आधारशिला कार्यक्रममार्फत सहकारीहरुको क्षमता अभिवृद्धि गर्दै रोङ गाउँपालिका
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
आधारशिला कार्यक्रममार्फत सहकारीहरुको क्षमता अभिवृद्धि गर्दै रोङ गाउँपालिका

काठमाडौं । इलामस्थित रोङ गाउँपालिकाले स्थानीय सहकारीहरुको क्षमता अभिवृद्धिका लागि विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) सँग आधारशिला कार्यक्रम सञ्चालनको सहकार्य भएदेखि स्थानीय सहकारीहरुलाई शिक्षा, तालिम लगायतका क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्नुका साथै उनीहरुको वास्तविक अवस्था विश्लेषण, तथ्याङ्क संकलनमार्फत थप के कस्ता उपयोगी कार्यक्रम सञ्चालन गर्न सकिन्छ भनेर कार्यक्रम तथा योजना तर्जुमाका लागि पालिका अग्रसर देखिएको छ । नेफ्स्कूनको प्राविधिक सहजीकरणमार्फत स्थानीय सहकारीकर्मीहरु संस्था सञ्चालनका आधारभूत विषयहरुदेखि वित्तीय तथा व्यावसायिक शिक्षा हासिल गर्न सफल भएका छन् । 

यसै सिलसिलामा उक्त गाउँपालिकामा मंसिर १८ गतेदखि २० गतेसम्म सहकारी सम्बन्धि तीन दिवसीय आधारभूत लेखा व्यवस्थापन तालिम सञ्चालन गरिएको छ । गाउँपालिकामा रहेका विभिन्न प्रकृतिका सहकारीहरुलाई लेखा अभिलेखमा दक्ष बनाउन उक्त तालिम संचालन गरिएको हो । पालिकास्थित विभिन्न प्रकृतिका गरी २७ सहकारीहरुलाई विभिन्न चरणमा छुट्टा छुट्टै तालिम संचालन गर्दै आइएकोमा पछिल्लो सिकाइमा १० वटा सहकारीहरुका व्यवस्थापक तथा कर्मचारीहरुको सहभागिता थियो । अधिकांश दुग्ध र चिया सहकारीहरु रहेको पालिकामा केही सहकारी बाहेक अन्यले सहकारीको आधारभूत लेखामान अनुसार हिसाब किताब किताव नराखी छुट्टै व्यवहारिक तरिकाले राख्दै आइरहेकोले संस्थाहरुलाई सहकारीको लेखा प्रणली अनुसार हिसाव किताब राख्न प्रेरित गर्ने गरी तालिम संचालन गरिएको हो । तालिममा सहभागीहरुलाई सहकारीको कारोबारका विषयहरु, गोश्वारा भौचरको परिचय र गोश्वारा भौचर बनाउने तरिका, चार खाताको परिचय सहित भर्ने तरिका, व्यक्तिगत तथा सहायक खाताहरुको परिचय सहित भर्ने तरीका साथै सन्तुलन परिक्षण, नाफानोक्सान विवरण, कोष बाँडफाँड र वासलात निर्माण सम्बन्धी प्रयोगात्मक प्रशिक्षण दिइएको थियो । तालिमका सहभागीहरुले सिकाइलाई व्यावहारिक परिणति दिने प्रतिबद्धता जनाएका छन् । 

रोङ गाँउपालिकाका अध्यक्ष मनि कुमार स्याङ्बोको अध्यक्षतामा संचालित समापन कार्यक्रममा पालिकाका उपाध्यक्ष विष्णु मायाँ खवास, निमित्त प्रमुख प्रशासकिय अधिकृत नेत्र प्रसाद पोख्रेल, आन्तरिक लेखा परिक्षक तथा सहकारी शाखा प्रमुख दुर्गा चम्लागाई लगायतको सहभागिता थियो । यसै गरी पालिका अध्यक्ष स्याङ्बोले हाल पालिका भित्र रहेका २७ सहकारी मध्ये केही संचालनमा नरहेको, केही सक्रिय रुपमा संचालनमा रहेको र केही निष्किृय रहेको कुरा राख्दै आगामी दिनमा समान प्रकृतिका सहकारीहरुलाई एकीकरण गर्दै व्यवस्थित गर्दै लैजाने योजना सुनाउनुभयो ।

उहाँले पालिकाले नेफ्स्कूनसँग आधारशिला कार्यक्रम मार्फत सहकार्य गरिरहेको भन्दै सहकारीहरुलाई व्यवस्थित गर्न आवश्यक कार्यविधिहरु समेत निर्माणको चरणमा रहको जानकारी पनि गराउनुभयो । पालिका अध्यक्ष स्याङ्बोले दुग्ध सहकारी र चिया सहकारीहरु बढी संख्यामा रहेकाले आगामी दिनमा पालिकाले एक वडा एक सहकारी, एक वडा एक प्रशोधन उद्योग, एक वडा एक कृषि एम्बुलेन्सको व्यवस्था गर्ने, विभिन्न निकायसँग पहल गरी सहकारीका सदस्यहरुको जीवनस्तर वृद्धिका लागि पालिका जमानी बस्ने गरी सहुलियत ऋणको व्यवस्था गर्ने बताउनुभयो । हाल स्थानीय स्तरका सहकारी उत्पादनहरु कोसेलीको रुपमा मात्र प्रयोग भएको भन्दै आगामी दिनमा त्यस्ता थोरै मात्रामा उत्पादन हुने रैथाने उत्पादनहरुलाई पनि सहकारी मार्फत बजारीकरण गर्नु पर्ने आवश्यकता उहाँले औल्याउनुभयो । त्यसका लागि पालिकाले विज्ञापन तथा बजारीकरणको क्षेत्रमा आवश्यक सहयोग गर्ने कुरा उहाँले राख्नुभएको थियो । गाउँपालिकाका उपाध्यक्ष खवासले सहकारीहरु व्यवस्थित संचालन हुदै जानु पर्ने र एकै स्थानमा एकै प्रकृतिका सहकारीहरु धेरै भए एकीकरण गरी व्यवस्थित गर्दै जानुपर्ने धारणा राख्नुभएको थियो ।

तालिमको सहजीकरण नेफ्स्कूनका तालिम अधिकृत श्याम राजा तिमल्सिनाले गर्नु भएको थियो भने पालिकाकी कर्मचारी सुजना पौडेलले कार्यक्रम संचालन गर्नुभएको थियो ।

भर्खरै
बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२३ घण्टा अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

२ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न
श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

५ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

७ दिन अगाडि

धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 

७ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

७ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१४ दिन अगाडि

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

८ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

पाठकबाट थप