रौतहटको नवविकास साकोसले रक्तदान कार्यक्रमलाई निरन्तरता दिने
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
रौतहटको नवविकास साकोसले रक्तदान कार्यक्रमलाई निरन्तरता दिने

रौतहट । चन्द्रपुर नगरपालिकास्थित नवविकास बचत तथा ऋण सहकारी संस्था लि.ले प्रत्येक स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ । गत वर्ष स्थापना दिवस मंसिर १० बाट रक्तदान कार्यक्रम सुरु गरेको साकोसले आफ्नो ऐतिहासिक महत्वको उक्त अवसर पारेर आयोजना गरिने रक्तदान जस्तो पुनित सामाजिक कार्यलाई प्राथमिकतासहित आयोजना गर्ने जनाएको छ ।

साकोसले अब प्रत्येक स्थापना दिवसका अवसरमा रक्तदान कार्यक्रमलाई प्रमुख कार्यक्रमको रुपमा निरन्तरता दिने भएको छ । साकोसले स्थापना दिवस पूर्व मंसिर ८ गते आयोजना गरेको रक्तदान कार्यक्रममा ४२ जना पुरुष र बाँकी महिला गरी ४६ जनाले रक्तदान गरेका छन् । रक्तदाताहरुमध्ये २२ गैरसदस्य छन् । दुई वर्षमा गरी कुल १ सय २ पाउच (पाउण्ड) रगत संकलन भएको साकोसका व्यवस्थापक यज्ञ प्रसाइले जानकारी गराउनुभयो । यो वर्षमात्र ४६ पाउच रगत संकलन भएको उहाँले बताउनुभयो । अघिल्लो वर्ष रक्तदान गर्ने ११ जनाले यो पटक पनि रक्तदान गर्नुभएको छ । समयसमयमा विभिन्न अवसरमा रक्तदान गर्दै आउनुभएका संस्थाका सदस्य नवराज अधिकारीले १२औं पटक रक्तदान गरेको खुसी समेत साट्नुभयो ।

संस्थाले सामाजिक कार्यमा सहभागिता वृद्धि गर्न र अहिले धरैजसो दुर्घटना वा बिरामी हुदा रगत अभाव हुने गरेको भन्दै उक्त समस्या समाधानमा केही हदसम्म भएपनि सहयोग गर्न रक्तदान कार्यक्रमलाई उच्च प्राथमिकता दिएको व्यवस्थापक प्रसाइले बताउनुभयो ।

संकलित रकम नेपाल रेडक्रस सोसाईटी रक्त संचार सेवा केन्द्र गौरमा राखिने र आवश्यक पर्दा सोसाईटीको रौतहट शाखमा सम्पर्क गरी नेपालको जुनसुकै स्थानमा उपलब्ध गराउन साकोसले समन्वय गर्ने उहाँले बताउनुभयो । रक्तदान कार्यक्रम नेपाल रेडक्रस सोसाइटी रौतहट शाखासँगको समन्वयमा आयोजना गरिएको हो । २०६५ साल मंसिर १० गते ३५ जना सेयर सदस्यबाट स्थापित नवविकास साकोसमा हाल ३२ सय ३२ सदस्य छन् । नव विकास साकोस राष्ट्रिय कर दिवस २०८० को अवसरमा करदाता सेवा कार्यालय चन्द्रपुर बाट सेवा क्षेत्रमा सबै भन्दा बढी आयकर जम्मा गरेकोमा हालै सम्मानित समेत भएको छ । प्रोवेसन ब्राण्ड प्राप्त नवविकास साकोस नेफ्स्कून, राष्ट्रिय सहकारी बैंक लिमिटेड लगायत सहकारीका विभिन्न निकाय तथा नियामक निकायबाट समेत मधेश प्रदेशको उत्कृष्ट संस्था सम्मानित भैसकेको छ ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप