३ दशकपछि आफ्नै भवनबाट सेवाः आलापोटस्थित सहयोगी साकोस
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
३ दशकपछि आफ्नै भवनबाट सेवाः आलापोटस्थित सहयोगी साकोस

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–२ आलापोट (कृष्णचौर) स्थित सहयोगी बचत तथा ऋण सहकारी संस्था लि.ले २०८० मंसिर ४ गतेदेखि आफ्नै भवनबाट सदस्य सेवा प्रवाह सुरु गरेको छ । ३० वर्षको लामो इतिहास बोेकेको एउटा बचत तथा ऋण सहकारीले सदस्यहरुको विश्वास जित्दै विभिन्न आरोह अवरोहसहित आजको स्थितिमा आइपुग्नुलाई ठूलो सफलता मानेको छ । शहर केन्द्रीत सहकारीहरुमा समस्या आइरहेको अवस्थामा पनि सदस्यहरुको विश्वास, सञ्चालकहरुको योगदान र कर्मचारीको लगनशीलताको आधारशिलामा संस्थाले दरिलो खुट्टा टेकेको हो । गत मंसिर ४ मै सम्पन्न साकोसको २९औं वार्षिक साधारणसभाबाट दोस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित रामेश्वर श्रेष्ठले साकोस आवाजसँग खुसी साट्नुभयो, ‘आफ्नै स्रोतबाट भवन निर्माण गरी सेवा प्रवाह गर्न पाउँदा गौरवानुभूति भएको छ । यसको सबैभन्दा ठूलो श्रेयको हकदार हाम्रा सदस्यहरु नै हुन् । सदस्यहरुकै विश्वासले यो भवन बनेको हो ।’

स्मरणीय इतिहास

२०५० सालतिरको कुरा हो । आलापोटका स्थानीय युवाहरुको अग्रसरतमा एउटा सामाजिक संस्था स्थापना भएको थियो–भगवान युवा क्लब । सोही क्लबमा आबद्ध जुझारु युवाहरुको समूहले नियमित बचतको बानी विकास गर्ने सोच बनाए । छलफल पछि उनीहरुले बचतको बानीलाई संस्थागत आकार दिन सहकारी रोजे । फलस्वरुप २०५० साल मंसिर ४ गते विधिवत स्थापना भयो–सहयोगी बचत तथा ऋण सहकारी संस्था लि । ४३ जना सदस्यबाट प्रतिव्यक्ति १ सय रुपैयाँ संकलन गरी संस्था स्थापना भएको इतिहास स्मरण गर्नुहुन्छ अध्यक्ष रामेश्वर श्रेष्ठ । क्लबकै एउटा कोठाबाट सहकारी संस्थाको काम सुरु गरेको सहयोगी साकोस यही मंसिरबाट ३ आना क्षेत्रफलमा फैलिएको ६ तल्ले भवनमा सरेको छ ।

सदस्यहरुका भावना मिश्रित भवन

अध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘ढुङ्गा, माटो, फलाम, गिटी, सिमेन्ट, आदिसँगै यो भवनसँग सबै सदस्यका सद्भावनाहरु जोडिएका छन् । यो भवन हिजो हाम्रो भिजन थियो ।’ २०७६ सालमा खरिद गरेको जग्गामा २०७६ साल कार्तिक २८ गते भवन निर्माण शिलान्यास गरिएको थियो । ‘शिलान्यास गरेपनि निरन्तर निर्माणको काम भने हामीले २०७८ साल कार्तिकबाट सुरु गर्यौं, ’अध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘बीचमा कोभिडले केही ढिला भयो तर विभिन्न समस्याका बाबजूद २०८० सालमा हामीले भवन निर्माण सम्पन्न गरेरै छोड्यौं ।’ बेसमेन्टसहित ५ तला रहेको भवनका ९ वटै कोठा (२ वटा सटरसहित) कार्यालय प्रयोजनकै लागि उपयोग गरिने छ । ‘भवनले हामीलाई नयाँ उर्जा, आँट र सदस्य सेवामा थप प्रतिबद्ध भएर लाग्ने जाँगर दिएको छ, ’उहाँले भन्नुभयो, ‘यो सदस्यहरुको भवन हो । यो भवन दिगोपनाको परिचायक हो ।’ भाडामा रहँदाका दुःख, खर्च र अस्थिरता अब समाप्त भएको अध्यक्ष श्रेष्ठले दाबी गर्नुभयो । 

