नेफ्स्कून-डिएसआईकेबीच दिगो सहकार्यको समझदारी
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कून-डिएसआईकेबीच दिगो सहकार्यको समझदारी

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) तथा जर्मन बचत बैंकहरुको शीर्ष सञ्जाल डीएसआईकेबीच दिगो सहकार्यको समझदारी भएको छ । नेफ्स्कूनको रणनीतिक मार्गचित्र तथा कार्यदिशासँग मेल खाने गरी दुई मुलुकका केन्द्रीय सञ्जालबीच सहकार्यको समझदारी भएको हो । वित्तीय समावेशीतामार्फत दिगो बहुआयामिक विकासका दिशामा कार्यरत दुबै निकायबीच सहकार्यका विविध विषयमा आज समझदारी भएको हो । नेपाल भ्रमणमा रहेको ७ सदस्यीय डीसएआईके टोलीसँग संघको केन्द्रीय कार्यालयमा बिहानदेखि भएको सघन छलफल पश्चात द्धिपक्षीय सहकार्यको समझदारीले औपचारिकता ग्रहण गरेको हो ।

दुबै पक्षले यो सहमतिबाट उत्साहित भएको जनाएका छन् । यस प्रकारको सहकार्यको समझदारीमार्फत नेपालको साकोस अभियानको सक्षमता अभिवृद्धिसँगै यसका समसामयिक विषयहरुको सघन बहसपैरवीमा उल्लेख्य सहयोग पुग्ने विश्वास नेफ्स्कून तथा डिएसआईकेले लिएका छन् ।

सहमतिमा नेफ्स्कूनसँगै संघको सञ्जालमा आबद्ध साकोसहरुलाई वित्तीय साक्षरता, वित्तीय समावेशिता,  हरित वित्त, जलवायु वित्त, लघुकर्जा, प्रविधिकरण, उद्यमशिलता, लगायत थुप्रै विषयमा डिएसआईकेले प्राविधिक सहजीकरण उपलब्ध गराउनेछ । वित्तीय समावेशीतामार्फत गरिब, पिछडिएका, अल्पसंख्यक तथा सामाजिक आर्थिक जोखिममा रहेका समुदायहरुको आर्थिक सबलीकरण सम्भव रहेको डिएसआईको ठहर छ । त्यसका लागि यी समुदायको उत्थानमा प्रत्यक्ष काम गर्ने सहकारी क्षेत्रसँगको सहकार्य महत्वपूर्ण हुने भन्दै नेपालको सन्दर्भमा नेफ्स्कूनसँगको सहकार्यमार्फत यी कार्यहरु अघि बढाउन पाउँदा खुसी भएको भ्रमणका सहभागीहरुको प्रतिक्रिया रहेको छ ।  

कार्यक्रममा नेफ्स्कून सञ्चालक समितिका तर्फबाट अध्यक्ष परितोष पौड्याल, बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, महासचिव दामोदर अधिकारी तथा सञ्चालक सदस्यद्वय जिवसराज खड्का र मन्दरा मिश्रको उपस्थिति रहेको थियो भने प्रमुख कार्यकारी अधिकृत डा।शिवजी सापकोटा नेतृत्वको संघको व्यवस्थापन समूहको सहभागिता रहेको थियो ।

संघका अध्यक्ष पौड्यालले द्धिपक्षीय सहकार्यको समझदारीले नेपालको साकोस अभियानलाई महत्वपूर्ण फाइदा पुग्ने बताउनुभयो । विगतमा नेफ्स्कूनले थुप्रै अन्तर्राष्ट्रिय निकायसँग सहकार्य गरेपनि डिएसआईकेसँग पहिलोपटक जोडिएको भन्दै यो सम्बन्ध र सहकार्य दिगो बन्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । नेपालमा सहकारी क्षेत्रले संवैधानिक मान्यता प्राप्त गरेको प्रसङ्ग उल्लेख गर्दै उहाँले यो अभियानमार्फत गरिब, अल्पसंख्यक र पिछडिएका समुदायको सामाजिक, आर्थिक उत्थानमा धेरै काम गर्न सकिने संम्भावना औल्याउनुभयो ।

कार्यक्रममा नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत सापकोटाले संघबारे साङ्गोपाङ्गो प्रस्तुति गर्दै दुई निकायबीचको सहकार्य महत्वपूर्ण उपलब्धिमा परिणत हुने विश्वास दिलाउनुभयो । उहाँले नेफ्स्कूनको रणनीतिक मार्गचित्रसँग मेल खोने विषयहरुमा निहित रही सन् २०२७ सम्मका लागि सहमति भएको जानकारी गराउनुभयो । उहाँले क्षमता अभिवृद्धिसँगै बहसपैरवीको विषय पनि समझदारीमा उल्लेख रहेकोले जर्मनी लगायतका मुलकका असल अभ्यासहरु हाम्रा लागि अत्यन्तै उपयोगी हुने धारणा राख्नुभयो ।

कार्यक्रममा डिएसआईके टोलीका सदस्यहरुले नेपालको साकोस अभियानको संस्थागत विकास तथा सबलीकरणका क्षेत्रमा के कस्ता क्षमता अभिवृद्धिका कार्यक्रम तथा बहसपैरवीका विषयहरुमा काम गर्न सकिन्छ भनेर प्रस्तुतिकरण गर्नुभएको थियो  । यस प्रकारको क्षमता अभिवृद्धि कार्यक्रमहरुमा सहभागीहरुको संलग्नता बढाउन र अभिरुचि जगाउन रमाइलो गरी व्यावाहिरक अभ्याससहित सिकाउने नवीन परिपाटी विकास गरिएको डिएसआइकेले जनाएको छ । यस प्रकारको बिजनेश गेम तथा बिजनेश सिमुलेशनले तालिम र सिकाइलाई रोचक र प्रभावकारी बनाउने भएकाले अत्यन्त लोकप्रिय र सफल सावित भएको डिएसआईके टोलीको ठम्याइ थियो । डीएसआईके टोलीको नेतृत्व डा।इलोन्का रुल स्टर्नले गर्नुभएको थियो ।

डिएसआईके जर्मनीमा रहेका बचत बैंक (सेभिङ्स बैंक) हरुको सञ्जाल हो । यसले हाल विश्वका ५८ मुलुकमा वित्तीय समावेशीकरण, वित्तीय साक्षरता, उद्यमशीलता, प्रविधिकरण आदि विषयमा तालिम शिक्षासँगै नीतिगत, प्राविधिक लगायतका सहजीकरण सेवा उपलब्ध गराउँदै आएको छ । डीएसआईकेको मुख्य उद्देश्य ‘वित्तीय समावेशिताका माध्यमबाट दिगो विकास’ रहेको छ । यसले सहकारीका केन्द्रीय निकायसँगै विभिन्न संघ संस्थाहरुसँगको सहकार्यमार्फत बचत अभियान, वित्तीय साक्षरता, वित्तीय समावेशिता, प्रविधिकरण, गरिब तथा पिछडिएका वर्गहरुको उत्थानका लागि नीतिगत तथा प्राविधिक सहजीकरण सेवा उपलब्ध गराउँदै आएको छ ।

यसअघि हिजो डिएसआईके टोलीले भक्तपुर नगदेशस्थित सहयोगी बचत तथा सेवा केन्द्र सहकारी संस्था लि. तथा काठमाडौको चन्द्रागिरी नगरपालिका–७ थानकोट स्थित चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लि.को भ्रमण गरी विस्तृत अन्तरक्रिया गरेको थियो ।  

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

८ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

८ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

९ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

१० दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

१० दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१६ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१७ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३४ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

८ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२६ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२४ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३९ दिन अगाडि

पाठकबाट थप