काठमाडौं । न्यू धौलागिरि बचत तथा ऋण सहकारी संस्था लि. म्याग्दीको २४औं बार्षिक साधारण सभाका अवसरमा सदस्य शिक्षा र निःशुल्क दन्त शिबिर सञ्चालन गरिएको छ । मंसिर २३ गते धौलागिरि गा.पा. ३, मुना सेवाकेन्द्रमा सदस्य शिक्षा र कोर स्माईल डेन्टल क्लिनिकका प्रोपाइटर मोचन श्रेष्ठको प्राबिधिक सहयोगमा निःशुल्क दन्त शिबिर धौलागिरी गा.पा. वडा नं.३ को संस्थाको हलमा आयोजना गरिएको थियो ।

कार्यक्रमको उद्घाटन सत्रको अध्यक्षता संस्थाको मुना सेवाकेन्द्रका संयोजक मदन मल्लले गर्नु भएको थियो । उक्त कार्यक्रममा प्रमुख आतिथ्यता धौलागिरि गा.पा.वडा नं. ३ का अध्यक्ष देवेन्द्र रोकाले गर्नुभएको थियो भने बिशिष्ट आतिथ्यता गा.पा.का प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सुबेदी तथा संस्थाका अध्यक्ष अमृतलाल श्रेष्ठ लगायत संचालक समिति सदस्य, संस्थाका लेखा सुपरिवेक्षण समिति संयोजक गोबिन्द प्रसाद पौडेल र संस्थाका बरिष्ठ ब्यबस्थापक बसन्तकुमार श्रेष्ठले गर्नु भएको थियो । उद्घाटन कार्यक्रममा संस्थाका संचालक समिति, लेखा सूपरिवेक्षण समिति, सेवाकेन्द्र व्यवस्थापन उप समिति, व्यबस्थापन र सम्भावित सदस्यहरु तथा गाउँपालिकाका अध्यक्ष र प्रशासकीय अधिकृत सहित १ सय ५५ जनाको सहभागिता थियो । संस्थाका सदस्य बल बहादुर गर्बुजाले संचालन गर्नु भएको कार्यक्रममा संस्थाका संचालक सदस्य मदन मल्लले स्वागत मन्तव्य राख्नुभएको थियो । स्वागत मन्तव्यका क्रममा उहाँले सदस्य शिक्षाको महत्व, सदस्यको भूमिका आदि बिषयमा प्रस्ट पार्नुभएको थियो ।
संस्थाका संचालक भिम बिक्रम मल्ल र तुल प्रसाद श्रेष्ठले शुभकामना मन्तव्यमा सदस्य शिक्षाको महत्व र औचित्यतालाई स्पष्ट पार्नु भएको थियो । त्यसै गरी प्रमुख अतिथिले सहकारी संस्थाले स्वनियमनमा रहनु पर्ने, सदस्यमैत्री सेवा प्रवाह गर्नुपर्ने, संचालकहरु इमान्दार हुनुपर्ने, सहकारीले दुरदराजमा सेवा प्रवाह गर्नुपर्ने धारणा राख्नुभएको थियो । कार्यक्रमका बिशिष्ट अतिथि धौालगिरि गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सुबेदीले सहकारी ऐन नियमका बारे जानकारी दिनुभएको थियो । उक्त कार्यक्रममा सदस्यहरुको लागि सहकारी शिक्षासम्बन्धी प्रशिक्षण संस्थाका उपाध्यक्ष रामजी प्रसाद सुबेदीले गर्नुभएको थियो । प्रशिक्षणका क्रममा सहकारी सदस्यहरुको काम, कर्तव्य, अधिकार, संचालकहरुको दायित्व, बित्तिय साक्षरता एवं संस्थागत गतिबिधिहरुको बारेमा सदस्यहरुलाई जानकारी गराउनु भएको थियो ।
सोही कार्यक्रममा संचालित दन्त शिबिरमा कोर स्माइल देन्टल ल्किनिकका प्रोपाइटर दन्त चिकित्सक मोचन श्रेष्ठ, डा. सिर्जना कार्की र सहयोगी शिक्षा पुनको प्राबिधिक सहयोगमा १ सय १२ जना सदस्यहरुको निःशुल्क दन्त परिक्षण तथा उपचार गरिएको थियो ।

१ दिन अगाडि
१ दिन अगाडि
१ दिन अगाडि
२ दिन अगाडि
५ दिन अगाडि
५ दिन अगाडि
५ दिन अगाडि
६ दिन अगाडि
१ दिन अगाडि
१ दिन अगाडि
१० दिन अगाडि
२५ दिन अगाडि
२३ दिन अगाडि
३३ दिन अगाडि
३३ दिन अगाडि
२७ दिन अगाडि