सहयोगीका ‘सहयोगीहरु’

संस्थाका प्रबन्धक महेश श्रेष्ठका अनुसार हाल साकोसमा ७ हजार ६ सय ९४ सदस्य छन् जसमध्ये महिलाहरु बढी छन् । ५ हजार ६ सय ७७ महिला रहेको साकोसमा २ हजार १२ जना पुरुष सदस्यका रुपमा आवद्ध छन् । १२ सय २२ जना बालबचतकर्ता छन् । ६० करोड १५ लाखको कूल सम्पत्ति रहेको साकोसले बिना कुनै बाह्य ऋणको भार सदस्यहरुको सहयोग, सद्भाव र जगेडा कोषको बलमा भवन निर्माण सम्पन्न गरेको प्रबन्धक महेश श्रेष्ठले जानकारी गराउनुभयो । संस्थामा हाल १५ जना कर्मचारी छन् ।

स्थापनाकै वर्ष नेफ्स्कूनमा आबद्ध सहयोगी साकोसले २०८० मंसिर ४ गते ३०औं स्थापना दिवस मनाएको छ । उक्त पुनित अवसरमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता चौधरीले नवनिर्मित भवनको उद्घाटन गर्नुभएको थियो । संस्थाका अध्यक्ष रामेश्वर श्रेष्ठको सभापतित्व तथा मन्त्री चौधरीको प्रमुख आतिथ्यमा संस्थाले २९औं बार्षिक साभारण सभा समेत सम्पन्न गरेको छ । कार्यक्रममा नेफ्स्कूनका कोषाध्यक्ष दिपक पनेरु तथा सञ्चालक सदस्य माधवप्रसाद जोशी पनि बिशिष्ट अतिथि रहनुभएको थियो ।

सभामा संस्थाका अध्यक्ष श्रेष्ठले आर्थिक वर्ष २०७९।८० को बार्षिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष २०८०।८१ को नीति तथा कार्यक्रम, कोषाध्यक्ष अन्जित कुमार श्रेष्ठले आर्थिक वर्ष २०७९।८० को आर्थिक प्रतिवेदन, आर्थिक वर्ष २०८०/८१ को लागि अनुमानित आय ब्यय र बार्षिक बजेट पेश गर्नुभएको थियो । त्यसैगरी, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन समितिका सदस्य राजेश श्रेष्ठले, ऋण उप समितिको प्रतिवेदन संचालक रामहरी थापा, शिक्षा उप समितिको प्रतिवेदन संचालक कर्साङ लामा र महिला उप समितिको प्रतिवेदन संचालक सुनिता अधिकारीले प्रस्तुत गर्नुभएको थियो । सभामा आ व २०७९।८० का उत्कृष्ट बचतकर्ता, ऋणी सदस्य, बाल वचतकर्ता, दैनिक बचतकर्ता, उत्कृष्ट कर्मचारी र लघुवित्त तर्फ उत्कृष्ट बचतकर्तालाई नगद तथा प्रमाण पत्रसहित सम्मान गरिएको थियो।

भर्खरै
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

२२ घण्टा अगाडि

नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता
नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता

२३ घण्टा अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

२ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

३ दिन अगाडि

ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध
ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध

३ दिन अगाडि

नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न
नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न
नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न

४ दिन अगाडि

लोकप्रिय
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

२२ घण्टा अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

२ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

३ दिन अगाडि

सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न
सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न

५ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा
नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा

४ दिन अगाडि

किसान साकोसमा तीन दिने कृषक व्यवसाय खेल तालिम सञ्चालन
किसान साकोसमा तीन दिने कृषक व्यवसाय खेल तालिम सञ्चालन

७ दिन अगाडि

नेफ्स्कूनद्वारा सिर्जनशिल महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सिर्जनशिल महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

१४ दिन अगाडि

पाठकबाट थप