नेफ्स्कून र इन्डोनेसियाली विश्वविद्यालयबीच शैक्षिक सहकार्यको समझदारी
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कून र इन्डोनेसियाली विश्वविद्यालयबीच शैक्षिक सहकार्यको समझदारी

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) र इन्डोनेसियाको विद्यातमा विश्वविद्यालयबीच शैक्षिक सहकार्यको समझदारी भएको छ । मानव संशाधन विकास, आपसी चासोका विषयमा सहकार्यात्मक अनुसन्धान, शैक्षिक एवम् प्राज्ञिक सूचना, जानकारी लगायतका सामाग्रीहरुको आदानप्रदान आदि विषयमा नेफ्स्कून र विद्यातमा विश्वविद्यालयबीच द्धिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

यही नोभेम्बर ५ मा ५ वर्षका लागि भएको द्धिपक्षीय समझदारी पत्रमा नेफ्स्कूनका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटा, पीएचडी तथा विश्वविद्यालयको तर्फबाट रेक्टर प्राध्यापक डा. दादङसुगन्द एम. हम ले हस्ताक्षर गर्नुभएको छ । हाल ५ वर्षका लागि भएको समझदारीको समयावधि आपसी सहमतिमा पछि थप गर्न सकिने उल्लेख गरिएको छ । सझदारी पत्रमा समानता, पारस्परिकता तथा द्धिपक्षीय हितका आधारमा शैक्षिक सम्बन्ध विकास गरिने उल्लेख छ । नेफ्स्कूनले कुनै विदेशी विश्वविद्यालयसँग शैक्षिक एवम् प्राज्ञिक स्तरको समझदारी गरेको यो पहिलो पटक हो ।

पश्चिम जाभामा सन् १९७३ मा विद्यातमा फाउन्डेशनको नामबाट स्थापना भएको शैक्षिक संस्थाले सन् २००१ को अगष्ट २ बाट विद्यातमा विश्वविद्यालयका रुपमा आफ्ना गतिविधि सञ्चालन गर्दै आएको छ । विश्वविद्यालयले हाल ५ वटा संकाय अन्तर्गत १५ वटा विषयमा शैक्षिक क्रियाकलाप सञ्चालन गर्दै आएको छ ।

आइएसओ मान्यताप्राप्त विश्वविद्यालयले अकाउन्टिङ, इन्जिनियरिङ, मानविकी, कम्युनिकेशन तथा भिजुअल डिजाइन र सोसियल तथा पोलिटिकल साइन्स संकायमा कक्षा सञ्चालन गर्दै आएको छ ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप