कनकलक्ष्मी साकोसको चौथो स्थापना दिवसमा सम्मान तथा पुरस्कार
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
कनकलक्ष्मी साकोसको चौथो स्थापना दिवसमा सम्मान तथा पुरस्कार

विराटचोक, मोरङ । ९ वटा सहकारी संस्था एकीकरण गरेर बनेको कनकलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि. सुन्दरहरैँचा ७, मोरङले चौथो वार्षिक स्थापना दिवसको अवसरमा सम्मान तथा पुरस्कार प्रदान गरेको छ । आइतबार सुन्दरहरैंचा ३ स्थित रणकाली मन्दिरको सभाहलमा कार्यक्रम आयोजना गरी संस्थाले २८ जना व्यक्ति र एउटा समूहलाई सम्मान गरेको हो । साकोसका अध्यक्ष नागेश पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सहकारी महासंघ नेपालका अध्यक्ष मीनराज कडेल प्रमुख अतिथि रहनुभएको थियो भने बिशिष्ट अतिथि जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्बर राई रहनुभएको थियो ।

संस्थाले सहकारी अभियन्ता घनश्याम खतिवडा र स्वर्गीय कृष्णप्रसाद दाहाललाई सम्मान गरेको छ । फडानी साकोस लेटाङका पूर्व अध्यक्ष खतिवडा नेफ्स्कूनका पूर्व महासचिव समेत हुनुहुन्छ । त्यस्तै, कृष्णप्रसाद दाहाल कनकलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका प्रस्तावित अध्यक्ष हुनुहुन्थ्यो । ९ वटा संस्था एकीकृतको अन्तिम तयारी भइसकेपछि सवारी दुर्घटनामा निधन हुनुभएका दाहाल कनकलक्ष्मीमा एकीकृत भएको सुन्दरपुर बचत तथा ऋण सहकारी संस्थाका संस्थापक सदस्य हुनुहुन्थ्यो । सो संस्थाको लेखा सुपरीवेक्षण समिति संयोजक हुँदै सञ्चालक समिति अध्यक्ष हुनुभएका  दाहाल क्रियाशील सहकर्मी हुनुहुन्थ्यो । दाहालको सम्मान पत्नी राधा दाहालले ग्रहण गर्नुभएको थियो । 

त्यस्तै, संस्थाले ५ जना ज्येष्ठ सदस्यलाई सम्मान गरेको थियो । उहाँहरुलाई दोसल्ला, सम्मानपत्र र नगद १ हजार ५ सय रुपैयाँसहित सम्मान गरिएको थियो ।त्यस्तै, विद्यावारिधि उपाधि प्राप्त गर्ने संस्थाका २ जना शेयर सदस्यलाई कार्यक्रममा सम्मान गरिएको थियो । सुन्दहरैंचा १२ का मोहनबहादुर तुम्बाहाङ लिम्बू र सुन्दरहरैंचा ३ का गणेशराज अधिकारी सम्मानित हुनुभएको हो । 

त्यस्तै असल ऋण कारोबार गर्ने ४६ जना ऋणीमध्ये गोलाप्रथाबाट ५ जनालाई सम्मानपत्र र १ हजार ५ सय रुपैयाँ प्रदान गरिएको थियो । बढी रेमिट कारोबार गर्ने २ जनालाई सम्मान पत्र र नगद १ हजार ५ सय प्रदान गरिएको थियो । धेरै लाभांश प्राप्त गर्ने सदस्यहरुलाई पनि नगद १ हजार ५ सय र सम्मानपत्र प्रदान गरिएको थियो । अधिक संरक्षित पूँजी फिर्ता गर्ने ४ जना शेयर सदस्य पनि वार्षिक उत्सवमा सम्मानित हुनुभएको थियो । साकोसका ३५ वटा लघुवित्त समूहमध्ये उत्कृष्ट लघुवित्त समूह घोषित हुँदै गोदावरी महिला समूह सुन्दरहरैंचा ६ ले सम्मान पत्र र नगद ४ हजार रुपैयाँ प्राप्त गरेको थियो ।शेयर सदस्यका सन्तान वा शेयर सदस्य स्वयम मध्ये कक्षा १२ को परीक्षामा उत्कृष्ट अंक ल्याउने ६ जनालाई कदर पत्र र नगद १ हजार ५ सय प्रदान गरिएको थियो ।

कार्यक्रममा साकोसका संस्थापक अध्यक्ष अर्जुनराज अधिकारीले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको थियो । सञ्चालक समिति उपाध्यक्ष मातृकाप्रसाद ढकालले स्वागत मन्तव्य राखेको कार्यक्रम सचिव अर्जुनकुमार तिम्सिनाले सञ्चालन गर्नुभएको थियो । संस्था स्थापना दिवसको अवसर पारेर सञ्चालनमा ल्याइएको मोबाइल बैंकिङ सेवा पनि कार्यक्रममा सार्वजनिक गरिएको थियो ।

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२० घण्टा अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२० घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

६ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड
बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२० घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२० घण्टा अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप