सिवाईसी साकोसको अध्यक्षमा पुनः चण्डीप्रसाद शर्मा पौडेल
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सिवाईसी साकोसको अध्यक्षमा पुनः चण्डीप्रसाद शर्मा पौडेल

बागलुङ । सिवाईसी बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनः चण्डिप्रसाद शर्मा सर्वसम्मत चयन हुनु भएको छ । शनिबार बागलुङ बजारमा भएको सिवाईसी साकोसको १४ औं वार्षिक साधारण सभाबाट पौडेल नेतृत्वको १५ सदस्यीय संचालक समिति निर्वाचित भएको हो । पौडेल नेफ्स्कून सञ्चालक सदस्य समेत हुनुहुन्छ ।

समितिको उपाध्यक्षमा सिता देवी सापकोटा कँडेल, सचिवमा ज्ञानेन्द्रराज पन्त, सहसचिवमा सुवास आचार्य, कोषाध्यक्षमा मोहन प्रसाद उपाध्याय निवार्चित हुनुभएको छ । सदस्यहरुमा मोतिराम गौतम, कृष्णप्रसाद रिजाल, पुतली थापा, चुडामणी कँडेल, राम बहादुर खत्री, इन्दिरा पान्डे पन्त, भोलानाथ आचार्य, गोपाल कुमार शर्मा, सिर्जना अधिकारी पौडेल र अनिता सापकोटा निर्वाचित हुनुभएको छ ।

साकोसको लेखा सुपरिवेक्षण समितिको संयोजकमा पदमपाणी शर्मा, सदस्यमा केशवप्रसाद वझा र सितादेवी सापकोटा कँडेल निर्वाचित हुनु भएको छ । सिवाईसी साकोसको मंसिर ६ गतेदेखि सुरु भएको १४ औं साधारण सभा शनिबार सम्पन्न भएको हो । संस्थाको २५ वटा सेवा केन्द्रमा साधारण सभाहरु सञ्चालन भएको थियो । 

बागलुङ बजारमा सम्पन साधारणसभामा बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठ, साकोसका पूर्वसल्लाहकार वरिष्ठ अधिवक्ता पद्यनाथ शर्मा, जिल्ला समन्वयन समिति बागलुङका सदस्य एवं सिवाईसी साकोसका पूर्वसंचालक सदस्य हर्क बहादुर पाण्डे, बडिगाड गाउँपालिका प्रमुख एवं सिवाईसी साकोसका पूर्वउपाध्यक्ष गण्डकी थापा अधिकारी, सल्लाहकार सिता शर्मा, जैमिनी नगरपालिका पूर्व नगर प्रमुख तथा मंगल सदस्य सेवाकेन्द्रका परामर्शदाता इन्द्रराज पौडेल, एकता सहकारीका पूर्वअध्यक्ष कृष्ण शंकर श्रेष्ठ र सिवाईसी बचत तथा ऋण सहकारीका अध्यक्ष चण्डी प्रसाद शर्माले मन्तव्य राख्नुभएको थियो । साधारणसभा संस्थाका सचिव जयराम भारीले प्रगति प्रतिवेदन र कोषाध्यक्ष सिता देवी सापकोटा कँडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम सिवाईसी साकोसका अध्यक्ष चण्डी प्रसाद शर्माको अध्यक्षता, सहसचिव सुभास आचार्यको स्वागत र सचिव जयराम भारीको संचालनमा सम्पन्न भएको थियो ।

सीवाईसी साकोमा हाल २५ हजार ३ सय सेयर सदस्य छन् भने बालबचतकर्ता ४ हजार ७ सय ५० छन् ।  संस्थाको सेयर पुँजी ३९ करोड ४४ लाख ४४ हजार, लगानी १ अर्व ४५ करोड ९३ लाख ७९ हजार १ सय १९, बचत १ अर्ब ३८ करोढ ४५ लाख बढी रहेको छ । अहिले सहकारीमा असार मसान्तसम्म ४७ करोड ५४ हजार ३ सय २३ रुपैयाँ गरी बैंक तथा नगद मौजाद रहेको छ । विसं २०६६ चैत्र २६ स्थापना भएको सिवाईसी साकोसले २०६७ असोज २२ गते घटस्थापनाको दिन कारोबार सुरु गरेको थियो ।

२८ जना सेयर सदस्यहरुको पहलमा संस्था सञ्चालनमा आएको थियो । बागलुङ नगरपालिका २ हल्लन चोकमा प्रमुख कार्यालय रहको साकोसमा हाल १ सय १६ कर्मचारी छन् । 

 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप