मध्य नेपाल साकोसद्वारा नेतृत्व क्षमता विकास तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
मध्य नेपाल साकोसद्वारा नेतृत्व क्षमता विकास तालिम सम्पन्न

काठमाडौं । एकीकृत साकोस सञ्जालको लागि साझा प्रविधि सहकारीको दिगोपनः स्वनियम र सुशासन भन्ने उद्देश्यका साथ मध्य नेपाल साकोसद्वारा नेतृत्व क्षमता विकास तालिम सञ्चालन गरिएको छ । मध्य नेपाल बचत तथा ऋण सहकारी संस्थाको आयोजना तथा नेफ्सकूनको प्राविधिक सहयोगमा २०८० मंसिर १५ र १६ गतेसम्म तालिम संचालन गरिएको हो । साकोसका संचालक समिति, लेखा सुपरिवेक्षण समिति, सेवा केन्द्र व्यवस्थापन उपसमिति, ऋण उपसमिति र उच्च ब्यवस्थापनका लागि तालिम संचालन गरिएको हो ।

नेतृत्व विकास तालिममा संस्थामा रहेर संस्थाको नितिगत विषय प्रति कसरी जानकार हुने, संस्थामा बसेर सदस्यको हितमा रहेर कसरी काम गर्ने, सदस्यलाई संस्था प्रतिको वित्तिय तथा गैरवित्तिय विषयहरु कसरी प्रदान गर्ने, नेतृत्वमा रहेर कसरी आफ्नो जिम्मेवार वहन गर्ने जस्ता विभिन्न विषयमा नेफ्सकूनका तालिम अधिकृत कोमलराज अधिकारीले प्रशिक्षण गर्नुभएको थियो ।

मध्य नेपाल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तुलमणी पौडेलको अध्यक्षता रहेको कार्यक्रममा नवलपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्ष होमनाथ जैसीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि जैसीले सहकारीमा समय–समयमा नयाँ नियम, व्यवहार र सिपको विकास भइरहेको हुँदा यस विषयमा सम्पूर्ण जानकार रहनुपर्ने र सिकाइएका कुरालाइ व्यवहारमा उतार्नुपर्ने बताउनुभयो । उहाँले सामाजिक संघ संस्थाको नेतृत्व गर्दा नेतृत्वमा हुनुपर्ने गुण जस्ता विभिन्न विषयमा तालिम लिई लागु गर्न सक्ने बन्न सहभागीहरुलाई आग्रह गर्नुभयो ।

औपचारिक कार्यक्रममा संस्थाका अध्यक्ष तुलमणी पौडेलले संस्थालाई थप अगाडि बढाउन संस्थाका पदाधिकारीलाई नेतृत्व क्षमता विकास जस्ता तालिमको आवश्यकता पर्ने हुँदा तालिम संचालन गरिएको बताउनुभयो । उहाँले विगतमा संस्थालाई कसरी अगाडि बढायौँ भन्दा पनि भविष्यमा उत्कृष्ट साकोस बनाउन के गर्ने भन्ने बारेमा अध्ययन गर्न आवश्यक रहेको बताउनुभयो ।

संस्थाका उपाध्यक्ष प्रेमा खनालले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सहजीकरण सचिव डिलाराम पाण्डेले गर्नुभएको थियो । दलदले साहरा पार्टी प्यालेसमा संचालन भएको नेतृत्व क्षमता विकास तालिमको अन्तिम दिन सहभागीहरुलाई प्रमाण पत्र वितरण, प्रशिक्षक र प्रमुख अतिथिलाई मायाको चिनो वितरण गर्दै तालिमको समापन गरिएको थियो । तालिममा मध्य नेपाल बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत नरभूपाल भुसालले संक्षिप्त रुपमा संस्थाको परिचय दिनुभएको थियो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप