चयन हुनुभएको थियो । यसैगरी, लेखा सुपरिवेक्षण समिति सदस्यमा बिन्दु पौडेल तथा बिष्णु रायमाझी सर्वसम्मत हुनुभएको थियो ।

साधारण सभाको उद्धघाटन सत्रमा कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायण अधिकारीले केही सहकारीहरूले आर्थिक हिनामिना गरेका कारण धेरै सहकारीलाई असर परेको बताउनुभयो ।  ‘सहकारी भनेको सारथी हो, सबै सहकारीहरुलाई एउटै घानमा हालेर हेर्न मिल्दैन’, उहाँले भन्नुभयो । 

कार्यक्रममा नेफस्कूनकी उपाध्यक्ष शान्ति अधिकारीले बदलिदो समय अनुसार संस्थाका सेयर सदस्यहरूरुले आफूलाई पनि अनुकूल बनाउन सक्नुपर्ने आवश्यकता औल्याउनुभयो । साकोसकी पूर्व अध्यक्ष समेत रहनुभएकी अधिकारीले आधुनिक प्रविधिमा सहकारीहरू जाँदै गरेकोले त्यसको प्रयोग गर्न सेयर सदस्यहरुलाई आग्रह गर्नुभयो  । उपाध्यक्ष अधिकारीले महिलाद्वारा सञ्चालित सहकारीहररू धेरै अगाडि बढिसकेको भन्दै महिलाको नेतृत्त्व र क्षमता विकासमा सहकारीले अहम् भूमिका खेलेको जिकिर गर्नुभयो ।

कार्यक्रममा बागमती प्रदेश बचत तथा ऋण सहकारी लिमिटेडका सञ्चालक एवं हाम्रो चितवन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तेजेन्द्रबहादुर खड्काले आफू बसेको सहकारीको आर्थिक मजबूत बनाउनुपर्ने बताउनुभयो । केही सहकारीहरूले बदमासी गरेपनि धेरै सहकारीहरू राम्रो रहेको उहाँले उल्लेख गर्नुभयो ।  

साकोसको शरदपुर शाखाबाट कात्तिक २० गतेदेखि इकाइ साधारण सभा सुरु भएको थियो । सभा लक्ष्मीपुर सेवाकेन्द्र, शक्क्तिखोर सेवाकेन्द्र, मुख्य शाखा हुँदै २४ गते सम्पन्न भएको थियो । सभा विमला न्यौपाने ज्ञवालीको अध्यक्षता सम्पन्न भएको थियो । कार्यक्रममा सल्लाहकार भगवती घिमिरेले महिलाद्वारा सञ्चालित सहकारी सधै सफल हुने बताउनुभएको थियो । उहाँले सक्षम नेतृत्व सहकारीमा रहेको भन्दै सहकारीप्रति महिला दिदीबहिनीहरूको आकर्षण बढेको दाबी गर्नुभयो ।

२०५२ साल माघ ६ गते स्थापना भएको प्रभात दिदीबहिनी साकोसमा हाल ४ हजार ७ सय १८ सदस्य छन् भने करिब १ हजार बालबचतकर्ता छन् । करिब ३३ करोडको कुल सम्पत्ति रहेको संस्थाका २ वटा सेवा केन्द्र, एउटा बचत संकलन केन्द्र तथा ३ वटा घुम्ती बचत संकलन केन्द्र छन् । संस्थामा कार्यरत १५ जना कर्मचारीले भरतपुर महानगरपालिकाको २९ वटै वडा तथा कालिका नगरपालिकाको ११ वटै वडाभरका सदस्यहरुलाई सेवा प्रवाह गर्दै आएका छन् । दुई पटक साकोसहरुका लागि राष्टिय मान्यता प्राप्त प्रोबेसन ब्राण्ड प्राप्त गरेको प्रभात दिदीबहिनी साकोस हाल एशियाली ऋण महासंघ अकूले विकास गरेको तथा नेफ्स्कूनले प्राविधिक सहजीकरण गरेको एक्सेस स्तरीकरण कार्यक्रममा सहभागी छ ।

भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

२० घण्टा अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

१ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन
सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

२ दिन अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

३ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

८ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

७ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१५ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

पाठकबाट थप