भक्तपुर जिल्ला बचत संघको १९औं बार्षिक साधारण सभा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
भक्तपुर जिल्ला बचत संघको १९औं बार्षिक साधारण सभा सम्पन्न

भक्तपुर । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को १९औं बार्षिक साधारण सभा मंसिर ९ गते सम्पन्न भएको छ । संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुको अध्यक्षतामा सम्पन्न सभामा प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे रहनुभएको थियो भने नेफ्स्कूनका अध्यक्ष परितोष पौड्याल, उपाध्यक्ष शान्ती अधिकारी लगायत अतिथि रहनुभएको थियो ।

सभाको मुख्य सत्रमा संघका सचिव जगनाथ प्रजापतिले संघको आर्थिक वर्ष २०७९।८० को बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै १५ प्रतिशत लाभांश र संरक्षित पुजी फिर्ताको प्रस्ताव पेश गर्नुभएको थियो ।सभाको उद्घाटन सत्रका प्रमुख अतिथि बिजुक्छेले सहकारीले नाफा घाटा भन्दा सदस्यको जीवन परिवर्तनका लागि काम गर्नुपर्ने बताउनुभयो । यसको लागि सहकारीले उत्पादनमूलक उद्योग, कृषि, उपभोक्ता पसल आदि रोजगारी सिर्जनाको क्षेत्रमा ध्यानदिनुपर्ने उहाँको भनाइ थियो । उहाँले सहकारीमा एक गाउँको आवश्यकता अर्को गाउँसँग फरक हुने भएकोले केन्द्रीकृत नीतिले काम नगर्ने विचार व्यक्त गर्नुभयो । उहाँले सहकारी किसान र न्यून आय भएका वर्गको उत्थानका लागि हुनुपर्ने धारणा समेत राख्नुभयो ।

नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले सहकारीका योगदानहरु संस्थागत हुन नसक्दा अभियानका ऐजेन्डाहरु छायामा परेको बताउनुभयो । सहकारीको दिशा स्पष्ट हुँदाहुदैँ पनि भ्रमित गर्ने कार्य भइरहे भन्दै चासो व्यक्त गर्नुभयो । यस्ता भ्रम चिर्न र सहकारी अभियानलाई बलियो पार्न सहकारी संघ संस्थाहरुको सञ्जाल व्यवस्थापन अपरिहार्य रहेको उहाँले उल्लेख गर्नुभयो । उहाँले सहकारीको बचत सुरक्षा गर्न, अभियानलाई बचाउन स्थिरीकरण कोषको आवश्यकतासमेत औल्याउनु भयो ।

राष्ट्रिय सहकारी महासंघका सञ्चालक सदस्य टेक प्रसाद चौलागाईले सदस्यले संस्था र संस्थाले सदस्यलाई चिन्न नसक्दा हालको समस्या सिर्जना भएको बताउनुभयो । उहाँले समस्यालाई अवसरको रुपमा लिई संघ संस्थालाई बलियो बनाउन सहकारी अभियान एकमत हुनुपर्ने बताउनुभयो । 

सभामा बागमती प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष उद्धव प्रसाद सापकोटाले सहकारीमा देखिएका समस्या तुलनात्मक रुपमा भक्तपुरमा कम रहेको र संघले सदस्य संस्थालाई सुशासनमा राख्न सक्षम रहेको बताउनुभयो । उहाँले सहकारी संस्थाका समस्याहरु समाधान गर्न अनुगमनलाई जोड दिनुपर्ने विचार राख्नुभयो । 

बचत संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले सहकारी क्षेत्र सुधार कार्यदलका सुझावहरु तत्काल कार्यान्वयनमा ल्याई सदस्यको बचत सुरक्षा गर्नुपर्नेमा जोड दिनुभयो । संघहरुले सहकारी सिद्धान्त, ऐन, नियम र आफ्नै विनियम पालनाको अवस्था अनुगमन गरेर मात्र सदस्यता प्रदान गरे अभियान शुद्धीकरण हुने धारणा राख्नुभयो । उहाँले लोभी बचतकर्ता, कमजोर नियमन र कमजोर सहकारी अभियानका कारण सहकारी क्षेत्रमा संकट देखिएको बताउनुभयो । संघका उपाध्यक्ष हरी बल्लले सहकारीमा सुशासनको पालना संघहरुबाटै शुरु गर्नुपर्ने विचार राख्नुभयो । बचत संघका निवर्तमान अध्यक्ष राधेश्याम सुवालले संघले हालको परिस्थितिमा पनि आर्थिक प्रगति गर्न सकेकोमा खुशी व्यक्त गर्दै सहकारी संस्थामा देखिएका विकृतिहरुको दीर्घकालीन समाधानका लागि संघहरु लाग्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

संघका कोषाध्यक्ष कान्छा भक्त घजुले आ.व. २०७९।८० को वित्तीय प्रगति प्रतिवेदन पेश गर्नुभयो । सभाले आ.व.२०७९।८० मा २ अर्व २२ करोड ७४ लाख ३९ हजारको वासलात र ३ करोड ४० लाख ५३ हजारको नाफा सहितको लेखापरिक्षण प्रतिवेदन पारित गरेको छ । साथै आगामी आ.व.२०८०।८१ मा संघको वासलात २ अर्व ४५ करोड ५ लाखको बजेट पारित गरेको छ । संघका लेखा सुपरिवेक्षण समितिका संयोजक बालमुकुण्द उपाध्यायले आ.व.२०७९।८० को लेखा सुपरिवेक्षण समितिको बार्षिक प्रतिबेदन पेश गर्नुभएको थियो ।

भक्तपुर बैंक्वेटमा आयोजित सभामा संरक्षित पुँजी फिर्ता कोष वितरणको कानूनी प्रबन्ध अनुरुप बचतको आधारमा अधिकतम योगदान गर्ने उपकार बचत तथा ऋण सहकारी संस्था लि., सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. र भक्तपुर गणेश बचत तथा ऋण सहकारी संस्था लि. तथा ऋणमा अधिकतम योगदान गर्ने बंगलामुखी बचत तथा ऋण सहकारी संस्था लि., संगम बचत तथा ऋण सहकारी संस्था लि. र अमरज्योति बचत तथा ऋण सहकारी संस्था लि. लाई संरक्षित पुँजी फिर्ता रकम सहित प्रशंसा पत्र प्रदान गरिएको थियो । सभामा संघमा आबद्ध २०२ वटा संस्थाहरुबाट १६१ जना प्रतिनिधि, ८ जना अतिथि, १६ जना पर्यवेक्षक र ९ जना कर्मचारी गरीे जम्मा १९४ जनाको उपस्थिति थियो । सभा संचालन संघका संचालक काजी बहादुर पञ्चले गर्नु भएको थियो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप