काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) तथा जर्मन बचत बैंकहरुको शीर्ष सञ्जाल डीएसआईकेबीच दिगो सहकार्यको समझदारी भएको छ । नेफ्स्कूनको रणनीतिक मार्गचित्र तथा कार्यदिशासँग मेल खाने गरी दुई मुलुकका केन्द्रीय सञ्जालबीच सहकार्यको समझदारी भएको हो । वित्तीय समावेशीतामार्फत दिगो बहुआयामिक विकासका दिशामा कार्यरत दुबै निकायबीच सहकार्यका विविध विषयमा आज समझदारी भएको हो । नेपाल भ्रमणमा रहेको ७ सदस्यीय डीसएआईके टोलीसँग संघको केन्द्रीय कार्यालयमा बिहानदेखि भएको सघन छलफल पश्चात द्धिपक्षीय सहकार्यको समझदारीले औपचारिकता ग्रहण गरेको हो ।