हेटौंडा । जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरको अध्यक्षमा कल्पना श्रेष्ठ लगातार दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न संघको १८औं वार्षिक साधारण सभा तथा ७औं अधिवेशनले श्रेष्ठको नेतृत्वमा नयाँ सञ्चालक समिति निर्वाचित गरेको हो । श्रेष्ठले ७९ मत प्राप्त गर्दा प्रतिद्वन्द्वी राजु गौतमले ३९ मत प्राप्त गर्नुभयो ।
यसैगरी उपाध्यक्षमा मिनाकुमारी चौंरेले विजयी हुनुभयो । चौंरेले ८२ मत प्राप्त गर्दा प्रतिद्धन्द्धी सितादेवी भेटवालले ३५ मत प्राप्त गर्नुभयो । त्यस्तै सचिवमा विरेन्द्रप्रसाद ढुङ्गाना ७५ प्राप्त गरी विजयी हुनुभयो । उहाँका प्रतिद्वन्द्वी हरिप्रसाद पौडेलले ४३ मत प्राप्त गर्नुभयो । सहसचिव विजयबहादुर बस्नेत विजयी हुनुभयो । बस्नेतले ६८ मत प्राप्त गर्दा चुडामणी रुपाखेतीले ४४ मत प्राप्त गर्नुभयो । यसैगरी कोषाध्यक्ष पदमा विष्णुमाया लामा ८० मत प्राप्त गरी निर्वाचित हुनुभयो भने प्रतिद्वन्द्वी ध्रुवप्रसाद देवकोटाले ३८ मत प्राप्त गर्नुभयो । त्यस्तै सदस्यहरुमा शर्मिला महत, सिताराम दाहाल, फणिन्द्रनाथ सुवेदी, शंकर कालाखेती, हिमाल पौडेल, यशोदा पराजुली, जुना दंगाल, जानुका चौधरी विजयी हुनुभएको छ । संघको लेखा समिति संयोजकमा मिठाराम दहाल ६७ मत प्राप्त गरी विजयी हुनुभयो । यसैगरी लेखासमिति सदस्यमा कृष्ण विडारी ५१ मत र सचिता भट्टराई ७३ मत प्राप्त गरी विजयी हुनुभएको छ । कल्पना श्रेष्ठको अध्यक्षतामा भएको सभामा बागमती प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तान प्रमुख अतिथि रहनुभएको थियो ।
९ दिन अगाडि
१० दिन अगाडि
१० दिन अगाडि
११ दिन अगाडि
१२ दिन अगाडि
१२ दिन अगाडि
१८ दिन अगाडि
१९ दिन अगाडि
३७ दिन अगाडि
२५ दिन अगाडि
२८ दिन अगाडि
२८ दिन अगाडि
२९ दिन अगाडि
२६ दिन अगाडि
१० दिन अगाडि
४१ दिन अगाडि