ग्रामीण साकोस सल्यानको 'नेतृत्व क्षमता विकास' तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
ग्रामीण साकोस सल्यानको 'नेतृत्व क्षमता विकास' तालिम सम्पन्न

सल्यान । ग्रामीण साकोस सल्यानको आयोजना तथा नेफ्स्कूनको प्राविधिक सहयोगमा मंसिर ४ र ५ गते 'नेतृत्व क्षमता विकास तालिम' सञ्चालन गरिएको छ । संस्थाको सभाहलमा आयोजित तालिममा साकोसको संचालक समिति, लेखा सुपरिवेक्षण समिति, उपसमिति तथा उच्च व्यवस्थापनको सहभागिता थियो । 

साकोसको नवनिर्वाचित सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति तथा नवगठित उपसमितिको सक्षमता विकासको लागि तालिम आयोजना गरिएको हो  । ग्रामीण साकोसमा २०८० साल असोज २३ गते नयाँ सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समिति निर्वाचित भएको थियो । यसैगरी, नयाँ सञ्चालक समितिले विभिन्न उपसमितिहरु पनि गठन गरेको थियो । नवनिर्वाचित समिति तथा नवगठित उपसमितिहरुलाई आफ्नो जिम्मेवारीसँगै साकोसमा नेतृत्वको भुमिका विषयमा जानकारी गराउन तालिम राखिएको हो । ग्रामीण साकोसले नीति, विधि र प्रविधिमार्फत सदस्यहरुलाई गुणस्तरीय सेवा प्रदान गरी उनीहरुको आर्थिक, समाजिक तथा साँस्कृतिक विकासमा सहयोग पुर्याउने उद्देश्य लिएको छ ।   

तालिम उद्घाटन कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष लक्षमण कुमार राईले गर्नुभएको थियो भने जिल्ला सहकारी संघ लि. सल्यानका अध्यक्ष केशव श्रेष्ठ प्रमुख अतिथि रहनुभएको थियो । तालिम सहजिकरण नेफ्स्कूनका तालिम अधिकृत कोमल राज अधिकारीले गर्नुभएको थियो । संस्थाका उपाध्यक्ष धिरज रावतले स्वागत मन्तव्य राख्नुभएको उद्घाटन कार्यक्रम संस्थाकी प्रबन्धक शान्ता राईले सञ्चालन गर्नुभएको थियो । 

विगत ६ वर्ष देखि निरन्तर प्रोवेसन ब्राण्ड प्राप्त समुदायमा आधारित र सदस्य केन्द्रीत ग्रामीण साकोस हाल एक्सेस स्तरीकरण कार्यक्रममा आबद्ध छ ।  २७ करोड १५ लाख कूल सम्पत्ति रहेको साकोसमा ८ जना कर्मचारीले २२६७ सदस्यलाई सेवा प्रवाह गरिरहेका छन् । साकोससँग हाल २ करोड ९४ लाख (१०.८४ प्रतिशत) संस्थागत पुँजी रहेको छ  । बलियो संस्थागत पुँजी बलियो साकोसको द्योतक मानिन्छ ।

साकोसका अध्यक्ष राईले ले ग्रामिण साकोस नीति, विधि र प्रविधिमार्फत संचालन भएको दाबी गर्नुभयो । उहाँले सदस्यहरुको बचतको सुरक्षा गर्दै उनीहरुको आर्थिक जिवनस्तर उकास्ने कार्यमा लागिरहेको अवस्थामा नयाँ निर्वाचित समिति तथा उपसमितिहरुलाई काम, कर्तव्य र अधिकारका विषयमा जानकारी गराउन तालिम आयोजना गरिएको भन्दै यसले संस्थालाई वित्तीय रुपमा सुरक्षित गर्दै सदस्यलाई गुणस्तरिय सेवा प्रदानमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।  

तालिमका सहभागीहरुले सिकाइलाई व्यवहारमा उतार्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । उहाँहरुले समिति तथा उपसमितिको भूमिकाबारे प्रष्ट भएको भन्दै तिनकै आधारमा सदस्यमैत्री साकोस सञ्चालनमा आ-आफ्नोतर्फबाट सशक्त भूमिका निर्वाह गर्ने बताउनुभयो ।

भर्खरै
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

१६ घण्टा अगाडि

नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता
नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता

१७ घण्टा अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

२ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

३ दिन अगाडि

ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध
ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध

३ दिन अगाडि

नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न
नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न
नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न

४ दिन अगाडि

लोकप्रिय
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

१६ घण्टा अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

२ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

३ दिन अगाडि

सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न
सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न

५ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा
नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा

४ दिन अगाडि

किसान साकोसमा तीन दिने कृषक व्यवसाय खेल तालिम सञ्चालन
किसान साकोसमा तीन दिने कृषक व्यवसाय खेल तालिम सञ्चालन

७ दिन अगाडि

नेफ्स्कूनद्वारा सिर्जनशिल महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सिर्जनशिल महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

१४ दिन अगाडि

पाठकबाट थप