सहकारी सम्भावना र निकाससँग जोडिएको विषय हो 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारी सम्भावना र निकाससँग जोडिएको विषय हो 

काठमाडौं । नेपाल विद्युत प्राधिकरणमा कार्यरत कर्मचारीहरुद्वारा सञ्चालित श्रमज्योति बचत तथा ऋण सहकारी संस्था लि. को २३औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । साकोसका अध्यक्ष तिर्थराज न्यौपानेको अध्यक्षतामा आयोजित सभाका प्रमुख अतिथि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ रहनुभएको थियो भने बिशिष्ट अतिथि नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल रहनुभएको थियो ।

उद्घाटन सत्रमा प्रमुख अतिथिले घिसिङले विद्युत प्राधिकरणको प्रगतिसँग सहकारीको पनि प्रगति जोडिएको बताउनुभयो । लामो समयको घाटापछि प्राधिकरण नाफामा आएको भन्दै यसको सकारात्मक असर संस्थामा परेको बताउनुभयो । उहाँले प्राधिकरणका स्थायी कर्मचारीमध्ये ८० प्रतिशतको सहभागिता संस्थामा रहेको भन्दै खुसी व्यक्त गर्नुभयो । प्राधिकरणमा कुल ८ हजार ५ सय स्थायी कर्मचारी रहेका छन् । संस्थाले प्रत्येक वर्ष प्रगति गर्दै गएको वार्षिक प्रगति विवरणबाट थाहा भएको भन्दै बाहिर केही सहकारीमा समस्या आएपनि पेशाकर्मीहरुको यो सहकारी सबल बन्दै गएको बताउनुभयो । पर्याप्त तरलता रहेको भन्दै लगानीको क्षेत्र बढाउन समेत प्रमुख अतिथि घिसिङले आग्रह गर्नुभयो । त्यस्तै, प्रविधिको क्षेत्रमा समेत श्रमज्योतिले उल्लेख्य काम गरेको उहाँको भनाइ थियो ।

कार्यत्रममा नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले पछिल्लो समय पेशाकर्मीहरुमाझ सहकारीको प्रवेशले यसको आवश्यकता र गरिमालाई बढाएको बताउनुभयो । उहाँले विद्युत प्राधिकरण, टेलिकमसँगै शिक्षकहरुको पनि सहकारी लोकप्रिय र प्रभावकारी बनेको चर्चा गर्नुभयो । सहकारीमा जो कोही पनि सदस्य बन्न पाउने सुन्दरताले सबैलाई आकर्षण गरेको बरिष्ठ उपाध्यक्ष ढकालको भनाइ थियो । । विद्युत प्राधिकरणका कर्मचारीहरुले सहकारीलाई माया गरेको देख्दा नेफ्स्कूनको बरिष्ठ उपाध्यक्ष एवम् प्रवक्ताको रुपमा आफूलाई खुसी लागेको उहाँले बताउनुभयो । १ अर्बमाथिको कूल सम्पति रहेको श्रमज्योति बचत तथा ऋण सहकारीले अब नियमित कारोबारसँगै व्यवसायको पृथकीकरणमा जोड दिनुपर्ने उहाँको सुझाव थियो । सहकारी समस्यासँग नभइ सम्भावनासँग जोडिएको विषय भएको भन्दै बरिष्ठ उपाध्यक्ष ढकालले भन्नुभयो, ‘सहकारीमा समस्या होइन निकास छ भन्ने सन्देश दिनुपर्ने अवस्था आएको छ ।’ सहकारीको लामो इतिहासभित्र प्रश्न चिन्ह नलाग्ने गरी काम गर्नुपर्नेमा उहाँको जोड थियो । उहाँले भन्नुभयो, ‘सहकारीमा प्रशस्त सम्भावना छ । श्रमज्योति सहकारीले फरक मोडालिटीमा काम गर्नुपर्छ । उहाँले भन्नुभयो, ‘सहकारीभित्रको पुँजीलाई दिगो बनाउनुपर्छ, स्वस्थ्य बनाउनुपर्छ र उत्पादनमुखी बनाउनुपर्छ ।’ 

सामूहिक एकता र विश्वासको प्रतिकको रुपमा श्रमज्योति साकोसले आफूलाई  अब्बल साबित गर्दै गएको धारणा सभाका अन्य वक्ताहरुको थियो । २०५७ साल असार ३० गते सहकारी विभागमा दर्ता भई सञ्चालनमा आएको साकोसले आर्थिक वर्ष २०७९÷८० सम्म ९ करोड ८५ लाख बढी सेयर पुँजी, ९४ करोड ३६ लाख बढी बचत तथा ८८ करोड १४ लाख ऋण लगानी गरेको छ । कूल १ अर्ब २२ करोड सम्पत्ति रहेको साकोसमा हाल ७२१८ जना सदस्य छन् भने २३ प्रतिशत तरलता रहेको छ । संस्थाको जगेडा कोषमा १४ करोड बढी रहेको छ । विद्युत प्राधिकरणका कर्मचारीहरुलाई आर्थिक गर्जो टार्न सहज होस् भन्ने उद्देश्यका साथ केन्द्रीय कार्यालयको २ वटा कोठाबाट काम सुरु गरेको साकोसले हाल काठमाडौंको मुटु बागबजारस्थित आफ्नै भवनबाट सेवा प्रवाह गरिरहेको छ । 
 
भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

३ घण्टा अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

१७ घण्टा अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन
सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

२ दिन अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

७ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

८ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१५ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

३ घण्टा अगाडि

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप