टुगा आस्था विकास साकोसमा सर्वसम्मत सञ्चालक समिति 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
टुगा आस्था विकास साकोसमा सर्वसम्मत सञ्चालक समिति 

भैरहवा । रुपन्देहीको टुगा आस्था बिकास बचत तथा ऋण सहकारी संस्था लि. को पाँचौ वार्षिक साधारण सभा २०८० को निर्णय प्रमाणित तथा सपथ ग्रहण कार्यक्रम ओमसतिया-१ ठुटीपिपलस्थित केन्द्रीय कार्यालयमा हिजो सम्पन्न भएको छ । साकोसको वार्षिक साधारण सभाले डी.बि. थापाको अध्यक्षतामा १५ सदस्य संचालक समिति र रतन बहादुर भण्डारीको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति निर्वाचित गरेको थियो । लुम्बिनी प्रदेश बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष कृष्ण प्रसाद नेपाल प्रमुख अतिथि रहनुभएको समारोहमा २२ जना उत्कृष्ट बचतकर्ता र उत्कृष्ट कारोबार गर्ने सेयर सदस्यलाइ सम्मान गरिएको थियो ।

यस्तै, पिएचडी उपाधि हासिल गर्नु भएका सेयर सदस्य डा. शालिकराम भण्डारी र एमफिल तहको शिक्षा हासिल गर्नु भएका हरि प्रसाद गैरेलाइ टुगा विशिष्ट शैक्षिक सम्मानद्वारा सम्मान गर्नुको साथै चिकित्साशास्त्रमा एमडी, एमबिबिएस, बिडीएस उत्तीर्ण गर्नु भएका ५ जना र सेयर सदस्य तथा सदस्यको छोराछोरीलाइ टुगा शैक्षिक सम्मान प्रदान गरिएको छ । अन्तर्राष्ट्रिय क्रिकेट एम्पायर एवम् सेयर सदस्य संजय गुरुङलाइ खेलाडी सम्मान सहित केन्द्रीय कार्यालय मर्मत निर्माणमा उल्लेखनीय भूमिका निर्वाह गरे वापत नर बहादुर क्षेत्रीलाइ सम्मान गरिएको थियो । ५४ जना प्रतिनिधि सदस्य तथा माइन्युट प्रमाणित प्रतिनिधिको उपस्थितिमा विनियम संशोधन प्रस्तावित सहित कार्यसूचीमा रहेका १० वटा प्रस्तावहरुलाई सर्वसम्मतिले पारित गरेको छ ।

प्रमुख अतिथि नेपालले पहिलेका सहकारीहरु सीप र ज्ञान विना संचालनमा हुने गर्थे भने अब सहकारी मूल्य मान्यता अनुसार नीति, बिधि र प्रविधि अनुसार संचालन गर्न सकिएन भने जोखिम आउने बताउँदै टुगा आस्था बिकास साकोसले सहकारी मूल्य, मान्यता, विधि र प्रविधि अपनाएको हुदाँ जोखिम नरहेकोले ढुक्क भएर कारोबार गर्न आग्रह गर्नुभयो । उहाँले संस्थाको उत्तरोत्तर प्रगतिको शुभकामनासमेत व्यक्त गर्नु भयो ।

विशिष्ट अतिथि डा. खगराज शर्माले अब सहकारीहरु उत्पादनसँग जोडिनु पर्ने औल्याउँदै लुम्बिनी विशिष्टीकृत सहकारी संघले दुग्ध परियोजनाको उत्पादन गर्न गैरहेकोले टुगा आस्थाले आफ्ना सदस्यलाइ लगानी गर्न सुबिधा दिएकोले सबै सदस्यलाइ लगानी गर्न आव्हान गर्नु भएको थियो ।

नवनिर्वाचित पदाधिकारीलाइ निर्वाचन संयोजक भरतराज भूसालले सपथग्रहण र प्रमाण पत्र प्रदान गर्नु भएको थियो भने कार्यक्रम संचालन सचिव जित बहादुर रास्कोटीको थियो तथा स्वागत मन्तव्य उपाध्यक्ष परसुराम बास्तोलाको रहेको थियो । साकोसमा ६ हजार बढी सेयर सदस्य छन् ।

नवनिर्वाचित सञ्चालक समिति 

अध्यक्ष; डी.बि. थापा, तिनपा-१६

उपाध्यक्ष; परसुराम बास्तोला, ओमसतिया-१

सचिव; शारदा देवी पौडेल, ओमसतिया-१

कोषाध्यक्ष; लाल बहादुर थापा, ओमसतिया-३

संचालक; गोकुल पोखरेल, ओमसतिया-३

संचालक; तुल्सी प्रसाद थारु, तिनपा-१५,

संचालक; धनराज शर्मा, सियारी-१

संचालक; शशिकला गुरुङ, तिनपा-१५

संचालक; रानुका भण्डारी, तिनपा-१४

संचालक; भुवन सिंह थापा, ओमसतिया-१

संचालक; चिन्तामणि घर्ति, ओमसतिया-१

संचालक; चन्द्रमाया थापा, ओमसतिया-१,

संचालक; चन्द्रावती रायमाझी, ओमसतिया-२,

संचालक; जंग बहादुर मल्लाह, तिनपा-१६,

संचालक; थानेश्वर पाण्डेय, सिनपा-८

लेखा सुपरिवेक्षण समिति संयोजक;  रतन बहादुर भण्डारी, तिनपा-१३,

सदस्य; कृष्ण गुरुङ, ओमसतिया-१

सदस्य; बिमला केसी थारु, तिनपा-१३ 

भर्खरै
बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

१७ घण्टा अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

१ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

२ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न
श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

५ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

५ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

६ दिन अगाडि

धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 

६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

२ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

५ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

६ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१३ दिन अगाडि

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

७ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

पाठकबाट थप