धनगढीको संगम साकोसद्वारा 'अतिथिरहित' साधारण सभा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
धनगढीको संगम साकोसद्वारा 'अतिथिरहित' साधारण सभा सम्पन्न

धनगढी । संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेड धनगढीको ११औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । हिजो आयोजित साधारण सभालाई नयाँ अभ्यासको रुपमा अतिथिरहित बनाइएको थियो । सभामा उपस्थित ज्येष्ठ सदस्य कमलसिंह साहुलाई प्रमुख अतिथि बनाइएको थियो । साधारण सभामा शेयर सदस्य बाहेक अतिथि आमन्त्रण नगरिएका कारण भाषण भन्दा छलफल बढी भएको सहभागीहरूको प्रतिक्रिया थियो । सहकारी अभियानमा फरक सन्देश दिन नयाँ शैलीमा साधारण सभा गरिएको साकोसका अध्यक्ष मनमोहन विष्टले बताउनुभयो । बचतसँगै सहकारीका सवालबारे सेयर सदस्यहरूसँग बृहत् छलफलका लागि नयाँ शैलीमा अतिथिरहित साधारण सभा सञ्चालन गरिएको उहाँको भनाइ थियो । 

संगम सहकारीले प्रत्येक वर्ष सदस्य सङ्ख्या वृद्धि गर्दै लगेका छ । साकोसका अध्यक्ष मनमोहन विष्टले संस्थाले सदस्यको सङ्ख्या वृद्धि सँगै वित्तीय स्रोतमा पनि सकारात्मक परिवर्तन गरेको जानकारी दिनुभयो । उहाँका अनुसार आर्थिक वर्ष २०७९र८० मा मात्रै ४ सय ५३ जना नयाँ सदस्य थप भई कूल सदस्य सङ्ख्या २ हजार १ सय ६८ पुगेको छ ।

कार्यक्रममा प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष विष्टले आर्थिक वर्ष २०७८र७९ सम्म शेयर पुँजी २ करोड ६९ लाख ८२ हजार रहेकामा आर्थिक वर्ष २०७९/८० मा ३ करोड ११ लाख २५ हजार पुगेको जानकारी गराउनुभयो । बचत बर्फ पनि आर्थिक वर्ष २०७८/७९मा २७ करोड ६ लाख ६१ हजार ३ सय ४८ रुपैयाँ ७३ पैसा रहेकोमा आर्थिक वर्ष २०७९/८० मा २९ करोड ४० लाख ५६ हजार ४ सय ९ रुपैयाँ ३५ पैसा पुगेको छ । सदस्यहरूको सुविधाका लागी सेवा केन्द्रहरूलाई थप व्यवस्थित गरिने, बचत नीतिलाई थप प्रभावकारी बनाइ नयाँ बचत योजनाहरू कार्यान्वयनमा ल्याइने लगायतका योजना अघि सारेको अध्यक्ष विष्टले बताउनुभयो । 

सहकारीको साधारण जगेडा कोषमा १ करोड ९२ लाख ६७ हजार ५ सय ७० रुपैयाँ जम्मा भएको छ । यस्तै अन्य कोषमा १ करोड २६ लाख २९ रुपैयाँ,कर्जा जोखिम व्यवस्था १ करोड २५ लाख ८५ हजार ५ सय ३२ रुपैयाँ,निक्षेप हिसाब संस्थामा बचत रहेको रकम २९ करोड ४० लाख ५६ हजार ४ सय ९ रुपैयाँ,कर्जा तथा सापटी ८ करोड ३८ लाख २२ हजार ८ सय १० रुपैयाँ,अन्य दायित्व तथा व्यवस्था २ करोड ८ लाख ८३ हजार १ सय ४८ रुपैयाँ गरी जम्मा दायित्व ४७ करोड ४३ लाख ४० हजार ७ सय रुपैयाँ रहेको संस्थाका कोषाध्यक्ष हेमराज पाण्डेयले जानकारी दिनुभयो । संगम सहकारीको कुल सम्पत्ति ४७ करोड ४३ लाख ४० हजार ७ सय पुगेको छ ।आर्थिक वर्ष २०८०⁄८१ मा शेयर पुँजी ३ करोड ५० लाख पुग्ने अनुमान गरिएको छ । यस्तै साधारण जगेडा कोष,अन्य कोषहरू,कर्जा जोखिम कोष, निक्षेप, वाह्यकर्जा र अन्य दायित्व तथा व्यवस्थाहरू गरी सम्पत्ति तथा जायजेथा ४७ करोड ४३ लाख ३४ हजारबाट ५९ करोड १५ लाख पुग्ने आँकलन गरिएको छ ।

साधारण सभामा सहकारीको ५ वर्षे वित्तीय आँकडा पनि प्रस्तुत गरिएको थियो  । आर्थिक वर्ष २०८०⁄८१ मा शेयर सदस्य सङ्ख्या २ हजार १ सय ६८ पुग्दा संगम सहकारीलाई १ करोड २० लाख खुद नाफा भएको छ । ३५ करोड ३० लाख ३४ हजार कर्जा लगानी गरिएको छ भने २९ करोड ४० लाख ५६ हजार रकम बचत छ । शेयर रकम भने ३ करोड ११ लाख २५ हजार २ सय छ ।

साधारण सभामा अध्यक्षले प्रस्तुत गरेको प्रतिवेदन, लेखा परीक्षण सम्बन्धी प्रतिवेदन, वार्षिक नीति कार्यक्रम र बजेट,लेखापरिक्षण नियुक्ति सँगै पारिश्रमिक,बाह्य कर्जा र शेयर लाभांश लगायतका विषयमा छलफल भएको थियो ।

सभामा समयमै सहभागी ३० जना शेयर सदस्यहरूलाई गोला प्रथाबाट पुरस्कृत गरिएको थियो । यस्तै फोन पे प्रयोग गर्ने सदस्यहरू मध्येबाट १५ जनालाई गोलाप्रथाद्धारा र फोन पे वाट उत्कृष्ट कारोबार गर्ने सदस्यहरुसँगै संस्थामा कार्यरत उत्कृष्ट कर्मचारीहरूलाई सम्मान गरिएको थियो। संस्थाका उपाध्यक्ष रघुवीर भट्टले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन संस्थाकी व्यवस्थापक बसन्ती कुमारी ऐरले गर्नुभएको थियो ।

संस्थामा आबद्ध सदस्यहरूको जीवनस्तर सुधार गरी समग्र समाजलाई आर्थिक सामाजिक र सांस्कृतिक रूपले संवृद्ध बनाउने उद्देश्यले २०६९ सालदेखि संगम सहकारी सञ्चालनमा आएको हो । धनगढी उपमहानगरपालिका ४ चटकपुरमा प्रधान कार्यालय रहेको संगम सहकारीले अत्तरिया, मसुरिया,फूलबारी, हसुलिया र धनगढी मोतिचोक गरी ५ वटा सेवा केन्द्र सञ्चालन गरेको छ ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप