जर्मन राजदूत प्रिञ्जद्वारा नेफ्स्कून–डिएसआईके समझदारीको स्वागत
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
जर्मन राजदूत प्रिञ्जद्वारा नेफ्स्कून–डिएसआईके समझदारीको स्वागत

काठमाडौं । नेपालका लागि जर्मनीका राजदूत डा. थोमस प्रिञ्जले नेफ्स्कून–डिएसआइकेमार्फत नेपालको वित्तीय सहकारी अभियानको दिगो विकास र सक्षमता अभिवृद्धिका लागि भएको सझदारीको स्वागत गर्नुभएको छ । उहाँले नेपाली बचत ऋण सहकारी अभियानको शीर्ष निकाय नेफ्स्कूनमार्फत वित्तीय सहकारीहरुलाई सीप, तालिम, शिक्षा लगायतका प्राविधिक सहयोग एवम् नीतिगत बहसपैरवीमा सहजीकरण उपलब्ध गराउने जर्मन बचत बैंकहरुको शीर्ष सञ्जाल–डिएसआईकेको कदमको प्रशंसा गर्नुभएको हो । यस दिशामा नेफ्स्कून–डिएसआईकेबीच हालै सम्पन्न द्धिपक्षीय समझदारीप्रति राजदूत प्रिञ्जले प्रसन्नता व्यक्त गर्नुभएको हो ।

७ सदस्यीय जर्मन सेभिङ्स बैंक (डिएसआईके) टोलीले नेपाल भ्रमण सम्पन्न गर्नुअघि काठमाडौंस्थित दूतावासमा राजदूत प्रिञ्जसँग भेटवार्ता गरेको थियो । उक्त भेटमा टोलीले द्धिपक्षीय समझदारी अनुरुप सन् २०२७ सम्म सञ्चालन गरिने गतिविधिहरुबारे अवगत गराएको थियो । त्यस अवसरमा जर्मन राजदूत प्रिञ्जले डिएसआईकेले नेपाली वित्तीय सहकारी अभियानको सहयोगका लागि व्यक्त गरेको प्रतिबद्धताको खुलेर प्रशंसा गर्नुभएको थियो । उहाँले भन्नुभयो, ‘हिमाली मुलुक नेपालका नागरिकहरुलाई दिगो जर्मन सहयोगको यो सबैभन्दा प्रभावकारी तरिका हो ।’ साथै उहाँले नेफ्स्कून–डिएसआईके समझदारीलाई सार्थक तुल्याउन आफ्नो तर्फबाट खेल्ने भूमिकामा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । उहाँले यसका लागि आवश्यक सबै सञ्जाल र सम्पर्कहरु स्थापना गर्न दुतावास सकारात्मक रहेकोमा आश्वस्त तुल्याउनुभयो ।

भेटका अवसरमा टोली नेता इलोन्का रुहेल तथा लाउरा स्कियालोले राजदूत प्रिञ्जलाई नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) मार्फत नेपालको वित्तीय सहकारी अभियानको क्षमता अभिवृद्धिका लागि भएका समझदारीबारे राजदूतलाई अवगत गराउनुभएको थियो । नेफ्स्कून र डिएसआईकेबीच यही मंसिर १४ गते द्धिपक्षीय समझदारी भएको थियो ।

भर्खरै
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२२ घण्टा अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

१ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

२ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

६ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

७ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२२ घण्टा अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१४ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

पाठकबाट थप