स्थिरीकरण कोष सञ्चालनमा १५ वर्ष बलियो फिलिपिन्स
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
स्थिरीकरण कोष सञ्चालनमा १५ वर्ष बलियो फिलिपिन्स

काठमाडौं । पन्ध्र वर्ष अघिदेखि स्थिरीकरण कोषको अभ्यासरत फिलिपिन्सको सहकारी अभियान र तीन वर्षअघिबाट औपचारिक अभ्यास आरम्भ गरेको नेपाली साकोस अभियानबीच आज भर्चुअल सिकाइ आदानप्रदान भएको छ । 

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को अग्रसरता तथा नेफ्स्कून साकोस म्यानेजर्स क्लबको आयोजनामा नेपालका वित्तीय सहकारीका व्यवस्थापन प्रमुखहरु लक्षित अभौतिक सिकाइ श्रृङ्खला (ई लर्निङ सिरिज–क्यूमेल्स) अन्तर्गतको दोस्रो एपिसोडमा आज स्थिरीकरण कोषबारे अन्तरक्रियात्मक आदानप्रदान भएको हो । 

फिलिपिन्सको अभ्यास र स्थिरीकरण कोषको यात्राबारे त्यहाँका सहकारीहरुको केन्द्रीय संघ नेशनल कन्फेडेरेशन अफ कोअपरेटिभ्स् (नाट्को) की प्रमुख कार्यकारी अधिकृत सिल्भिया ओकिन्लेल शिल्भिया र स्थिरीकरण कोष प्रणाली विभाग प्रमुख स्यारोन म्यारीले जानकारी गराउनुभएको थियो ।

उहाँहरुले नेपालका बचत तथा ऋण सहकारीका लागि स्थिरीकरण कोषको कानूनी प्रबन्ध भएपनि फिलिपिन्स यस प्रकारको कानूनी व्यवस्थाका लागि प्रयासरत रहेको जानकारी गराउनुभयो । उहाँहरुले सन् २००८ मा एशियाली ऋण महासंघको अगुवाई तथा क्यानेडियन कोअपरेटिभ एशोसिएसनको प्राविधिक सहयोगमा फिलिपिन्सस्थित सहकारीहरुको शीर्ष निकाय नेशनल कन्फेडेरेशन अफ कोअपरेटिभ्स् (नाट्को) ले स्थिरीकरण कोषको अभ्यास थालनी गरेको थियो । तत्पश्चात जर्मनीको डीजीआरभीले कोष सञ्चालनमा प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ । बचत सुरक्षणको प्रावधान नभएको अवस्थामा नाट्कोले सहकारीहरुलाई जोखिमबाट जोगाउने अस्त्रको रुपमा केन्द्रीय संघ नाट्कोले स्थिरीकरण कोष प्रणालीको अवधारणा अघि सारेको जानकारी गराइएको थियो । नियामकीय भूमिका कमजोर भएको मुलुकमा सहकारीहरुको जोखिम सुपरिवेक्षण र अनुगमनका लागि कोषको सञ्चालनले सहयोग गर्ने विश्वाससहित नाट्कोले कोषको अवधारणा अघि सारेको स्यारोन म्यारीले प्रस्तुति गर्नुभयो ।

नाट्कोले सहकारी अभियानको ख्याति कायम राख्ने, जोखिम व्यबस्थापन सबलीकरण गर्ने, प्रारम्भिक संस्थाहरुको स्थायित्व कायम गर्ने र सदस्यहरुको कल्याणका दिशामा मूल्य अभिवृद्धि गर्ने ४ वटा मुख्य लक्ष्यसहित कोष स्थापना गरेको जानकारी गराइएको थियो । नाट्को फिलिपिन्समा आवद्ध ९५४ सहकारीमध्ये ११७ वटाले हाल बचत निक्षेपको रुपमा (न्यूतम ब्याज प्राप्त गर्ने गरी) कोषमा रकम जम्मा गर्ने गरेको भन्दै भविष्यमा कानूनी प्रबन्ध गरिएको अवस्थामा संस्थागत जोखिमको आधारमा रकम जम्मा गर्ने योजना सुनाउनुभयो ।

सुरुमा नाट्कोको तालिम तथा शिक्षा शाखा अन्तर्गत एक दुई जनााट कोषको कार्यालय सञ्चालन गरिएको सुनाउँदै क्रमशः परिपक्वता प्राप्त भएको स्यारोन म्यारीले सुनाउनुभयो । सन् २००९ देखि २०१४ को अवधिमा भने संरचनागत तथा संस्थागत विकास भएको बताउनुभयो । हाल कोषमार्फत स्थलगत निरीक्षण, तथ्याङ्क संकलन, जोखिम मापन र विश्लेषणका साथ पृष्ठपोषण समेत गर्ने गरिएको जानकारी गराइएको थियो । जोखिम मापनका विधिहरु, अनुपालनका सूचंकाकहरु आदि अन्तर्राष्ट्रिय अभ्यासबाट सिक्दै सन् २०१७ मा कोषमा सदस्य सहभागिता बढाउन नाट्कोले प्रस्ताव पारित गरेको थियो । नेपालमा जस्तै फिलिपिन्समा पनि कोषमा स्वेच्छिक आवद्धता रहेको जानकारी गराइएको थियो । 

कार्यक्रममा नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाले फिलिपिन्समा कानूनी प्रबन्ध नभएपनि त्यहाँको कोषको कामकारबाही जोखिम विश्लेषण तथा अनुगमन एवम् मूल्याङ्कनमा आधारित प्रणाली भएको स्पष्ट पार्नुभयो । यद्यपि, उहाँले हाल फिलिपिनो सहकारीहरुले बचत निक्षेपको रुपमा कोषमा सहभागिता जनाएको र त्यसबापत थोरै ब्याज समेत प्राप्त गर्ने गरेको उल्लेख गर्नुभयो । सदस्यले चाहँदासम्म बचत गर्न सक्ने र छोड्न खोज्दा पनि सकिने व्यवस्था रहेको बताउनुभयो । फिलिपिनो अभ्यासबाट नेपालले धेरै सिक्न सक्ने भन्दै उहाँले कानून परिमार्जनको आवश्यकता औल्याउनुभयो ।

नेपालको सन्दर्भ उल्लेख गर्दै प्रमुख कार्यकारी अधिकृत सापकोटाले सहकारी ऐन परिमार्जनको विषय सहज नभएपनि नेफ्स्कूनले निरन्तर बहसपैरवी गर्दै आएको बताउनुभयो । उहाँले जोखिम बिश्लेषण र मापनका आधारमा कोषमा योगदान गर्ने कानूनी प्रबन्ध भए नेपालमा पनि कोषमा सहभागिता उल्लेख्य बढ्ने विश्वास व्यक्त गर्नुभयो । फिलिपिन्सको स्थिरीकरण कोष जोखिममा आधारित विश्लेषण तथा मूल्याङ्कन प्रणाली भएकोमा उहाँको विशेष जोड थियो । आजको कार्यक्रमका संयोजक नेफ्स्कून म्यानेजर्स क्लबका संयोजक केबी लामा लगायतका सहभागीहरुले पनि जोखिमा विश्लेषणका वैज्ञानिक आधारहरु, सूचकहरु र विधिहरु अवलम्बन गरी त्यसको निष्कर्षको आधारमा कोषमा योगदानको कानूनी प्रबन्धको आवश्यकतामा सहमति जनाउनुभएको थियो ।

आजको भर्चुअल नेफ्स्कूनका सहायक कार्यकारी अधिकृत गणेश प्रसाद तिमल्सिनाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । नेफ्स्कूनको प्राविधिक सहकार्यमा नेफ्स्कून–साकोस म्यानेजर्स क्लबले अंग्रेजी महिना नोभेम्बरबाट उक्त सिकाइआदान प्रदानसम्बन्धी श्रृङ्खला सुरु गरेको हो । प्रत्येक अंग्रेजी महिना आयोजना हुने सिकाइ कार्यक्रमको पहिलो श्रृङ्खला नोभेम्बर २ मा आयोजना गरिएको थियो ।  

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

६ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२० घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२० घण्टा अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

६ घण्टा अगाडि

पाठकबाट थप