महाकाली र श्री हर्षित साकोसको संयुक्त साधारण सभा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
महाकाली र श्री हर्षित साकोसको संयुक्त साधारण सभा सम्पन्न

काठमाडौं महानगरपालिका वडा नं ३२ पुरानो सिनामंगलस्थित श्री हर्षित बचत तथा सहकारी संस्था लि. र कागेश्वरी मनोहरा नगरपालिका वडा नं ९ काँडाघारी अवस्थित महाकाली बचत तथा ऋण सहकारी संस्था लि.ले संयुक्त साधारणसभा सम्पन्न गरेका छन् । दुवै बचत तथा ऋण सहकारी संस्थाले बार्षिक साधारण सभामार्फत एकीकरण प्रस्ताव पारित गरेका थिए । सोही अनुरुप दुवै सहकारी संस्थाले एकीकरणमा जानका लागि हिजो संयुक्त साधारण सभा गरेका हुन् । 

संयुक्त साधारण सभाले महाकाली साकोसका अध्यक्ष बालकुमार बास्तोलाको अध्यक्षतामा ७ सदस्यीय तदर्थ समिति गठन गरेको छ । समितिको  उपाध्यक्षमा बिना पराजुली, सचिवमा हरिशरण सिवाकोटी, कोषाध्यक्षमा तिलक बहादुर खड्का र सदस्यहरुमा सागर कुमार घिमिरे, इन्द्र थापा तथा अन्जु दाहाल पोखरेल रहनुभएको छ । संस्थाको लेखा सुपरीवेक्षण समितिको संयोजकमा बिनोद पराजुली र सदस्यहरुमा कमल नेपाल र लाल बहादुर बस्नेत रहनुभएको छ ।

यसै महिना भित्र एकीकरण प्रक्रिया पुरा गरी संयुक्त कारोबार सञ्चालन गर्ने तयारी रहेको मर्जर कार्यदलका संयोजक बालकुमार बास्तोलाले बताउनुभयो । एकीकरण पछि संस्थाको नाम महाहर्षित बचत तथा ऋण सहकारी संस्था रहने छ । एकीकरण पछि संस्थाको कुल कारोबार १८ करोड ५० लाख पुग्ने छ भने शेयर पुँजी ५ करोड ६० लाख हुनेछ । त्यसैगरी बचत ११ करोड र ऋण लगानी १२ करोड ९१ लाख पुग्ने जनाइएको छ ।

९५ लाख जगेडा कोष रहेको उक्त संस्थाको ४ आना जग्गामा बनेको सुविधा सम्पन्न भवन रहेको छ । वित्तीय संकटका बीचमा पनि संस्थामा पर्याप्त तरलता रहेको छ । संस्थामा हाल ३ करोड २५ लाख तरलता रकम छ । एकीकरण पछि संस्थामा ६ सय ६६ सदस्य पुग्ने छन्। हर्षित साकोस २०६४ सालमा र महाकाली साकोस २०७७ सालमा स्थापना भएका हुन् । महाकाली साकोसको कारोबार १३ करोड रहेको छ भने हर्षित साकोसको कारोबार ५ करोड ६३ लाख रहेको छ ।

एकीकरण पछि संस्थाको मुख्य  कार्यालय मनोहरा बस्ती पुरानो सिनामगंल, पेप्सीकोलामा रहने छ भने सेवा केन्द्र मुलपानीमा सञ्चालन हुनेछ । साधारण सभामा कुल सदस्य संख्याको ८६ प्रतिशत सदस्यको उपस्थिति रहेको थियो । सहकारी मुल्य, मान्यता र सिद्धान्तलाई आत्मसात गर्दै अगाडी बढेको उक्त संस्थाले ‘समृद्ध जीवनका लागि सहकारी’ भन्ने मुल नारा तय गरेको छ । सभामा संस्थाका पूर्व अध्यक्ष देव प्रसाद गुँरागाई, जिल्ला सहकारी संघ काठमाडौका  सञ्चालक हेम बहादुर कार्की र नेपाल निर्माण व्यवसायी संघ काठमाडौका अध्यक्ष अचुतम कटुवालले शुभकामना मन्तव्य राख्नुभएको थियो ।  सभामा हर्षित साकोसका अध्यक्ष खडानन्द ढकालले स्वागत मन्तव्य राख्नुभएको थियो । 

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१८ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप