रजत वर्ष मनाउँदै लुम्बिनी सुनवल साकोस
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
रजत वर्ष मनाउँदै लुम्बिनी सुनवल साकोस

काठमाडौं । पश्चिम नवलपरासीको सुनवल नगरपालिका १२ केन्द्रीय कार्यालय रहेको लुम्बिनी सुनवल बचत तथा ऋण सहकारी संस्था लि. २५औं वर्ष प्रवेश गरेको छ । साकोसले १५ वटा रचनात्मक काम गरी रजत वर्ष मनाउने कार्यक्रम अघि सारेको छ । रजत जयन्तीका अवसरमा मंसिर २० गते भूमहीमा आयोजित कार्यक्रममा साकोसका अध्यक्ष लेखनाथ खरेलले बिशेष लोगोसहित विविध कार्यक्रमबारे सदस्य र सरोकारवालाहरुलाई जानकारी गराउनुभएको हो । उक्त अवसरमा अध्यक्ष खरेलेको संयोजकत्वमा ५१ सदस्यीय रजत जयन्ती मूल समारोह समिति घोषणा गरिएको थियो भने विविध सम्मान कार्यक्रम पनि सम्पन्न गरिएको थियो ।

आगामी वर्ष मंसिर २० गते सम्मका लागि साकोसले रचनात्मक एवम् सृजनात्मक कार्यक्रम गर्न लागेको हो । संस्थाले मुख्य कार्यालय तथा सेवा कार्यालय रहेका क्षेत्रहरु आसपास दुई ठाउँमा बाजागाजासहित प्रभातफेरी, सरसफाइ, बालबचतकर्ताहरुका लागि वक्तृत्वकला वा हाजिरीजवाफ प्रतियोगिता, निबन्ध प्रतियोगिता, रक्तदान कार्यक्रम, नृत्य प्रतियोगिता, महिला तथा ज्येष्ठ सदस्य लक्षित स्वास्थ्य शिविर, युवालक्षित फुटसल कार्यक्रम, एवम् दुई स्थानमा सहकारी स्मारक निर्माण आदि कार्यक्रमहरु सार्वजनिक गरेको छ । 

यसैगरी, साकोसको सबै कार्यालयहरुमा रजत जयन्ती लोगोको स्तम्भ बनाउने, लोगो अंकित टिसर्ट बनाउने, सदस्यको घरघरमा साकोसको स्टिकर टाँस्ने, वर्षभर सदस्य बन्न चाहनेलाई बिशेष छुट दिने, स्मारिका प्रकाशन लगायतका कार्यक्रम साकोसले सार्वजनिक गरेको छ । २०५६ साल मंसिर २० गते स्थापित साकोसमा हाल ८ हजार २ सय सेयर सदस्य, कुल सम्पत्ति १ अर्ब ४ करोड, १५६४ बालवचतकर्ता, ११ करोड ३० लाख बढी सेयर पुँजी, ८० करोड ७४ लाख बढी बचत, ७६ करोड ८८ लाख बढी ऋण लगानी रहेको छ । सुनवल साकोस पुँजी तथा सेयर सदस्यका आधारमा जिल्लाकै दोस्रो ठूलो सहकारी बन्न सफल भएको छ । यसबीचमा साकोसले एकीकरणमार्फत पनि आफ्नो सक्षमता विकास गरेको छ भने २०७६ साल माघ २८ गतेदेखि लुम्बिनी सुनवल साकोसको नामबाट सेवा प्रवाह गर्दै आएको छ । 

भर्खरै
सहकारी व्यवस्थापक कोर्षका विद्यार्थीलाई डिजिटल सुरक्षा सम्बन्धी अभिमुखीकरण

८ घण्टा अगाडि

तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न

१ दिन अगाडि

श्री जनकल्याण साकोसमा दुईदिने बचत खेल तालिम सम्पन्न

‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

२ दिन अगाडि

नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

४ दिन अगाडि

लोकप्रिय
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

२ दिन अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

३ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

४ दिन अगाडि

तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न
तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न

१ दिन अगाडि

सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न
सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न

६ दिन अगाडि

उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

२४ दिन अगाडि

सप्तकोशी साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध

१३ दिन अगाडि

पाठकबाट थप