रामेछाप । मन्थलीमा अवस्थित नवजागरण बचत तथा ऋण सहकारी संस्था लि. राष्टिय कर दिवस २०८० को अबसरमा सम्मानित भएको छ । रामेछाप जिल्लाको बैंक तथा वित्तीय संस्थातर्फ आव २०७८/०७९ मा सबै भन्दा बढी आयकर दाखिला गर्ने संस्थाको रुपमा नवजागरण साकोस सम्मानित भएको हो ।
यस आर्थिक बर्षको कार्तिक मसान्तसम्म संस्थाको शेयर पुँजी ४ करोड ७६ लाख ५० हजार, जगेडा कोष ६ करोड ४० लाख ७९ हजार, अन्य कोषहरु १ करोड ४३ लाख ५१ हजार, बचत संकलन ५१ करोड ९८ लाख ७२ हजार र ऋण लगानी ३९ करोड २२ लाख ६२ हजार रहेको छ । संस्थाले प्रकाशित गरेको वित्तीय विवरण अनुसार कुल संस्थागत पुँजी ६ करोड ५५ लाख २१ हजार, तरलता रकम २ करोड ८६ लाख ४१ हजार र कुल सम्पत्ति ६८ करोड ३१ लाख २९ हजार रहेको छ । संस्थामा हाल ९ हजार ५ सय २२ सदस्य आवद्ध छन् । यसैबीच, साकोसले करदाता सेवा कार्यालय मन्थलीप्रति आभार प्रकट गर्नुका साथै सेयर सदस्यहरु, संचालक समिति, लेखा सुपरिवेक्षण समिति, उपसमिति र कर्मचारीहरुलाई पनि धन्यवाद प्रदान गरेको छ ।
२३ घण्टा अगाडि
२ दिन अगाडि
३ दिन अगाडि
४ दिन अगाडि
५ दिन अगाडि
६ दिन अगाडि
७ दिन अगाडि
७ दिन अगाडि
४ दिन अगाडि
३ दिन अगाडि
६ दिन अगाडि
७ दिन अगाडि
११ दिन अगाडि
१४ दिन अगाडि
८ दिन अगाडि
११ दिन अगाडि